देश परदेशको चौथो बर्षको यात्रा प्रारम्भ, हामी कृतज्ञ छौं

प्रिय पाठक तथा देशपरदेशका शुभेच्छुकहरु,

बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र बढी लाभदायक बनाउन तथा सीप सिकेर आम्दानी बृद्धिका लागि प्रेरित गर्ने उद्धेश्यले हामीले विधिवत रुपमा आफ्नो यात्रा सुरु गरेको आजैका दिनदेखि तीन बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । यस अवशरमा हामी हाम्रा पाठक, शुभेच्छुक तथा सम्पूर्ण साझेदारहरु प्रति आभार प्रकट गर्दछौं ।

सीप, समृद्धि र सुरक्षित बैदेशिक रोजगारमा केन्द्रीत देशपरदेश डटकमको यो यात्रा सहज पक्कै थिएन । अनलाइनहरुको लाममा आफूलाई विशेष विषयमा केन्द्रीत राख्दै सोही अनुरुपको सामग्री हामीले यसबीचमा पस्किने प्रयत्न जारी राख्यौं । मुख्यगरी नेपाली युवालाई सीप सिकेर स्वदेशमा नै रोजगारीका विकल्पको खोजि गर्न तथा बैदेशिक रोजगारीमा जानेहरुको यात्रा सुरक्षित र उपलव्धीमूलक बनाउने उद्धेश्यले हामी निरन्तर खटिइरहेका छौं । हामीले यसक्रममा तपाईबाट पाएको विश्वास र माया स्तुत्य छ ।   

२०७१ असोज १० गते हाम्रो यात्रा सुरु भएको थियो । विभिन्न क्षेत्रका सयौं हाम्रा शुभेच्छुकहरुले सामाजिक सञ्जाल मार्फत एकैपटक यसको सुरुवातको घोषणा गर्नुभएको थियो जसलाई हामीले हाम्रो यात्रा प्रारम्भको घोषणा सम्झेका थियौं । र, हामी त्यहि यात्रामा कत्तिपनि विचलित नभई निरन्तर अगाडी बढीरहेका छौं ।

हामीले यसबीचमा नियमित रुपमा समाचारसँगै केहि विशेष विषयमा केहि उपलव्धीमूलक काम गरेका छौं । विशेषगरी हराएका परदेशी खोज्न सघाउने हाम्रो प्रयासले केहि उत्साहजनक नतिजा दिएको छ । यसैगरी मुख्यगरी खाडीका ६ मुलुक र मलेसियाका लागि सरकारले गरेको फ्रिभिसा, फ्रिटिकटको निर्णय कार्यान्वयनका लागि निरन्तर दवावमूलक अभियान प्रभावकारी रह्यो । हामीले गत बर्ष बैदेशिक रोजगारीको क्षेत्रमा भइरहेको बढी शुल्क असुलीलाई पर्दाफास गर्न ढ्याप्प नामको स्टींग अपरेशन गर्यौं जसले बैदेशिक रोजगार व्यवसायीले गरिरहेको बढी रकम असुलीको प्रमाण संकलनको काम गर्यो र यसका आधारमा बैदेशिक रोजगार विभागले केहि म्यानपावर कम्पनीहरुलाई कारवाही गरेको छ । यसले फ्रिभिसा, फ्रिटिकटको व्यवस्था कार्यान्वयनमा दवाव सिर्जना गर्यो ।  

हामी दृढ संकल्पित छौं आगामी दिनमा अझ राम्रो गर्नका लागि । त्यसैले हामी चौथो बर्षमा केहि नविनत खुराक लिएर आउने छौं । त्यो हाम्रो प्रयासले सीप विकासका लागि युवालाई झक्झक्याउने छ, बैदेशिक रोजगारीका नाममा भइरहेका विकृति, विसंगति रोक्न मद्धत गर्नेछ । कामले नै हामी यसलाई प्रमाणित गर्नेछौं । पुनः तपाईको विश्वासलाई धन्यवाद दिंदै, आगामी दिनमा पनि तपाईको यस्तै साथ सहयोगको अपेक्षा राख्दछौं ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय