
प्रभातकुमार मिश्र, जनकपुर-
धनुषा जिल्लाको राजमार्गसँगै जोडिएको ठाउँ ढल्केवरकी चन्द्रकला देवीका तीन छोरा हुन् । उनीहरु मध्ये माइलो छोरो अनरदीप कुमार यादव कमाउन भनेर साउदी गएका छन् । तर उनी अहिले सम्पर्कमा छैनन् । यसले आमा चन्द्रकलादेवीलाई चिन्तित तुल्याएको छ । उनी भन्छिन् “के भयो, कसो भयो भन्ने कुनै जानकारी छैन किनभनें सम्पर्र्क नै छैन । मलाई केहि चाहिएन, मेरो छोरो भेटिए पुग्छ । मेरो छोरोलाई नेपाल पठाइदिनुस् ।”
ड्राइभरको भिषामा साउदी गएका अनरदीपले आफूलार्ई कम्पनीले थोत्रो गाडी चलाउन दिएको बताएका थिए । उनले आफूलाई नेपाल फर्काउन परिवारलाई खवर गरेपछि उनीहरु मेनपावर कम्पनीसम्म पनि पुगे जहाँबाट उनीहरुले कुनै सहयोग पाएनन् । गएको ५ महिनासम्म सम्पर्कमा नै रहेका अनरदीप पछिल्लो झण्डै ८ महिनादेखि सम्पर्कविहिन छन् । यसले आमा चन्द्रकलालाई न रातमा निन्द्रा न दिनमा भोक भएको छ ।
अनरदीपका दाजु प्रदीप स्थानीय एक नीजि विद्यालयमा विज्ञान विषय पढाउँछन् । त्यहि कमाईले उनी परिवारको गुजारा चलाउँदैछन् र भाइ जाँदाको झण्डै दुई लाख ऋण तिर्दैछन् । प्रदीपका अनुसार उनका भाई अनरदीप कुनै ट्रान्सपोर्ट कम्पनीमा काम गर्दथे ।
अनरदीपलाई तपाईले कहिं देख्नु भएको वा उनका बारेमा जानकारी पाउनुभएको छ की ? यदि तपार्ईसँग कुनै जानकारी भएमा परिवारलाई ९८१९८१३२६७ मा फोन गरेर जानकारी गराइदिनु होला । यसैगरी तपाईले सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, धनुषाको फोन नम्वर ०४१–४२०६०५ मा खवर गरिदिनु होला ।
भिडियो स्टोरी प्रकाशन भएपछि उहाँ परिवारको सम्पर्कमा आएका कारण भिडियो हटाइएको छ । सम्पादक