भिजिट भिषाः चलिरहेकै छ दलालको कमाइ   

दिननाथ गैरे(राजा बगर), युएई, पुष ४

भिजिट भिषा केहि वर्षयता चर्चामा रहेको विषय हो । कसैका लागि राम्रो आम्दानीको सपनाको यो शव्दले कतिपय(दलाल) लाई भनें साँच्चै गतिलो आम्दानीको अवशर जुटाइरहेको छ । सरकारले यसमा कडाई गरिरहेको बताइरहँदा यद्यपी यो कायम छ र यसले दलालहरु लाई घर घडेरि जोड्ने अवसर मिलिरहेकै छ । त्यहि भिजिट भिषाको भर परेर युएई उत्रिएकाहरुको भनें विचल्ली छ ।

राम्रो जागिर लगाईदिने र मनग्गे आम्दानी हुने सपना देखाएर नेपालबाट ल्याइने मध्ये बहुसंख्यक महिला निःशुल्क रुपमा युएई उत्रिने गरेका छन् भनें केहिले एक डेढ लाख रकम तिर्नु परेको देखिन्छ । त्यहि भिषामा आउने पुरुषहरुले भनें २३ लाखसम्म तिर्ने गरेका छन् । यसरी ठगको चंगुलमा परेकाहरु कोहि मिलाएर त्रिभुवन विमास्थलकै बाटो आइपुग्छन् त बहुसंख्यक दिल्लि, मुम्वई, कलकत्ता र श्रीलंका हुँदै युएई उत्रिन्छन् ।

त्यसरी ल्याइएकाहरुलाई युएईको अजमान, रसलखेमा जस्ता युएईको केहि कम विकसित र धेरै नेपाली नभएको ठाउँमा एउटै कोठामा १५२० जना राखेर काम लगाईदिने भन्दै जेलमा जस्तै राख्ने गरेको बेला बेला सार्वजनिक भइरहन्छ । नेपालबाट भिजिट भिषामा आउँदा ठूलै कमाई हुन्छ भन्दै दलालको विश्वास गरेर जस्तोसुकै जोखिम उठाएर आउनेहरु केहि समय वन्दी झैं जीवन विताएपछि बल्ल नेपाली समाजका अगुवा, पत्रकार वा दूतावासको सम्पर्कमा पुग्छन् । खासगरी त्यसरी ल्याइएका महिला भनें त्यहिंबाट बेचविखनको शिकार हुने गरेका छन् । 

यसरी लामो बाटो हुँदै युएई ल्याइएका महिलाहरुलाई भनें युएई मात्र नभई साउदी, कुवेत, ओमान, कतार, कतिपय अफ्रिकी मुलुकसम्म पुर्याउने गरिएको देखिन्छ खद्दामा बनाउन । उनीहरुले स्थानीय अरवीहरुले घरेलु कामदारका रुपमा राख्न उनीहरुको शारीरिक बनावट र उमेर हेरेर १० देखि १६ हजार दिराम (नेरु ४५ लाख) सम्ममा किनेर लैजाने गर्दछन । त्यसरी किनेर लगिएका महिलाहरु नै मुख्यगरी समस्यामा परेको देखिन्छ ।

केहि दिन अघि पाल्पाबाट एकजना बहिनीले दाजु मेरो बहिनी ३० हजारमा दुबई लगेको आज १५ दिन भयो फोन सम्पर्क पनि छैन खोजिदिन पर्यो र कतै काम खोजेर लगाईदिनुस नभए नेपाल फिर्ता गरिदिन पर्यो भन्दै हारगुहार गरिन् । दलालको नम्वर मागेर कुरा गर्दा १३ हजार दिराम दिएर मान्छे लैजानु भनेपछि त्यहि रकम जम्मा गर्ने प्रयत्न हुँदा हुँदै पुनः नेपालबाट खवर आयो उनलाई कुवेत पुर्याइयो । यो त केवल एक पात्र हो जो भिजिट भिषामा आएर धेरै चरणमा बेचिन्छन् ।

युएई रोजगारीको लागि मात्र नभएर ब्यवसायिक रुपले पनि निकै उत्तम थलो मानिन्छ। तर यहि युएईलाई गन्तव्य वा बाटोको मुलुक बनाउँदै दलालहरुले भिजिट भिषामा धेरैलाई ल्याएर विक्रि गर्ने, अलपत्र पार्ने क्रम अझै रोकिएको छैन ।

हो, यसलाई रोक्न युएईस्थीत नेपाली दूतावासले पनि सक्दो प्रयत्न त गरेको छ तर मुहान सफा नभएसम्म पुछार(तल्लो भाग) को पानी सफा हुन्न । युएईमा पनि त्यस्तै देखिएको छ । यहाँ वारम्वार भिजिट भिषामा आएर अलपत्र पर्नेहरु र उनीहरुको उद्धारको समस्या परिरहन्छ । यो समस्या धेरै बढेपछि अहिले भिजिट भिषामा आएर अलपत्र पर्नेहरुको उद्धार नगर्नेसम्मको चेतावनी दिइएपनि यसले पनि उति धेरै काम गर्ला भन्ने अपेक्षा गर्न सकिन्न ।

यो ठूलै समस्या हो । त्यसैले यसको निदानका लागि पनि एक्लो प्रयत्नले सम्भव हुन्न । यसका लागि नेपालबाट गर्नुपर्ने मुख्य काम त छँदैछ, युएईमा पनि दूतावास, गैरआवासिय नेपाली संघ लगायतका सामाजिक संघसंस्था र पत्रकारहरु एकभएर अगाडी बढ्न जरुरी छ । पछिल्लो समयमा पत्रकार र युएईस्थीत दूतावासबीच उति सहज सम्वन्ध देखिन्न । यसले लाभभन्दा धेरै हानी नै हुन्छ । त्यसैले यसतर्फ समयमै विचार गरिनु आवश्यक छ । 

आउनुहोस्, यस्तो अवस्था निर्माणका लागि जुटौं जहाँ भिजिट भिषाको नाममा कोहि पनि नेपालीको रकम नडुवोस् । कोहि पनि नेपाली महिला भिजिट भिषाकोे नाममा विक्रि नहोस् र उ नारकिय जीवन भोग्नबाट जोगियोस् ।    

यो पनि पढ्नुहोस् विदेशमा हराएको श्रीमानलाई पर्खिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय