उनको घर बनाउने अभियानमा सहभागि हौं

भीमज्वाला राई

धरानको केटु फेन्सी पसलमा मजदुरी गर्ने पुण्य प्याकुरेल काम सकेर धरान १५, महादेव चोकस्थित घर फर्कने क्रममा उनी चढेको टेम्पोलाई बसले ठक्कर दियो अन्य यात्रुहरु भन्दा उनी गम्भीर घाइते हुन पुगे अन्य यात्रुहरु उपचारपछि सामान्य जीवनमा फर्किए तर प्याकुरेलको मेरुदण्ड (स्पाइनल कर्ड) भाँच्चिएकाले उनी २९ महिनादेखि ओछ्यानमा सुतेरै विताईरहेका छन्

प्याकुरेलको छाती मुनिको भाग चल्दैन दिशा पिशाव समेत ओछ्यानमै हुन्छ खुट्टा विस्तारै सुक्न थालेको खुट्टाका नङ गाडिएर ईन्फेक्शन हुन थालेको ३९ बर्षीय प्याकुरेल मुढा झै लडिरहेका छन् अशक्तताको पीडा उनले झेलीरहेकै छन्, श्रीमती वर्षिय छोरी डेढ वर्षका छोरा सहित बडा बावाका छोरा तुलसी प्याकुरेलको घरमा आश्रय लिएर बस्नु पर्ने परिवारको लालनपालन शिक्षा दिक्षा थप पीडा बनेको

उनी दुर्घटनामा परेपछि बस व्यवस्थापकले सकेसम्म उपचार खर्च गरे, ठिक हुन असम्भव भएपछि क्षतिपूतिबापत पाएको लाख रकम बराह ऋण तथा बचत सहकारीमा राखेर त्यसबाट आउने मासिक साढे सातहजार रुपैयाँ ब्याजबाट उनको परिवार चलिरहेको  

उनको दयनिय अवस्था देखेर मजदुर तथा पत्रकारहरुको समुहले सोमबार १५ हजार सय ७५ रुपैयाँ उनको निवासमै पुगेर हस्तान्तरण गरे नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, धरानका अध्यक्ष कमल भटराई, गोविन्द गिरी तथा पत्रकारहरु जनकऋृषि राई, रोहित राई, बिकास चाम्लिंग, धिरेन लिम्बु, किशोर थुलुंग, सबिता चाम्लिंग, दिनेश गजमेर, रणध्वज लोहार एवं युवा नेता दिपक बनेपाली लगायतका समुहले तिहारमा देउसी खेलेर संकलित रकमबाट १० हजार रुपैया साइक्लिङमार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय टक्स माउण्टेन बाइकका सञ्चालक कृष्ण केसीले बर्षभरि दिनमा एक कप चिया बराबर १५ रुपैया बचाएको हजार सय ७५ रुपैया प्याकुरेललाई सोमबार प्याकुरेलको निवासमा पुगेर हस्तान्तरण गरिएको हो

रकम ग्रहण गर्दै उनले हाम्रो समुहलाई ओछ्यानबाटै अनुरोध गरेसर कुनैपनि समय तलमाथी हुनसक्छु तर जे भएपनि मेरो परिवारलाई आफ्नै घरमा राख्ने चाहना ”  प्याकुरेलले करिव १७ वर्ष पसलमा सेल्सको काम गर्दा आर्जन गरेको रकमले धरान १५ महादेव चोकमै धुर जग्गा जोडेका छन् जग्गा किने लगतै उनी दुर्घटनामा परेपछि घर बनाउने उनको सपना पनि दुर्घटनामा पर्यो तर उनको घर सपना अझै मरेको छैन

पीडामा बाँचिरहेका प्याकुरेलको त्यही सपनामा साथ दिन पत्रकारहरु, मजदुरहरु हातमा हात मिलाउदै कम्मर कसेर लागेका छन् यही अभियानमा संखुवासभाका युवा व्यवसायी सन्तोष राईले घरका लागि चाहिने सम्पूर्ण जस्तापाता उपलव्ध गराउने प्रतिबद्धता फेसबुक मार्फत गरिसकेका छन् हामी सबैले आफ्नो स्थानबाट सकेको सहयोग गर्ने उद्धघोष गर्यौं भने एउटा असहायका परिवार एउटा सानै भएपनि आफ्नै छाप्रोमा बस्न सक्ने छन् एउटा अशक्त सपनाले साकार रुप लिनेछ के तपाईहरु साथ दिनुहुन्छ ?  

यो पनि पढ्नुहोस् 

थानेश्वरका लागि उठ्यो २९ लाख ३८ हजार, अव १३ लाख बाँकी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: