कुवेत हुँदै साउदी जान्छु भनेकी कमला बर्षौंदेखि बेपत्ता

रञ्जना लम्साल, कावासोती, फागुन ९-

कमला सुनार रोजगारीका लागि घरबाट हिंडेको ५ बर्ष भयो । उनलाई कृष्ण बिश्वकर्माले रोजगारीका लागि कुवेत पठाएका हुन् । बिदेश गएको २ बर्षसम्म पैसा पनि पठाईन कमलाले । यसबीचमा उनले घरमा पटक–पटक गरेर साढे ३ लाख जति पैसा पठाएको उनका श्रीमान बिष्णु बहादुर सुनार बताउँछन् ।

बिदेश गएको साढे २ बर्ष पछि कमलाले फोन गरेर म कुवेतबाट साउदी जाँदै छु, अब दुईचार महिना फोन नलाग्न पनि सक्छ, नआत्तिनु भन्दै कमलाले फोन गरेकी थिईन । तर त्यो दुईचार महिना लम्विंदै साढे दुई बर्ष वितिसक्यो तर उनको फोन आएको छैन ।

कमलाका २ जना छोराछोरी छन् । छोरीको बिहे भयो । छोरा पनि १९ बर्ष भए । तर आमाको अत्तोपत्तो छैन । छोराछोरीले आमा खोज्न जाउँ भन्न थालेपछि आफु श्रीमती खोज्न हिंडेको बिष्णु बताउँछन् ।

आमा खोजीदिन भन्दै सुचना केन्द्र, कावासोतीमा निवेदन दिन आएकी छोरी बिनिता सुनारलाई आफूहरुलाई धेरै माया गर्ने आमाले किन बिर्सेकी होलीन भन्ने लाग्छ । बिदेशबाट फोन गर्दा अटेजी भरि कपडा र सुनको सिक्री किनेर ल्याईदिन्छु भन्ने आमाले एकाएक फोन गर्न छोडेको उनी बताउँछन् ि। उनलाई आमा मरिन् भन्ने पनि लाग्दैन । तर किन उनले विर्सिईन् भन्ने अन्दाज गर्न आफूले नसकेको उनको भनाई छ ।

आमाको खोजिमा सहयोग माग्दै आएकी उनले आँखाभरी आँशु पार्दै भनिनः आमाको यादले दिनरात सताउँछ । आमा घरमा नहुँदा सम्पूर्ण घरासयी काम गर्नुपरेका कारण आफूले पढ्न नपाएको उनी बताउँछिन् । बाबु र दाजु मात्र भएका कारण हाल पनि विनिता माइतीमा नै बसिरहेकी छन् ।

कमलाको छोराको नाम बिनोद हो । ११ कक्षासम्म पढेको बिनोदले पढाईलाई निरन्तरता दिन सकेनन् । उनी गाडीमा खलासीको काम गर्छन् । कमलाका श्रीमान बिष्णु भन्छन् बरु गाडीमा सुत्छ तर घर आईज भन्दा आमाको याद आएर घर आउन मन लाग्दैन भन्छ ।

बुढेसकालको सहारा भनेको श्रीमानको श्रीमती र श्रीमतीको श्रीमान हो । तर बुढेसकालको साथी आफ्नी श्रीमतीको अत्तोपत्तो नहुँदा विष्णुलाई चिन्ताले सताईरहेको छ । पराई मुलुकमा कुनै समस्यामा परेर श्रीमतिले फोन गरिनन् की भन्ने लाग्छ उनलाई ।

चितवन निवासी कृष्ण बिकले कमलालाई काठमाडौको माउन्टेन ग्रुप नामक मेनपावर कम्पनीबाट कुवेत पठाएको बताएपनि माउन्टेन ग्रुपका प्रतिक्षा लामाले आफुहरुले कुवेतमा महिला पठाउने काम नगरेको बताएकी छन् ।

तपाईले कमलालाई कहिं देख्नु भएको छ वा उनका बारेमा कुनै जानकारी भएमा परिवारलाई ९८०४४२१५२८ नम्वरमा फोन गरिदिनुहोला । यसैगरी सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र कावासोतीको फोन नम्वर ०७८ ५४०३११ मा पनि फोन गरिदिनु सक्नुहुन्छ । 

यो पनि पढ्नुहोस् दलाल, घुस र बन्धनमा परेका युएईका कामदार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय