बैदेशिक रोजगारमा रहेकाहरु प्रति संवेदनशिल राज्य

सुनिल न्यौपाने-

हुन बैदेशिक रोजगारमा गएर मृत्यु भएका आफन्तलाई राहत रकम थाप्न वा अंगभंग भएर फर्केकाहरुलाई त्यो रकम बुझ्न कति कष्टकर हुँदो हो, त्यो भोग्नेहरुलाई नै थाहा तर पनि त्यो रकम समेत कतिपय अवस्थामा नपाउने वा पाएपनि सानो रकम यताउतिमै सकिने समस्या कमसे कम अव केहि हटेको बैदेशिक रोजगार नियमावली संशोधन भएपछि अंगभंग भएर फर्किनेहरु मृतकका परिवारले पाउने रकमको मात्रा बढेको

नियमावली संशोधन पश्चात मृतकका परिवारले पाउने रकम न्यूनतम २२ लाख पुगेको बीमा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट पाउने रकम जोड्दा त्यति रकम पुग्दछ यसैगरी अंगभंग भएर फर्किनेहरुको हकमा पनि सोही आधारमा रकम प्राप्त हुने व्यवस्था हुनु सकारात्मक कुरा हो

संशोधित नियमावलीले करार अवधि सकिएको एक बर्षपछिसम्म पनि क्षतिपूर्ति दिने बाटो खुल्ला गरेको यसका कारण चाहेर पनि रोजगारदाताका कारण वा अन्य कारणले समयभित्रै स्वदेश फर्किन नपाएकाहरु वा तिनका परिवारलाई परेको समस्या समधान भएको यो स्वागतयोग्य कुरा हो यहि व्यवस्था नभएका कारण थुप्रै व्यक्तिले समस्या भोगिरहेका थिए

कुनै व्यक्तिको मृत्यु हुँदा दिइने रकमको मात्रा बढ्नु सुन्दा उति रुचिकर नहोला स्वदेशमा रोजगारी नपाएर पराई भूमिमा पुगेको कुनै एउटा नेपालीको परिवारले गुमाउने प्रियजनको शोधभर्ना पनि त्यो रकमले गर्न सक्दैन तर आर्थिक अवस्था कमजोर भएर परिवार पाल्न परदेश पुगेको कमाउन सक्ने उमेरको परिवारको सदस्यको मृत्यु भएपछि आइपर्ने थप आर्थिक भारलाई यसले पक्कै केहि कम गर्नेछ मृतक वा घाइतेका परिवारका छोराछोरीलाई पठनपाठनको व्यवस्था लगायतको व्यवस्थाले नेपाल बैदेशिक रोजगारमा गएका आफ्ना नागरिकप्रति उत्तरदायी भन्ने अवस्थामा आइपुगेको

राहत रकम बृद्धि शिक्षा सहयोगसँगै विदेशका जेलमा परेका नेपाली नागरिकका लागि कानूनी सेवा दिने बाटो पनि अव खुलेको विदेशमा जेल परेका नेपालीका लागि वकिल राखेर कानूनी उपचारमा जाने सहयोग राज्यले नै उपलव्ध गराउने भएपछि अनाहकमा अन्यायमा परेका थुप्रै नेपालीले न्याय पाउने अपेक्षा गर्न सकिन्छ

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा झण्डै ३२ प्रतिशत योगदान गर्ने रेमिट्यान्स पठाउने आफ्ना नागरिकप्रति राज्य जुन रुपमा संवेदनशील हुनुपथ्र्यो यसअघि त्यो रुपमा थिएन लामो प्रयत्नपछि राज्यले बैदेशिक रोजगारीमा रहेकाहरु तिनका परिवारलाई आपतमा राज्य भन्ने आभाष दिलाएको यो सकारात्मक कुरा हो   

यो पनि पढ्नुहोस्

घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय