विदेशमा रुखमा पैसा फल्दैन

आम मानसिकता यस्तो थियो कि, विदेशमा पैसा रुखमा फल्छ, मात्र टिप्न सक्नुपर्छ। लाखौं खर्च रंगिन सपनासँगै एउटा नौजवानको पाइला अष्ट्रेलियामा टेकिन्छ। तर, टेकेकै दिनबाट दुःखले यसरी थिच्यो कि, दुःख कस्तो हुन्छ, बल्ल थाहा भयो

आम मानसिकता यस्तो थियो कि, विदेशमा पैसा रुखमा फल्छ, मात्र टिप्न सक्नुपर्छ। लाखौं खर्च रंगिन सपनासँगै एउटा नौजवानको पाइला अष्ट्रेलियामा टेकिन्छ। तर, टेकेकै दिनबाट दुःखले यसरी थिच्यो कि, दुःख कस्तो हुन्छ, बल्ल थाहा भयो

सहनुको विकल्प थिएन। लाग्थ्यो, अष्ट्रेलिया पुग्ने नेपाली विद्यार्थीले जानुअघि सम्बन्धित देशबारे राम्रोसँग परामर्श गरे त्यति धेरै दुःख हुने थिएन कि रु अध्ययन गर्दै गर्दा थाहा भयो, कयौं नेपाली विद्यार्थीभिसा प्रोसेसिङ्गबारे अनभिज्ञ हुने। फलतः भिसा रद्द। खाने बस्ने ठाउँबारे जानकारी नहुँदा कष्ट सहनुपर्ने। घरबाट पठाएको पैसाले नपुगेर अनेक खालका विकृतितर्फ लाग्ने। यस्तो दुःख देखेर राम्रो कन्सल्टेन्सी खोल्न पाए नेपाली विद्यार्थीको पीडा कम गर्न सकिन्थ्यो कि भन्ने मनमनमै लाग्यो। अध्ययन समाप्त भएलगत्तै कन्सल्टेन्सी खोल्नेतिर मन गयो। यो अनुभव स्वतन्त्रप्रताप शाहको हो।

अछामबाट २० वर्षकै उमेरमा अष्ट्रेलिया भासिएका स्वतन्त्रप्रताप शाह हुन् उनी, जो अहिले त्यहाँका स्थापित व्यवसायीमा मानिन्छन्।

एकातिर व्यवसाय, अर्कोतर्फ सेवाभाव। शाहको यही व्यवसायबाट अष्ट्रेलियाका हजारौँ नेपाली विद्यार्थी लाभान्वित छन्। उनले कन्सल्टेन्सी व्यवसायलाई नेपालसम्म विस्तार गरे। काठमाडौं हुँदै चितवन, बुटवललगायत देशका विभिन्न भागमा उनको कन्सल्टेन्सी व्यवसाय विस्तार भइरहेको छ।

कन्सल्टेन्सी व्यवसायले मात्र उनको मन थामिएन। उनले नेपालबाट बर्षेनी हजारौँ विद्यार्थी पुग्ने अष्ट्रेलियामा मातृभूमिका लागि केही गर्न पाए हुन्थ्यो भन्ने सोचको बनाए। नेपाली खानाको पनि प्रचार हुने आफ्नो व्यवसाय पनि विस्तार हुने देखेर उनले अष्ट्रेलियामा नेपाली शैलीको रेष्टुरेण्ट खोले।

जहाँ नेपाली खानाका परिकारले नेपालबाट जानेलाई आफ्नो घरको सम्झना मात्र गराउँदैन, अष्ट्रेलियालीको जिब्रोमा नेपाली खानाको स्वाद पस्किन सफल छ।नेपाली खानाको राम्रो प्रचार प्रसार भएको ,’ उनले भने। रेष्टुरेण्ट व्यवसायलाई विस्तार गर्दै उनले ब्रिसवेनमै अर्को रेष्टुरेण्ट खोलेका छन। उमेरले भरर्खर ३२ वर्ष भयो तर, उनी अनुभवी भइसकेका छन्। अविवाहित शाहको अब मातृभूमिमै केही गर्ने सोच छ।नेपालमा होटेल व्यवसाय गर्ने सोच ,’ उनी भन्छन, ‘एनआरएनको निर्वाचनपछि कहाँ कसरी होटेल व्यवसाय गर्ने भन्ने निर्णय लिनेछु।

अहिले गैरआवासीय नेपाली संघ ९एनआरएन० को आठौं विश्व सम्मेलन काठमाडौंमा जारी छ। उनीसँग अष्ट्रेलिया शाखाको तीनचोटी उपाध्यक्ष पद सम्हालेको अनुभव छ। अब त्यो अनुभवलाई विश्वभरका गैरआवासीय नेपालीमाझ साट्ने मनोकांक्षा साँचेका छन्।  

अहिले लाखौँ नेपाली युवा रोजगारी व्यवसायका नाममा विदेशिएका छन्। नेपाली श्रम सीपबाट विश्वबजार लाभान्वित भएको नै। तर, अब त्यो श्रम सीपबाट स्वदेश पनि लाभान्वित हुन जरुरी भइसकेको उनको धारणा छ। भन्छन्, ‘मैले सिकेको श्रम सीपबाट मेरो देश कसरी लाभान्वित हुन्छ, अहिलेको मेरो चिन्ता त्यो हो।

नेपालको ५० प्रतिशत युवा जनशक्ति विदेशिएको छ। त्यही जनशक्तिको उपस्थिति स्वदेशमा सम्भव भए बाँझो जमिन उर्बर हुने उनी बताउँछन्। उनीसँग त्यो स्थिति निर्माण गर्ने सोच क्रियाशीलता दुबै छ।हामी विदेशबाट नेपालमा वर्षेनी अर्बौंको मासु आयात गरिरहेका छौँ’, उनी भन्छन्, ‘तर त्यही जनशक्ति अरबी मुलुकमा भेडा,च्याङ्ग्रा चराइरहेको छ।

गैरआवासीय संघ (एनआरएन) ले यस्तो परिस्थितिमा पुलका रुपमा काम गर्नुपर्ने विदेशिएको जनशक्तिलाई देशको विकास समृद्धितर्फ आकर्षित गर्नुपर्ने उनको राय छ। विदेशमा आर्जित पुँजीलाई नेपाल भित्र्याएर अर्थतन्त्र विकासमा टेवा पुर्याउनुपर्ने उनी बताउँछन्। भन्छन्, ‘त्यसका लागि राजनीतिक स्थायीत्व सामाजिक सुरक्षा मुख्य शर्त हो। 

स्वतन्त्रप्रताप शाह गैरआवासीय नेपाली संघ (एनआरएन) को युवा संयोजकका उम्मेदवार हुन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय