
राजा बगर, दुबई-
श्रीमान श्रीमति बिदेश आएर दुईजना मिलेर छिटो कमाउँला र छिटो स्वदेश फर्कौंला भन्ने उद्देश्यले श्रीमति बिदेश बोलाउनु नौलो होइन । तर युएई आएको १५ महिनामा नै दुई बच्चाकी आमा भएकी श्रीमतिले छोडेर जालिन् भन्ने उनको कल्पनामा पनि थिएन । अझ धम्की नै दिएपछि उनी अचम्ममा परेका छन् ।
कथा यस्तो छ ।
म एकजना भाईलाई भिजिट भिषा निकाल्न बरदुबईस्थीत एक ट्राभल कम्पनीमा गएको थिएँ । ट्राभलका सञ्चालक दाईसँग एकजना ३०, ३१ बर्षका युवा गफ गर्दै थिए । परिचय भयो । उनले हाम्रा बीचमा आफ्नो समस्या पोख्दै गए । अवको कुरा उनकै शव्दमा ।
मेरो घर पर्सा जिल्लामा पर्दछ । आज भन्दा ११ बर्ष अगाडि मेरो प्रेम विवाह भयको हो । हाम्रा २ छोराछोरी छन । घरमा बुढा बाबा आमा हुनुहुन्छ ।
घरको कमजोर आर्थिक अवस्थाले म दुबई आएँ । राम्रो जागिर पनि पाएँ । मैले श्रीमतिलाई नियमित रुपमा पैसा पठाउने गर्दथे । तर श्रीमतिले कहिले पनि त्यो रकमको राम्रो हिसाव देखाइनन् । पैसा कहाँ खर्च भयो भनेर सोध्दा उल्टै झर्किने । छुट्टीमा नेपाल जाँदा उनको मोवाईल छुनै नदिने । त्यसैले रिस उठेर एकपटक मैले श्रीमतिलाई कुटें र एकदिन प्रहरीको हिरासतमा रात पनि काटेको छु ।
मैले श्रीमतिलाई पनि युएई नै बोलाउने निधो गरें । दुवै जना सँगै भएपछि छिटो कमाएर नेपाल फर्कौंला भन्ने उद्देश्यले आज भन्दा १५ महिना अगाडि कानुनी प्रक्रिया पुरा गरेर नै श्रीमतिलाई दुबई बोलाएँ ।
दुबई आएर हामी सँगै बस्ने गथ्र्यौं । उनले केहि समय पछि जÞागिर पाईन । निरन्तर यसै गरि जीवन चलेको थियो ।
हाम्रो झगडा फोनको बिषयमा हुने गथ्र्यो । उनले आफ्नो फोन छुनै नदिने । तर मेरो फोन भने चेक गर्ने गर्दथिन् । यसै बिषयमा हाम्रो दैनिकजसो झगडा हुन थाल्यो । दुई बच्चाकी आमा हो कहाँ बिग्रन्छ र भन्ने सकरात्मक सोच बनाएँ र मैले उनको फोन हेर्ने प्रयास गर्न छोडें ।
उनी आएको लगभग १० महिनामा बिरामि परिन । मैले इमरजेन्सी बिदामा घर पठाएँ । नेपाल गएको केहि दिनमा उनले छोराछोरीको स्कुल व्यागमा कपडा राखेर काठमाडौं आईछन । मलाई सबै सामाजिक सञ्जालहरुमा व्लक गरिन । मैले उनी हराएको सुचना प्रहरीमा दिएँ र म पनि उनलाई खोज्न नेपाल गएँ । म नेपाल जाने उनी दुबई आउने भएछ । यो थाहा पाएपछि म पनि दुपई फर्किएँ । त्यसपछि केहि हप्तामा हाम्रो सम्पर्क भयो र मलाई नखोज यदि मलाई खोज्ने र भेट्ने कोसिस गरिस भने नराम्रो हुनेछ भन्ने धम्किपूर्ण भ्वाईस मेसेज फेसबुक मेसेन्जरमा पठाइन् ।
उनको कथा यत्तिमै सिमित थिएन । यसबीचमा उनले आफ्नी श्रीमति एक पाकिस्तानीसँग लागेको थाहा पाए । उनीहरु दुईजनाको तस्वीर भेटेपछि उनलाई शंका यथार्थ भयो ।
तर वारम्वार ज्यानकै खतराको धम्की आइरहेपछि उनले आफु सुरक्षित हुने र भोलि त्यो पाकिस्तानीले आफु र आफ्नो श्रीमति माथि कुनै दुर्घटना गर्न सक्ने डरले उनले आफ्नो श्रीमति आफुबाट अलग भएको प्रमाणित गर्न कानुनी सरसल्लाह लिन सो ट्राभलमा पुगेका थिए ।
उनीसँग भएका तस्वीरहरु, भ्वाईस म्यासेजले उनको कुरा सही हो भन्ने प्रमाणित गर्दैथियो । त्यसपछि उनलाई यी सवै कुरा समेटेर नेपाली दूतावासमा निवेदन दिन सल्लाह दिइयो । पिडितले सोही सल्लाह अनुसार दुतावासमा निवेदन दिए । निवेदन जसै दूतावास पुग्यो, ति महिलाले नेपालमा फोन गरेर ति युवकी आमा(सासु)लाई अव तेरो छोराको ज्यान जान्छ भनेर धम्क्याउन थालिन् ।
दूतावासले सहयोग नगरेको आभाष भएपछि ति युवा प्रहरीमा पुगे । प्रहरीले तत्कालै महिलालाई झिकायो । ति पाकिस्तानी पनि ल्याइए । महिलाले प्रहरी सामु आफू ति नेपालीसँग बस्न नसक्ने, उनले मादक पदार्थ सेवन गरेर पटक पटक कुट्ने गरेको र पैसा खोसेको अभियोग लगाइन् । छानविनका क्रममा ति महिलासँग नाता जोडेका भनिएका व्यक्ति पाकिस्तानी नभई भारतीय रहेको पत्ता लाग्यो ।
यो लेख लेख्दासम्म प्रहरीले कारबाहि अगाडि बढाईरहेको छ भने कम्पनिले आफ्ना कर्मचारीमाथि प्रहरी केस भएकालाई राख्न नहुने भन्दै दुवै जनालाई आफ्नै देश फर्काउने तयारी गरेको छ ।
हुन त यस्तो कथाले समग्र बैदेशिक रोजगारमा गएका महिला वा बैदेशिक रोजगारमा गएका पुरुषका श्रीमतिको प्रतिनिधित्व गर्दैन । तर यस्ता घटनाले बैदेशिक रोजगारले सामाजिक सम्वन्ध खल्वल्याएका कुरा गर्नेहरुलाई प्रोत्साहित गर्दछ ।
(दुवैको गोपनियतालाई मध्यनजर गर्दै हामीलाई प्राप्त तस्वीरहरु तथा भ्वाईस म्यासेल राखिएको छैन । यहाँ प्रयोग गरिएको तस्वीर साँकेतिक रुपमा ईण्टरनेटबाट लिइएको हो । यो तस्वीर र समाचारबीच कुनै सम्पन्ध छैन ।)
यो पनि पढ्नुहोस् कतार, मलेसिया र जापानमा सरकारी स्तरबाटै कामदार पठाउने तयारी