मलेसियामा ववण्डर भएको सागर आले काण्ड वास्तविकता के हो ?

अर्जुन काफ्ले-

मलेसियामा कार्यक्रम गर्न पुगेका प्रायः कलाकारहरु विवादमा पर्दै आएका छन् कहिले के विवाद कहिले के प्रोपोगान्डामा कलाकार मुछिंदै आएका छन् रेष्टुरेन्टमाहर्कतगरेको आरोपमा राजेश पायल राई मुछिए कहिले असहज भिडियो वनाएर ज्योती मगर दमन रुपखेती चर्चामा आए यतिसम्म की शरिरका अधिकाँश कपडा खोलेर रियाहरुले दर्शक उफारेको ईतिहास पनि मलेसियामा

हुन अचेल मलेसियामा कन्र्सट गर्ने वाढी नै आएको कहिले के धमाका कहिले के कन्र्सटका नाममा आइतवारे छुट्टीमा पनि नेपालबाट कलाकार लगेर कार्यक्रम गर्ने फेशन नै चलेको विभिन्न संघ संस्थाहरु मात्रै होइन रेष्टुरेन्ट सञ्चालकले पनि यस्ता कार्यक्रम गर्न थालेका छन  

मलेसियाका विभिन्न शहरमा गरिने यस्ता कार्यक्रम दर्शक तान्न व्यावसायीकता लागि मात्र हँुदै आएको सत्यतालाई लुकाउन सकिंदैन नेपालबाट कलाकार लैजाने अनि मलेसियामा नै भएका केहि कलाकारलाई स्टेज उकाल्ने कामको यस्ता कार्यक्रमले गर्दै आएका छन् मलेसियामा रहेका नेपाली श्रमिकलाई लक्षित गर्दै गरिने केहि कार्यक्रमले केहि सकारात्मक काम पनि भएका छन मगर संघ मलेसियाले नै यस अघि गरेको कार्यक्रमले केहि सकारात्मक काम गरेको उदाहरण देखिन्छ

राजेश पायल राईले खुकुरी रेष्टुरेन्टमा गरेको हर्कतले पुरै मलेसियाका नेपाली दुई कित्तामा उभिए केहि राजेशको पक्षमा खुलेर लागे, राजेशको हर्कतको विरोध गर्नेलाई मार्नेसम्म भन्न पुगे केहि भने राजेशको कमजोरी थियो भन्नेसम्म देखीए तर राजेशले यो कुरामा माफी मागेनन् उल्टै समाचार वंगायाएर लेखेको भन्दै पत्रकारको उछितो काढे

त्यसपछिको विवादमा ज्योती मगर अनि रिया श्रेष्ठ आइपुगीन आफ्ना अश्लिल हर्कतका कारण उनीहरुले अरु कलाकारलाई पनि विवादमा ल्याइदिए त्यो वाहेक कलाकारको फोटो टाँसेर कलाकार नल्याउने काम गर्ने आयोजक पनि वेला वेला विवादमा आइरहे कलाकार पठाउने ठेक्का लिएका ठेकेदारले नेपालबाट मलेसिया कलाकार नपठाउने क्रम पनि चल्यो भने कार्यक्रम आयोजना गर्ने केहि आयोजक संस्थाले भनेको कलाकार नल्याउने काम पनि भयो कहिले टेरिया मगर, रेखा थापा, प्रमोद खरेल कहिले शिव परियारको टाउको पोष्टर टिकटमा टाँस्ने तर कलाकार नै नलग्ने हर्कत गर्ने आयोजकको फेरीहस्त पनि मलेसियामा छरपष्ट

मलेसियामा पछिल्लो पटक भएको घटनाको सार वारे चर्चा गर्न यो आलेख तयार गरिएको हो त्यस कारण अरु वारे थप चर्चा अरु कुनै वेला गरौला पछिल्लो समय नेपाल आइडल मार्फत चर्चामा रहेका सागर आले लगायतका कलाकार मलेसिया लगेर नेपाल मगर संघले एभरेष्ट कन्र्सट को आयोजना गरेको थियो जुन केहि दिनसम्म मलेसियाका विभिन्न शहरमा हुनेछ मलेसियाको राजधानी क्वालालम्पुरको कोतराया जो नेपालीहरुको सघन वसोवार हेलमेल हुने ठाउँ हो त्यहाँ कार्यक्रम आयोजना गरिएको थियो गत आइतवार सो कार्यक्रममा अरु उल्लेख्य कलाकार नभएपनि सागर आले नै मुख्य कलाकार भएकाले आयोजकले सागर आले धमाका २०१७ को नाममा पोष्टर छापे यता सो कार्यक्रम साँझ सकिने नजिकैको शहर पोर्टकेलाङ्गमा सागर सहितका कलाकारलाई सम्मिलित गरेर रिल्याक्स धमाका नामको अर्को साँगितिक कार्यक्रम आयोजनाको चाँजोपाँजो मिलाइएको थियो

मगर संघका आयोजकसंग समन्वय गरेरै अर्को कार्यक्रमको चाँजोपाँजो मिलाइए पनि आइतवार अवेर सागर आलेले अर्को कार्यक्रममा जान नसक्ने गाउन पनि नसक्ने जानकारी दिए सागरले एउटै कार्यक्रमको धपेडीले विरामी भएको आयोजकलाई जानकारी दिए उता अघिल्लो कार्यक्रमस्थल भन्दा करिव ४० किमी दुरीमा रहेको अर्क पोर्ट केलाङ्गको कार्यक्रममा दर्शक भरिन थाले सुरुवातमा पोर्टकेलाङ्गको कार्यक्रमका आयोजकले सागर आउने सागरको प्रतिक्षा गर्न दर्शकलाई सुझाइरहेका थिए तर अकास्मत कार्यक्रममा सागर नआउने भएपछि एकाएक माहौल बदलियो आयोजकलाई दर्शक थाम्न हम्मेहम्मे भयो रातको समयमा भएकाले अझ थप चिन्ताको विषय वन्यो पोर्टकेलाङ्गको आयोजकले सागरलाई कार्यक्रम स्थलसम्म ल्याइदिन मात्रै मगर संघसंग निक्कै विन्ती विसाए तर सागरले विरामी भएका कारण सो कार्यक्रममा जान नसक्ने वताए

राती त्यहिको आयोजकले सागरलाई दोषी देख्दै सागरको पुत्ला वनाएर कार्यक्रमै जलायो माहौलले वेग्लै रुप लियो केहिले सागरलाई गाली गरे भने केहि दर्शकले सागरको नाम वेचेर आयोजकले झुक्याएको आरोप लगाए फेसवुक अन्य सामाजिक सञ्जाल भरी सागर आलेका पक्ष विपक्षमा वहस भयो तर यत्रो हुँदा पनि मगर संघ मलेसिया चुप वसिरहनुले शंका पैदा गराएको मगर संघ मलेसियाका जिम्मेवारहरु चुँ पनि वोल्न सकेका छैन् भने उनीहरु सञ्चारकर्मीको सम्पर्कमा आउन पनि मानेका छैनन् यसले झन शंका माथी थप शंका उव्जाएको

मगर संघका आयोजक कै निर्णयले दिउँसो कोतरायामा साँझ पोर्टकेलाङ्गका कार्यक्रम आयोजना गर्ने भएर पोर्टकेलाङ्गका आयोजकले पोष्टर छाप्ने देखी टिकट बेच्नेसम्म काम गरे त्यसपछि कार्यक्रमको सवै तयारी थाले यति हुँदासम्म मगर संघले त्यो कार्यक्रम वारे सागरलाई जानकारी किन दिएन ? यदि दिएको थियो भने सागरले कार्यक्रममा जान मानेनन भनेर पुर्व जानकारी त्यहाँका आयोजकलाई किन दिन सकेन ? केदालमा कुछ कालाथियो ? मगर संघका केहि सदस्यले सागरलाई पोर्टकेलाङ्गको कार्यक्रममा पठाउने केहिले नपठाउने निर्णय गरेका थिएनन कतै ? शंका त्यहाँ पनि शंका गर्ने प्रसस्त ठाउँ हुँदा हुँदै किन मगर संघ चुपचाप ?

मलेसियामा कार्यक्रम आयोजना गर्नेहरुका विच नि को कलाकार ल्याउने कस्ता कलाकार ल्याउँदा धेरै दर्शक आउन सक्छन भनेर होडवाजि नै हुन्छ त्यही क्रममा सागर आले दर्शक तान्ने शस्त्रका रुपमा मगर संघले पहिल्याएको हुन सक्छ यहि कारण पनि सागरलाई मगर संघले केहि स्थानका लागि मलेसिया ल्याएको हो

सागर आलेले पहिलो कार्यक्रममा आफ्नो प्रस्तुती दिइसके पछि अर्का कार्यक्रमका लागि सागरसँग आयोजकले केहि कुरा गरेको थियो कि थिएन त्यो सागर आयोजक वाहेक अरुलाई थाहापत्तो हुने कुरा पनि भएन तर सागरले अर्का कार्यक्रमका लागि अनुवन्ध स्वीकार गरेर पनि कार्यक्रममा जान विरामीको नाटक गरेका भए पोर्टकेलाङ्गको कार्यक्रमका आयोजक सागर प्रति रुष्ट हुनु स्वाभाविक हो हैन सागरलाई थाह पत्तो नदिइ त्यो कार्य भएको भए चैं निन्दनिय खेदपूर्ण

सागर प्रतिभाशाली कलाकार हुन सागरलाई नेपाल आइडलको टप फोरमा पु¥याउन तिनै मध्येका धेरैको हात सागरले घमण्ड गरेका हुन वा आयोजकले फटाइ गरेका हुन अवको केहि समय पछि थाहा हुन्छ यदि आयोजकको फट्याइले सागरको पुत्ला जलेको हो भने त्यसको क्षतिपुर्ती कसले भर्छ ? सोचनिय कुरा अव आइ्न्दा यस्ता कार्यक्रममा कलाकार जाँदा पहिला सवै कुरा वुझेर मात्र विदेश जानु पर्छ विदेशका कार्यक्रम भन्ने वितिक्कै हाम फालेर जानु पनि हुन्न

यो पनि पढ्नुहोस् 

‘मेरो छोरो बचाई दिनुस’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय