श्रीमान परदेशमा बेखवर भएपछि रामकुमारीलाई घर चलाउनै समस्या

काठमाडौं, सर्लाहीको गौरीशंकरका रामबाबु महतो कमाउन १० बर्षअघि मलेसिया गएका छन् तर उनी दुईबर्ष यता परिवारको सम्पर्कमा छैनन् घरमा श्रीमति, तीन छोरा तीनछोरी छोडेर मलेसिया गएका रामबाबु यसरी बेखवर भएपछि उनकी श्रीमति रामकुमारी देवीले बाख्रा, भैंसी पालेर गुजारा चलाउँदैछिन् गाउँका अरु परदेशबाट फर्किंदा छोराछोरी रोएर आमा रामकुमारीलाई बसिनसक्नु बनाउँछन्

उनी भन्छिन् “मेरो मन फुट्ला जस्तो हुन्छ, रोइरहन्छु उनी आए हुन्थ्यो भनेर मेरो आफन्त विदेशबाट फर्किनुभयो उहाँ आउँदा कान्छो छोरो धेरै रोयो मेरो बुवा आएको भए मलाई पनि समानहरु ल्याईदिन्थ्यो, कपडाहरु ल्याईदिन्थ्यो भनेर धेरै रोयो धेरैबेर सम्झाएपछि बल्ल चुप लाग्यो ।”

यो पनि पढ्नुहोस् आमा भन्छिन्: विदेश गएको छोरो ज्यूँदै की खवर पाए हुन्थ्यो

रामबाबु विदेश जाँदा लिएको ऋण व्याज समेत थपिंदै अढाई लाख पुगेको एकातिर श्रीमान् बेखवर हुँदाको पीडा अर्कातिर ऋण छोराछोरीको भविष्यको चिन्ताले सताएको रामकुमारीलाई उनी बालबच्चाको पढाई लेखाईको समस्या घरखर्च चलाउन अप्ठ्यारो परिरहेको बताउँछिन्

कमाउन मलेसिया गएर सम्पर्कविहिन रहेका रामबाबु महतोको घरमा केवल उनको नागरिकता उनका बारेमा तपार्ईसँग कुनै जानकारी भएमा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, हरिवन, सर्लाहीको फोन नम्वर ०४६५३०६६४ मा खवर गरिदिनुहोला उनका बारेमा थप जानकारीका लागि यो भिडियो हेर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय