जव विदेशबाटै दलाल खोजेर छुट्टी जानु  पर्छ ……..

    

राजा बगर-

दुई बर्ष देखि सरकारले खाडिका मुलुकमा घरेलु कामदारका रुपमा रोजगारीमा आउने नेपालीको श्रम स्विकृतिमा रोक लगाएको केहि अघि यो बन्देज खुल्ने मुडमा देखिएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  गोकर्ण विष्ट पछि हटेका छन् त्यसैले घरेलु कामदारका रुपमा कार्यरहरुहरु जो इमरजेन्सीमा घर जानु पर्दछ, उनीहरुले टिकट काट्नु अघि नेपालबाट फर्किने बन्दोेवस्त मिलाएर घर बिदामा जाने गरेका छन घरेलु कामदारका रुपमा कार्यरत महिला मात्र नभई पुरुषको पनि यहि अवस्था खाडीका मुलुकमा आउन  सरकारले बन्देज लगाएसँगै  दिल्ली हुँदै या नेपालबाट नै आउँदा घुस खुवाएर आएको भुक्तभोगिहरु बताउँछन

 

गुल्मी घर भएका पुष्कलराज कँडेलले युएईको अलऐनमा एकै घरमा काम गरेको १७ बर्ष भयो उनी नियमित रुपमा घर बिदामा गएर पुनः युएई फर्कन पाएनन् कारण उनको भिषा प्राईभेट ड्राईभरको थियो उनलाई जसरी पनि जागिर गरेर परिवार पाल्न थियो उनी आठ हजार घुस दिएर नेपालबाटै उडे

स्याड्जा घर भएकी सपना सुवेदी युएईमा आफ्ना श्रीमानसँगै काम गर्छिन उनी घर बिदामा गएर नेपाली भूमिबाट आउन नपाउँदा दिल्लि हँुदै युएई आईन उनले घुस बापत दलाललाई एक लाख २५ हजार बुझाईन

पाल्पा घर भएकी जमुना अधिकारी लामो समय देखि खाडि मुलुकमा काम गरिरहेकी छन् सरकारले श्रम स्वीकृति दिन रोकेको भनेर जान्दा जान्दै पनि घुस दिएर भएपनि पुनः जागिर गर्न आउँछु भन्दै उनी नेपाल पुगिन पुनः युएई आउन एयरपोर्टमा पुगिन तर अध्यागमनका कर्मचारीले उनलाई उड्न दिएनन त्यसैले लगभग दुई लाख घुस खुवाएर पुनः युएई आएको उनी बताउँछिन्

यसैगरी गुल्मि घर भएकी तर हाल बुटवल बसोबास गर्दै आएकी अस्मिता खरेल एक बर्षको अवधिमा दुई पटक नेपाल जान पर्यो घरमा काम गर्ने उनी आवश्यक परेको बेला नेपाल जान आउन सजिलै बिदा पाउँछिन तर उनले दुई पटक नै नेपालमा घुस खुवाएर दुबई आउनु पर्यो केहि हप्ता अगाडि मात्र दुबई उत्रिएकी उनले ६० हजार घुस खुवाएको बताइन्

स्याड्जा घर भएका दिपक अधिकारी जागिर परिवर्तन गर्न नेपाल जान पर्यो उनी दुई बर्ष देखि नेपाल पनि नगएकोले नेपाल गएर आउँछु भन्ने उद्देश्यले घर बिदामा गए तर उनको नयाँ भिषा हुँदा नेपालबाट आउन नमिल्ने जानकारी पाएकोले उनले दलाललाई २५ हजार घुस दिएर श्रम स्वीकृति लिएर दुबई आए ।  

खासगरी जुन जुलाईमा घरेलु कामदारहरुको बिदा हुन्छ तर नेपाल गएर पुनः सकुशल युएई आउन नपाईने भयले इमरजेन्सिमा घर जान आवश्यक भएकाहरुले दलालको खोजि गर्नुपर्द अन्य आउन चाहनेहरु भनें बाध्य भएर युएईमै कैैदी जस्तै बनाइएका छन्

नवलपरासी घर भएकी छबि न्यौपाने गैरे इमरजेन्सि घर बिदामा जान परेकोले उनी घर गईन तर आउन नपाईने हुँदा उनी नेपालमै सस्तो दलालको खोजिमा छन उनी भन्छिन दिल्लिबाट आउँदिन बरु पछि भिजिटमा जान्छु

माथिका केहि पात्र मात्र हुन उनीहरु आफ्नो गखिाने बाटोमा सरकारले बन्देज लगाएको भन्दै यसले केवल दलालहरुको कमाइ खाने बाटो ठूलो बनाएको तर्क गर्छन् सरकारले घरेलु कामदारका रुपमा आउन पाउने व्यवस्था रोकेपछि खाडिका मुलुकमा कार्यरत घरेलु कामदारहरुले निकै नै सास्ति भोग्न परेको यसको प्रत्यक्ष लाभ दलालहरुलाई पुगिरहेको

श्रम स्वीकृति रोक्नुमा सरकारको सुरक्षा निति जे भएपनि बर्षौ देखि गरिएको जागिरमा पनि कड़ाई गरिनु कुनै हालतमा जायज छैन फलस्वरुप युएईमा राम्रोसाग काम गरेर दाम कमाइरहेकाहरु पनि घर परिवार बिरामी हुँदा भेट्न जान समेत नपाउनु, अझ स्तरिय जागिर पाउँदा नेपाल जान पर्छ कि भन्ने डरले जागिर परिवर्तन गर्न नसक्नु जस्ता समस्या भोगिरहेका छन्

युएई स्थित दुताबासमा घरेलु कामदारहरुले श्रमको बिषयमा फोन गर्छन जवाफमा उनीहरुले हामीले गरेको बन्द होइन भन्ने जवाफ पाउँछन् सरकारको निति हो खुल्छ पख्नुस भन्ने आश्वासन  बाहेक केहि नपाएको पाल्पाकी मञ्जु कँडेल बताउँछिन युएई स्थित बिभिन्न संघसस्थाहरुले पनि यसरी श्रम स्वीकृति बन्देज गरिरहन आवश्यक नभएकाले खोल्नु पर्छ भनेर बिज्ञप्ति पनि बुझाएका हुन् तर सरकार टसको मस भएको छैन सरकारले व्यक्तिको सुरक्षाका कारण नयाँ कामदारहरुलाई कड़ाई गरेपनि पुनः श्रम स्वीकृति खोल्दा कुनै अप्ठ्यारो हुन्न यहाँ बर्षौंदेखि कार्यरतहरु के समस्या भएको भए समस्याको खाडलमा आँखा चिम्लेर पुनः हाम्फाल्लान् ?

यो पनि पढ्नुहोस् रमादानमा विदेशमा हराएको छोरोको फोन पर्खिंदै बाबु आमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय