आमाको विलौनाः मलेसिया गएको छोरोले हामीलाई विर्सियो की ?

सुनिल न्यौपाने/ज्ञानेन्द्र यादव, मलंगवा-

मोहनगञ्ज, ब्रम्हपुरी सर्लाही, भित्रि तराईको एउटा गाउँ सर्लाहीको सदरमुकाम मलंगवाबाट पूर्वमा पर्ने यो गाउँमा हामी बौवेलाल सहनीको घर खोज्दै पुग्दा उनी घरायसी काममा व्यस्त थिए

भनिन्छ नी, “१२ छोरा १३ नाती, बुढाको धोक्रो काँधै माथि”, हो यस्तै भएको उमेरले ६० पुगेका यी बृद्धलाई पनि जेठो छोरो रामजलम सहनी कमाउन बर्ष अघि मलेसिया गएका हुन् उनी झण्डै डेढ बर्षदेखि बेखवर भएपछि बाबु बौवेलाललाई सहिनसक्नु छटपटी भएको एकातिर खेतमा खोला पस्यो, अर्कातिर कमाउने उमेरको छोरोले चटक्कै माया मार्यो

लाख १० हजार ऋण लिएर छोरोलाई कमाउन मलेसिया पठाएका थिए उनले त्यो ऋण समेत  धुर घडेरी जग्गा बेचेर तिरे बौवेलालले मलेसियाबाट केहि रकम कमाएर पठाएका पनि हुन् राम जलमले छोराले पठाएको ७० हजार लगानी गरेर बनाएको घर पनि अव पुरानो भइसक्यो त्यसमाथि नातिनातिनी, श्रीमति बुहारी पाल्ने जिम्मेवारी पनि ६० बर्षे बौवेलालकै काँधमा  

रामजलम बेखवर भएपछि सिंगै परिवार चिन्तामा डुवेको आमा रामसुमारी देवीलाई खाइनखाई दुःख गरेर हुर्काएको छोरोले यसरी माया मारेको देखेर रातमा निन्द्रा, दिनमा भोक भएको तनावले राती सुत्न समेत नसक्ने गरेको बताउने रामसुमारी देवीलाई छोरो घर फर्केर आफ्ना बालबच्चा जिम्मा लिइदिए धेरै ठूलो बोझ हल्का हुन्थ्यो भन्ने लागेको

बाबु बेखवर भएपछि रामजलमका जेठो छोरो भारतमा कपडाको काम सिक्न गएका छन् एकातिर श्रीमान् फोन सम्पर्कबाट समेत हराउँदाको पीडा छँदैछ, अर्कातिर छरछिमेकी नातासम्वन्धका मान्छेले सोध्ने प्रश्नको जवाफ छैन प्रमिलादेवीसँग   

यदि तपाईसँग रामजलम सहनीका बारेमा कुनै जानकारी भएमा परिवारलाई नेपालमा ९८१७८६९१५० मा खवर गरिदिनुहोला यसैगरी सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, मलंगवाको फोन नम्वर ०४६५२१ ५०२ मा पनि खवर गरिदिनु सक्नुहुन्छ आशा गरौं तपाई हाम्रो सामुहिक प्रयासले रामजलम सहनी फेला पर्नेछन् उनी परिवारको सम्पर्कमा आउनेछन्

उनका बारेमा बनाइएको भिडियो हेर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय