दुबईमा बसेर नेपाल चिनाउँदै

राजा बगर, दुबई-

रवि शाही । १४ बर्ष अघि दुबई छिर्दा उनले मुलुक छोड्ने कारण थियो बैदेशिक रोजगार । तर उनी त्यतिमै सिमित भएनन् । तिनै युवा जो रोजगारीको सिलसिलामा दुवई उत्रिए, यहिंबाट उनले विश्वमा नेपाली झन्डा फहराउने अवसर प्रदान गरेका छन ।

काठमाडौ क्षेत्रपाटीका स्थायी बासिन्दा रवि उमादेवी र राजु शाहीका जेठो छोरो हुन् । मार्सल आर्ट करातेका पाँचौ डान उनले दुवई उत्रिएपछि सुरु गरेको काम थियो कुरियर कम्पनीको । त्यहाँ ५ बर्षसम्म काम गर्दा पनि उनले आफुमा भएको प्रतिभाको बेलाबखत प्रदर्शन गर्दथे । पाँच बर्ष पछि उनलाई युएईको राष्ट्रिय क्लब जापान कराते सेन्टरले प्रशिक्षकको भिषा दियो । त्यसपछि उनले आफ्नो खेल क्षेत्रलाई सहजै अघि बढाउने अवसर पाए उनले ।

युएईको जापान कराते सेन्टरमा उनले निकै राम्रा विद्यार्थी उत्पादन गरे । उनले प्रशिक्षण दिएका खेलाडीहरुले युएईको नाम र झन्डा फहराउने काम गरेका छन् । 

 

आफूले तालिम दिएका खेलाडीहरुले युएईको झन्डा फहराइरहँदा एकप्रकारको खुशी त हुन्थ्यो तर मनमा आफ्नै मुलुकको झण्डा सँगसँगै फहराई रहन्थ्यो उनको । अर्थात त्यसरी नै नेपालकै चन्द्र सूर्य अंकित त्यो रातो झण्डा यसरी नै फहराउन पाए कस्तो हुन्थ्यो होला भन्ने कल्पनाले मन भरिन्थ्यो । यहि हुटहुटीले उनलाई त्यसै बस्न दिएन । अव आफ्नै मेहनत र इमान्दार प्रयत्नले नै नेपालकै झण्डा फहराउँछु भन्ने संकल्प बोकेर उनले साडे दुई बर्ष अघि सुरु गरे एभरेस्ट मार्सल आर्ट क्लब । लाखौ शुल्क तिरेर दुबईमा दर्ता गराए उनले नेपालीे क्लवलाई ।

युएईमा कुनै पनि संघसंस्था वा क्लब दर्ता गराउन निकै ठुलो मुल्य पर्छ । युएई रोजगारीका लागि पुगेपनि उनको हरेक दिनको सपना खेलमा नै थियो । एशियाली स्तरका खेलमा रेफ्रि भएर समेत काम गरिसकेका रविले त्यो खर्चको पर्वाह गरेनन् । उनले सन् २०१३ मा युएईको राष्ट्रिय खेल तथा सन् २००५ मा नेपालमै पनि रेफ्रिको भूमिका निभाएका छन ।

 

क्लव स्थापना गरेपछि उनले नेपालीलाई त तालिम दिन्छन् नै, युएईका शेख खान्दानका सन्तानहरु पनि सो क्लवमा तालिम लिन आउँछन् । यसले नेपाल र युएई बिच खेलजगतमा पनि गहिरो मित्रता कायम हुँदै गएको अनुभव गर्दछन् उनी । नेपाली र युएईका नागरिक मात्र नभई थुप्रै मुलुकका खेलाडी उनको क्लवमा कराते सिक्न आउँछन् ।

उनी भन्छनमैले आर्थिक रुपमा सम्पन्न हुनु भन्दा पनि नेपाल र नेपाली तथा भोलि उत्पादन हुने नेपाली खेलाडीहरुको भविष्य उज्वल होस भन्ने ठानेर खेलमा लगानी गरेको हुँ ।

उनको क्लवले सफलता पनि हाँसिल गर्न थालेको छ । युएईमा सन् २०१७ मा भएको १३ औ राष्ट्रिय कराते च्याम्पियनसीपमा एभरेस्ट मार्सलआर्ट क्लवले ३ वटा स्वर्ण पदक र एउटा रजत पदक जित्यो । अनी १४ औ बुदोकान इन्टरनेशनल च्याम्प्यानसिप कराते प्रतियोगितामा १५ स्वर्ण, ७ रजक र ५ कांस्य हात पार्दै नेपाल र नेपालीको गौरब बढाएको थियो सो क्लवले । अर्थात गुरुले गरेको मेहनतको नतिजा आउन थालेको छ । एभरेस्ट मार्सलआर्ट क्लवका प्रमुख कोच तथा टेक्निकल डाइरेक्टर रबि शाही अव इन्डोनेसियामा हुन गईरहेको एशियन प्रतियोगितामा पनि नेपाली खेलाडीहरु मात्र नभएर अन्य देशका खेलाडीहरुको तयारी निकै तिब्र भएको बताउँछन् । 

परिवार नै खेल क्षेत्रमा

रविको पारिवारिक वातावरण पनि खेलकुदमय छ । उनका बाबु राजु शाही बक्सिड खेलाडी थिए भनें काका बिकास शाही राष्ट्रिय बास्केट बल खेलाडी । काकी नयना शाक्य स्वीमिङकी नेपाली राष्ट्रिय खेलाडी जसले लन्डन ओलम्पिकमा समेत स्वीमिङमा प्रतिस्पर्धा गरेकी थिइन् । रविका भाई अनिल शाही जुडो, बहिनी उरिशा शाही तेक्वान्दो मार्सलआर्ट, अनी श्रीमती रन्जिता रिजाल करातेकी थर्ड डान कि राष्ट्रिय खेलाडी हुन् ।

यति मात्र होइन काकाका छोरीहरु सबिता र कबिता शाहि करातेका ब्याक बेल्ट हुन । केवल रविकी आमा उमादेवी मात्र खेलाडी होइनन् । पुरै परिवार नै  खेलजगतमा भएकाले पनि रबिलाई यो काममा अगाडी बढ्न कहिल्यै पारिवारिक सहयोग र समर्थनको खाँचो परेन ।

बाबुको प्रेरणा र काकाको सहयोगमा उनले पनि नेपाल बिश्वमा चिनाउनको लागि दिनरात नभनी मेहनत गरेको उनका कामले देखाउँछ । रोजगारीको सिलसिलामा दुवई उत्रिएका रविले यहिंबाट  नेपालको शान र मान बढाउने काम गरिरहेका छन् । युएईमा हुने हरेक सामाजिक कार्यमा अग्रसर उनी सामाजिक सेवामा पनि उत्तिकै सकृय छन् । दुवईमा रहेर नेपाल चिनाउने यी ३२ बर्षे युवाले मेरो सलाम ।

यो पनि पढ्नुहोस् जव विदेशबाटै दलाल खोजेर छुट्टी जानु पर्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: