कर्मको फल

 

नतोडनु साथी मन र विश्वास कसैको,

भन्छन मरेपछि पनि आत्माले शान्ती पाउदैन रे ।

नखेल्नु भाबनासंग नगर्नु विश्वासघात कसैलार्इ,

भन्छन घुमिघुमी फेरी आफैतिर फर्किन्छ रे ।

नरुवाऊनु यहाँ कसैलाई बिनाकारण 

भन्छन कलियुगमा आजको भोलि परिणाम देखिन्छ रे ।

नगर्नु अर्काको प्रगतिमा इश्या र डाहा,

भन्छन कुभलो हुन्छ आफ़्नैको रे ।

नदिनु माया गरिसकेपछि जानी नजानी धोका कसैलाई,

भन्छन फेरी त्यहि मायाको लागि तडपी तड्पी बाच्नु पर्छ रे । 

-गंगा अधिकारी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय