उनलाई मलेसियामा कहिं देख्नु भएको छ की ?

रञ्जना लम्साल, कावासोती, भदौ ४-

श्यामलाल सुनार कमाउन मलेशिया पसेको दुई बर्ष भयो । बिनयी त्रिवेणी गाउँपालिका वडा नं ३ का श्यामलाल मलेशियाको एभरबेष्ट भर्ग नामको कम्पनीमा कार्यरत थिए । नेपालमा भनिएको काम र तलव नपाए पछि उनले भागेर काम गरे । परिवारको एक्ला छोरा श्यामलाल भागेर काम गरेको वुवा केशर सुनारलाई थाहा थिएन । तर ८ महिना देखी उनी परिवारको सम्पर्कमा छैनन् ।

मलेशिया गएर उनले कमाएर घरमा एक लाख पठाए । त्यो उनी मलेसिया जाँदा लागेको खर्च बरावर पनि होइन । उनी १ लाख १० हजार तिरेर मलेसिया गएका थिए ।

पहिला कुराकानी हुँदा काम गाह्रो छ, ज्यानभरी दाद आएको छ भनेर भन्ने गरेका थिए उनले । छोराको कुरा सुनेर बाबु केशरले घर फर्कि समेत भने । तर श्यामलालले आफू विदेश आइसकेपछि केहि कमाएरै आउँछु भन्ने गरेको बाबु केशर बताउँछन् । सुरुमा गएको कम्पनी छोडेर भागेर काम गर्दा आइपर्ने समस्याका बारेमा बाबु केशरलाई थाहा थियो । त्यसैले उनले छोरालाई साथीहरुले भागेर काम गर भनेर भन्लान, तर जति हुन्छ त्यहि कम्पनीमा काम गर्नु भन्दै छोरालाई सम्झाउने गर्दथे ।

केशर बहादुरका ३ छोरी १ छोरा हुन् । भएको एउटा छोरा पनि मलेशियाबाट नफर्किएपछि श्यामलालकी आमा बिरामी जस्तै भएकी छन् । श्यामलाल भागेर काम गर्ने गरेको दाङतिरका एकजना उनकै साथिले परिवारलाई जानकारी दिएका हुन् । तपाईको छोरो एकदम बिरामी भएको छ भनेर तिनै व्यक्तिले खबर गरेपछि मात्र परिवारले उनी भागेर अन्यत्रै काम गर्न थालेको थाहा पायो । छोरा बिरामी छ भन्ने सुनेपछि उनीहरुले छोराको नाममा ग्रह कटाउन पुजापाठ पनि गरे ।

छोरालाई असाध्यै बिरामी परेको भन्ने थाहा पाएपछि केशर बाहादुरले मलेशियामा रहेका श्यामलालको मामालाई भेट्न आग्रह गरे । बिदेशको ठाउँ भन्ने बित्तिकै बिदा नपाउने । आफ्नो बिदा मिलाएर जाँदा श्यामलाल हस्पीटलबाट भागिसकेको जानकारी उनका मामाले परिवारलाई दिए ।

श्यामलाल भागेर काम गर्दा उनको नाम परिवर्तन गरि सविन खड्का भन्ने राखिएको थियो । श्यामलालको साथि दाङका चेतनसँग कुराकानी गर्दा उनी मलेसियामा ‘सविन खड्का’ भनेर चिनिने गरेको, निक्कै बिरामी परेर दुब्लो भएको र उपचारको लागि हस्पीटल भर्ना गरिदिएकोसम्म मात्र आफूलाई थाहा भएको त्यसपछि उनी कहाँ के गर्दैछन् भन्ने थाहा नभएको बताए ।

श्यामलाल (सबिन ) ले भागेर मलेशियाको सामसुङ्ग ईलेक्ट्रोनीक्स भन्ने कम्पनीमा ४ महिना काम गरे । ४ महिना काम गरेपछि उनी बिरामी परे । केहि समय नजिकैको मेडिकलबाट औषधी खाए तर सुधार नभएपछि कम्पनीको सुपरभाईजर बिजय शाहले केलाङ्गको केलाङ्ग अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।  तर उपचारको लागि लगेको ४ दिन पछि उनी आफै अस्पतालबाट भागेको र हालसम्म पनि श्यामलाल (सविन) का बारेमा आफुलाई केहि थाहा नभएको शाहले बताए । 

सुचना केन्द्र कावासोतीमा छोरा हराएको निबेदन दिन आईपुगेका केशरले श्यामलालकी आमाले छोरा नआए म बाँच्नुको अर्थ छैन भन्दै रुने गरेको र आफुलाई छोरा कसरी खोज्ने भन्ने जानकारी नभएकाले सुचना केन्द्रमा आएको बताए । उनले भने “म त दिनभर ईरिक्सा चलाएर हिंड्छु काम गर्दा दिन कट्छ । तर उसकी आमाको समय भनें छोरालाई सम्झदै रोएर नै वितिरहेको छ ।”

तपाईले यो तस्वीरमा देखिएका श्यामलाल सुनार (सविन खड्का) लाई देख्नु भएको छ ? यदि उनका बारेमा तपाईसँग कुनै जानकारी भएमा परिवारलाई ९८००७५७३९४, ९८६९४२८२९२ सम्पर्क गरिदिनु होला । अथवा सुचना केन्द्र कावासोतीको फोन नं ०७८५४०३११ मा सम्पर्क गरेर पनि उनका बारेमा जानकारी गराइदिनु सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय