युएईमा गैरकानूनी यात्राः  दुर्घटना भयो भनें त्यसको जिम्मा कुन समाजसेवीले लिन्छ ?

दिननाथ गैरे(राजा बगर) 

. आउनुहोस, आउनुहोस बनभोजमा छाला सहितको खसिको मासु नेपाली परिकार

. आउनुहोस आउनुहोस नेपालबाट फलानो बरिष्ट गायक फलानी हट नायिका वा मोडेल आउँदैछन, हैर्ने सुवर्ण अवसर नगुमाउनु होस

यी युएईका समाजसेवीका फेसवुक वालको प्रतिनिधि विज्ञापन हुन् जुन मौषम अनुसार चलिरहन्छन् प्रवासमा मौसम अनुसार पिकनिक चाडपर्वको आसपास पारेर साँस्कृतिक कार्यक्रमहरु भइरहन्छन् चाहे कतार होस् वा कुवेत, साउदी होस् वा युएई जहाँ जहाा नेपाली पुगेका छन् भेटहुने यस्ता अवशर जुटाउने काम भइरहेकै हुन्छ आफन्त, परिवार छोडेर घण्टौं हवाईजहाजको यात्रा पछि अरव वा मलेसिया उत्रेको एउटा नेपालीका लागि यो पनि कम्ती खुसीको कुरा होइन यसले उसलाई नेपालमा नै छु भन्ने आभाष दिलाइरहेको हुन्छ तर यसमा देखिएको एउटा कुराले निम्त्याउन सक्ने खतराप्रति भनें उति सचेत नभएझै लाग्छ  

प्रसँग हो, युएईमा हुने सांस्कृतिक बनभोज कार्यक्रमहरुमा प्रयोग हुने गाडीको बनभोज वा कुनै साँस्कृतिक कार्यक्रममा सहभागिहरुलाई एकठाउँबाट अर्को ठाउँमा लैजानु परिहाल्यो यसका लागि सार्वजनिक यातायातका साधनहरु मात्र चढेर पुगेन त्यो भनेको ठाउँमा पुग्दैन पनि यस्तो अवस्थामा त्यस्ता कार्यक्रम आयोजक समाजसेवीले उपाय निकाल्छन आँखा छलेर चलाउने गाडी एकहिसावले भन्दा चोरी उपाय गैरकानुनी कार्य।

हिजोका दिनमा यो समस्या चर्कै थियो यो समस्या तुलनात्मक रुपमा केहि घटेको यद्यपी  यो बन्द भएको छैन भाडामा लिइने बसहरु महँगो पर्ने भएपछि कार्यक्रमका आयोजकले ग़ैरक़ानूनी रुपमा अन्य कम्पनीका नीजि बसहरु प्रयोग गरेर दर्शक ओसारपसार गर्छन न्यून रकममा उपलव्ध हुने त्यस्ता गाडीले अन्य यात्रु बोक्नु युएईको कानुन अनुसार भनें गैरकानूनी हो यसले कुनै संस्था वा व्यक्तिको कमाई होला तर यो सयौं नेपालीको जीवनसँग खेलवाड पनि गर्नु हो

युएईको कानुनले कुनै कम्पनिको गाडीमा सोहि कम्पनिमा कार्यरत व्यक्तिले मात्र यात्रा गर्न पाउँदछ अन्यलाई त्यसरी कुनै कम्पनीको गाडी चढाएर ओसारपसाल गर्न मिल्दैन यस्तो अवस्थामा सार्वजनिक बस, ट्याक्सी वा मेट्रोको प्रयोग गर्नुपर्दछ तर यसको विपरित नेपालीले आयोजना गर्ने कार्यक्रमहरुमा कुनै कम्पनीका बसहरु प्रयोग भइरहेका छन् ४०, ५० जना यात्रु बोकेर गुडीरहेको कुनै गाडी दुर्घटनामा पर्यो भनें यसको जिम्मेवारी कसले लिने रु यो निक्कै संवेदनशिल विषय हो यस बिषयमा कसैको ध्यान गएको छैन  

हो, समाजलाई जीवन्त राख्न सामाजिक कार्यक्रमको आवश्यकता तर छाला सहितको खशीको मासु सहितको पिकनिक वा साँस्कृतिक कार्यक्रमको विज्ञापन गर्नेहरुले यो जोखिमका बारेमा चनाखो हुन जरुरी  

यो पनि पढ्नुहोस् ‘म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय