सरकारले श्रम स्वीकृति रोक्दा जसले छोरीको मुख अन्तिम पटक देख्न समेत पाइनन्

दिननाथ गैरे(राजा बगर), युएई

श्रीमान मृगौलाको विरामी थिए। पाँच बर्ष औषधिमुलो गर्दा पनि बाँचेनन । उनको उपचारमा लागेको ऋण र पाँच सन्तानको जिम्मेवारी काँधमा एक्लै परेपछि ठूली छोरीको भरमा घर छोडेर रितु दुबई आइन। दुवई पसेको पनि अव त निक्कै बर्ष भइसक्यो । 

जागिर राम्रो छ। अरुको जस्तै दैनिक परदेशी जीवन उनको पनि चलेको छ। जागिरमा सन्तुष्ट छिन। तर भनिन्छ नी दुखिलाई नै ईश्वरले पनि झन दुःख दिएको हुन्छ। हो त्यस्तै आइपरेको छ उनको जीवनमा ।

हुने हार दैब नटार भने झैं केहि दिन अगाडि उनको ठुलो छोरी बिरामी परिन । औषधि उपचार गर्दा गर्दै १८ वर्षकी छोरीको मृत्यु भयो । हुन त रितुले छोरी विरामी परेको खवर पाएकी थिइन् । खबर सुन्ना साथ उनलाई नेपाल फर्किहाल्ने हुटहुटी पनि लागेको हो । तर नेपाल सरकारले घरेलु कामदारका रुपमा खाडी मुलुक आउन श्रम स्वीकृत रोकेको हुनाले पुनः दुबई आउन नसक्ने भएपछि उनी तत्कालै घर फर्किहाल्न सकिनन् । यहिबीचमा छोरीको मृत्यु भयो । त्यसैले छोरीको मुख हेर्नसमेत वञ्चित भइन् उनी । साहुको तिर्नबाँकी ऋण र चार सन्तानको भविष्य बनाउने जिम्मेवारीले उनलाई युएईमै बाँधिराख्यो । त्यसैले नहुने घटना भइसकेपछि अर्धचेत अवस्थामै अझै पनि युएईमै उनी काम गरिरहेकी छिन् ।

रितु त एक पात्र मात्र हुन । खाडिमुलुकमा सरकारले घरेलु काममा आउन रोक लगाएपछि घरेलु कामदारहरुलाई थाल खाउँ कि भात खाउँ भएको छ। हेटौडाकी अन्जुले श्रीमानको मृत्युमा दुबईमा नै ठाडो किरिया गरिन। बाबा बिरामी छन । अन्तिम अवस्थामा नेपाल जान नसकेर रुँदैछिन बुटवलकी रुबि थापा ।

मृत्यु देखि लिएर सरकारी कामकाज तथा बिहे भोज आदि उत्सवमा पनि त्यहि श्रम स्वीकृति नपाउने कुरा तघारो  बनिरहेको  छ । त्यसैले सरकारलाई धारे हात लगाउँदै अनी दाह्रा किट्दै युएईमानै बन्दि झैं काम गरिरहेका छन् घरेलु कामदारका रुपमा आएका नेपाली महिलाहरु ।

बुटवलका कमल कुँवर भन्छन्न रोज़गार दिन्छ न बर्षै देखि गरिखाएको जागिरमा आउन दिन्छ । उनको विचारमा नयाँलाई केहि कडा नियम बनाए पनि पुराना गरिखाएका जागिरेहरुलाई श्रम स्वीकृति दिनु उचित  हुन्छ ।

खाडिमुलुकमा घरेलु कामदारहरुको समस्यालाई मध्यनजर गर्दै सरकारले घरेलु कामदारका रुपमा आउन श्रम स्विकृतिमा रोक लगाए पनि  मानव तस्करहरुले विभिन्न बाटो हुँदै कामदार खाडी मुलुकमा ल्याइरहेकै छन् । नेपालबाट लोभलाग्दो जागिर र सुबिधा भन्दै बेरोज़गार र दुखि महिलाहरुलाई भिजिट भिषामा ल्याई युएईको अजमान र रसलखेमातिर राखेर कुबेत, कतार, साउदी ओमन लगायतका देशमा पठाउने क्रम चलिरहेकै छ ।

युएईबाट पत्रकार महासंघ तथा अन्य संघसंस्थाहरुले दुताबास समक्ष श्रम स्वीकृति रोकिएका कारण परेको समस्याका बारेमा बारम्बार सोच्न आग्रह सहित ज्ञापन पत्र नबुझाएका पनि हैनन। दुतावासले सायद यो कुरा नेपालमा सम्वन्धित मन्त्रालयमा त पुर्याएकै होला । यसमा नेपाल सरकारले चाहिं पुनर्विचार गर्दैछ की छैन ? 

यो  पनि पढ्नुहोस् फेब्रुअरी ४ देखि विदेशी कामदारलाई प्रहरी रिपोर्ट अनिवार्य, आपराधिक पृष्ठभूमिका व्यक्ति रोक्ने उद्धेश्य

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय