सम्वन्ध के ले टुटायो, फेसबुक की विदेशले ?

रञ्जना लम्साल-

सामाजिक सञ्जालको सदुपयोग दुरुपयोग मान्छेको सोचाईमा भर पर्ने कुरा हो फेसबुक, ईमो, भाईबर लगायतका सामाजिक सञ्जालले मनहरु जोडेका मात्र छैनन् घरहरु तोडेका पनि छन् सहि रुपले चलाउन सके यसका फाईदा निकै छन् तर यसको थोरै मात्र दुरुपयोग भए यसबाट आईपर्ने समस्या चर्को सामाजिक सञ्जालकै कारण चर्को समस्यामा परेकी छन् बुद्धिमाया सुनार

बुद्धिमायाको बिहे भएको ११ बर्ष भयो उनका छोरी छन् श्रीमान नेपालमा रहँदा ज्याला मजदुरी गर्दथे पहिलो सन्तान हुँदा नै परिवार पाल्न गाह्रो थियो तेश्रो सन्तान समेत थपिने भएपछि आर्थिक दवाव अझ बढ्यो त्यसैले परिवार पाल्न कमाई पनि बढाउनु पर्ने भयो दुईजनाको सल्लाह भयो, बढी कमाउने विकल्प बैदेशिक रोजगार ठाने उनीहरुले गाउँकै एउटा समुहबाट लाख २० हजार ऋण लिएर बुद्धिमायाका श्रीमान मलेशिया उडे

अब सुखका दिन आउने कल्पनमा थियो दिनहरु बित्दै गए श्रीमानले बिदेश पुगेर केहि महिनासम्म उनलाई फोन सम्पर्क पनि गरिरहे श्रीमान उडेको महिना पछि उनीहरुकी तेश्रो सन्तान छोेरी जन्मिइन्

तर विस्तारै विदेशबाट श्रीमानको फोन पातलिंदै जान थाल्यो जव विदेशबाट श्रीमानको फोन आउने क्रम कम हुँदै गयो, बुद्धिमायाले नेपालबाट फोन गर्ने क्रम बढाइन् केहि समयसम्म नेपालबाट श्रीमतिले गरेको फोन उठाउने उनका श्रीमान अव विस्तारै फोन पनि उठाउन छोडे सम्वन्धको डोरी कमजोर हुँदै गयो  

यसरी अकस्मात श्रीमानको व्यवहार  फेरिएपछि बुद्धिमायाको मन बिचलित भयो उनी धेरै कुरा सोच्दथिन् कतै तेस्रोे सन्तान छोरी भएकै कारण पो सम्पर्क गर्न छोडेका हुन की ? अथवा परदेश पुगेपछि अरुसँग नै माया पो गाँसे की ? यस्तै आशंका प्रश्नहरुले उनको मनमा डेरा जमाउन थाल्यो

यस बिचमा उनको एकजना केटा साथीसँग फेसबुकमा चिनजान भयो बिस्तारै कुराकानीको क्रम बढ्यो उसले पनि उसका दुःखका कुरा गथ्र्यो, बुद्धिमायाले पनि आफ्नो दुःखको कुराकानी यसरी नै भईरह्यो दैनिक रुपमा उनीहरु कुराकानी गर्थे तर अचानक बर्ष पछि श्रीमानले बुद्धिमायालाई फोन सम्पर्क गरे हजार पैसा पनि पठाए उनले केहि सोच्न सकिनन् सायद श्रीमानको माया आफुप्रति पलायो भन्ने ठानिन् खुसी भईन

फोन सम्पर्क हुन थालेको महिना पछि अचानक श्रीमानले बुद्धिमायासँग अब नयाँ तरिकाले जिन्दगी अगाडी बढाउ, मैले बिचमा तिमिलाई सम्पर्क नगरेर गल्ती गरे, अब सधैं बच्चा तिम्रो खुसी चाहन्छु भन्दै एउटा प्रस्ताव राखे अवदेखि हामीले  एउटै फेसबुक एकाण्ट प्रयोग गरौ

बुद्धिमायाले सोचिन् मैले गल्ती केहि गरेको छैन यदि फेसबुक आईडी श्रीमानलाई दिएर सम्बन्ध सुधार हुन्छ भने त्यो पनि ठिकै भन्दै उनले फेसबुक आईडी श्रीमानलाई दिईन साथै आफ्नो एकजना केटा साथीसंग कुरा हुने तर उसलाई आफुले नचिनेको फेसबुकबाट मात्र भेटेको कुरा श्रीमानलाई जानकारी गराईन

श्रीमानले बिदेशबाट सम्पर्क नियमित रुपमा गर्न थाले तर त्यहि केटा साथीको कुरालाई लिएर श्रीमतीलाई मानसीक यातना दिन थाले उनले उनले तँ त्योसंग बोलेको मात्र होईन होला, तिमीहरुको बिचको सम्बन्धको हद कतिसम्म थियो, भेट भयो होला जस्ता प्रश्नको प्रत्येक पटक जवाफ माग्न थाले गर्दा गर्दै बुद्धिमायालाई त्यसैसंग जा, मेरो घरबाट निस्की, तँ हिडे पछि मात्र घर फर्किन्छु भन्न थाले उनी

आज बुद्धिमाया नखाएको बिषका कारण घरबाट निस्कीन बाध्य भएकी छन् उनी माईतीको शरणमा छन् तर सन्तानको लालनपालन, उनीहरुको शिक्षा दिक्षा उनका लागि चुनौती बनिरहेको

बैदेशिक रोजगारी देशको अर्थतन्त्र धान्ने एउटा महत्वपुर्ण पाटो हो तर बैदेशिक रोजगारले जसरी परिवार, मुलुकको अर्थतन्त्र धानेको , सामाजिक मूल्य पनि उस्तै चुकाउनु परिरहेको नेपालमा पैसा भित्रियो, तर त्यहि पैसा भित्राउने परिवारले भोग्नु परेको सामाजिक लागत चर्को

श्रीमानले कमाएर पठाएको पैसा लिएर श्रीमति अर्कैसँग हिंडि भन्ने समाचारले प्राथमिकता पाउँदा विदेशमा बस्ने श्रीमानले दिएको चर्को मानसिक यातना भोग्न बाध्य महिलाहरुका बारेमा भनें उति धेरै बहस, छलफल भइरहेको छैन फलस्वरुप थुप्रै बुद्धिमायाहरु अनावश्यक लाञ्छनाको शिकार भइरेका छन् यो अवस्थाका बारेमा पनि गम्भीर भएर सोच्न जरुरी

(सवैभन्दा माथि प्रयोग गरिएको तस्वीर विषय मिल्दो रुपमा साँकेतिक हिसावले ईण्टरनेटबाट राखिएको हो । प्रकाशित मितिः २०७५ जेठ )

यो पनि पढ्नुहोस्  छोरा, आमाबाबुको मुख हेर्न भएपनि घर फर्क

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: