मलेसियाबाट फोन आउने प्रतिक्षामा

काठमाडौं नवलपुर अरुणखोला, मध्यविन्दु १२ का सुमन दराई बैदेशिक रोजगारीका क्रममा मलेसिया गएका हुन् २०७१ साउनमा बैदेशिक रोजगारीमा गएका उनी एक बर्षयता परिवारको सम्पर्कमा छैनन् परिवारका सदस्यहरुका अनुसार झण्डै एक बर्षयता उनी परिवारसँग सम्पर्कमा छैनन्

सुमनकी आमा देवी भन्छिन्-“फोन गर्दा पनि उठाउँदैन एकबर्ष भन्दा पनि धेरै भइसक्यो पैसा पनि नपठाउने, बुढीलाई फोन पनि गर्दैन फोन गर भन्छु, विरामी हुँदा पनि के भा’को , कसो भा’को भनेर वास्तै गर्दैन बरु पैसा पनि चाहिएन हामीलाई, उसलाई घर फर्काउने भन्ने सोचेको हो हामीले ।”

मलेसियाको मलक्कामा रहेको एचएलआरवी प्रोसेसिङ नामको कम्पनीमा काम गर्न गएका सुमनले आफ्नो काम कमाईृ राम्रो नै भएको बताउने गर्दथे तर यसरी अकस्मात फोन सम्पर्कसमेत हुन छोडेपछि यसले परिवारलाई अनेकथरी आशंकामा पारेको पैसा कमाउन नसकेको भएपनि फोन गर्न घर फर्किदिन आग्रह परिवारको सुमनकी श्रीमति रिविका भन्छिन् “घर आउनु, बरु पैसा चाहिएको छैन, घर आउनु राम्रोसँग घर आएर बरु यतै काम गरेर बसौंला ।”

सुमन दरईका बारेमा तपाईसँग कुनै जानकारी भएमा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, कावासोतीको फोन नम्वर ०७८५४०३११ मा खवर गरिदिनु होला आशा गरौं तपाई हाम्रो सामुहिक प्रयासले सुमन दराई फेला पर्नेछन् उनी परिवारको सम्पर्कमा आउनेछन् (कावासोतीबाट राम बरालको सहयोगमा) 

भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय