विदेश जाने वा विदेशमा हुनेले यति होस् गरौं

आशिश राई-

हाल नेपाल बाहिर लाखौं नेपाली युवा श्रम गरी रहेका छन् बैदेशिक रोजगारीमा जानु पूर्व, बैदेशिक रोजगारीको क्रममा रहँदा स्वदेश फर्किएपछि हामीले ध्यान दिनुपर्ने थुप्रै कुरा हुन्छन् यदि तपाई बैदेशिक रोजगारीमा जान लाग्नु भएको कुनै समस्या परेमा तपाईलाई सहयोग गर्नेहरु हुन्छन्

यसैगरी विदेशमा कार्यरत रहँदा पनि तपाईले धेरै कुरामा सचेत हुनु पर्दछ कुनै अप्ठ्यारो परेमा त्यहाँ पनि सहयोग गर्नेहरु हुन्छन् त्यहाँ विभिन्न कार्यक्रम गर्ने संघसंस्था हुन्छन् त्यहाँबाट पनि सहयोग लिन सकिन्छ तपाई बैदेशिक रोजगारीको क्रममा हुनुहुन्छ भनें यी कुरामा ध्यान दिनुहोस्ः

विदेशमा ध्यान दिनुपर्ने कुरा

रक्सी खाँदै नखानुहोला हामीले जेलमा भट्दा धेरै मानिसहरू रक्सी खाएर झैझगडा गरेको कारण जेल आउने गरेका पाईएको

रक्सी खान लिकर कार्ड पाएपछि मात्र किन्न पाईन्छ त्यसको लागि कम्पनीले दिएको एनओसी लेटर चाहिन्छ तर ३००० वा ४००० भन्दा धेरै तलब हुनेहरूले मात्र यो पाउँछन्

आफ्नो नजिकैको साथीलाई चाहिएको भनेर जथाभावी रक्सी लिएर हिँड्नु हुँदैन त्यस्तो केसमा परेको मानिसलाई जो कोहीले निकाल्न पनि चाहँदैन

जेल राम्रो हुन्छ तर जेल जेल नै हो नि हैन र ?

आफुले फोटो खिच्ने ठाउँको पछाडी अरेवियन महिला छन् भने फोटो नखिच्नु होला । 

विदेशमा जहाँ पायो त्यहि खैनी नमोल्नु होला यसले गलत अर्थ लाग्न सक्छ

भनिएको काम नै पाइन्छ भन्ने छैन

त्यहाँ भनिएको काम सबैले पाउँदैनन् । जे जस्तो परे पनि गर्छु भनेर तयारी गरेर जानेले जित्छ । सार्वजनिक यातायातमा महिलालाई सजिलो छ। त्यहाँको बसहरूमा राम्रो आरक्षणको व्यवस्था गरिएको हुन्छ । १२ वटा सिटहरू महिलाको लागि राखिएका हुन्छन् ।

महिलाहरूको लागि विशेष सुझाव

पुलिसले पक्रिँदा महिला पुलिस नभई जान्न भन्न पाइन्छ । त्यहाँ कुनै कारणले पुलिसले पक्रियो भने महिला प्रहरी नआइ जाँदिन भन्न पाईन्छ । धेरैले हिन्दी भाषा बुझ्ने भएकाले अरबी आउँदैन भनेपनि त्यति कुरा बताउन सकिन्छ

आपत् परेमा वा घरधनीले दुर्व्यवहार गरेमा ९९९ मा फोन गर्नुपर्छ यो त्यहाँको इमर्जेन्सी नम्बर हो यसमा डायल गरेपछि फोन उठेन भनेपनि लोकेसन थाहा पाएर प्रहरी आफै उद्धार गर्न आउँछ । त्यहाँका एनआरएनएलाई पनि सम्पर्क गर्न सकिन्छ ।

महिलालाई परिवार लैजान गाह्रो त्यहाँ जाने महिलाहरूले परिवार लैजानलाई त्यति सजिलो छैन कमाइ कम्तीमा पनि महिनाको स्थानीय मुद्रा १० हजार भन्दा धेरै हुनुपर्छ पुरुषहरूको हकमा भने ३५०० देखि ४००० तलब हुँदा लैजान पाईन्छ त्यसैले परिवारसँग सल्लाह गर्दा त्यही रूपमा गर्नु राम्रो हुन्छ श्रीमानको सीप राम्रो भने उनी गएर कमाउने भनेर तयारी गर्न सकिन्छ

यौनको मामिलामा सजग हुनुपर्छ यदि विदेशमा यौन सम्पर्क भयो श्रीमती भएको कोही मानिससँग थियो भने कुनै झमेला परेमा प्रहरीले केटीलाईनै दोष लगाउँछ त्यसैले यौन सम्वन्धले अनावश्यक समस्यामा पार्न सक्छ

ओपन डेज इन्टरभ्यु को बारेमा

ओपन डेज इन्टरभ्यु भनेको त्यहाँका विभिन्न कम्पनीहरूले कामदारलाई सिधै लिनको लागि अन्तर्वार्ताको लागि बोलाउने तरिका हो यसमा राम्रोसँग छनौट हुन सक्यो भने राम्रो जागिर पाउन सकिन्छ यसमा अनुभवलाई प्राथमिकता दिइन्छ । यसो हेरेर आफूले गर्नसक्ने कामको लागि आवेदन दिएमा चाँडै प्रगति हुन्छ । बायोडाटा बनाएर बेलाबेला पठाइराखेको राम्रो हो

(राई बैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने संस्था चियर नेपालका प्रमुख हुन् )

यो पनि पढ्नुहोस्
आमा भन्छिन् स् विदेश गएको छोरो ज्यूँदै छ की खवर पाए हुन्थ्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय