दुतावास अभिभावक की छुद्र वाकयुद्धमा उत्रिने निकाय ?

 

माधव न्यौपाने, युएई-

पत्रकारको धर्म जायज कुरा समाचारको रूपमा प्रकाशन वा प्रशारण गर्नु हो।जायज कुराको उजागर हुदा को खुसी हुन्छ, को रिसाउछ भन्ने कुरासंग पत्रकारले सम्झौता गर्न सक्दैन गर्दैन पनि सत्य जे हो त्यही लेख्छ पत्रकार।

२३ जुलाई २०१७ मा युएईको अबुधावीमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति निकाल्यो युएईमा समस्यामा परेका नेपालीको बिषयमा लेखिएको समाचारको खण्डन गर्दै। दुतावासको विज्ञप्तिको अन्तिममा लेखिएको छः दुतावासले आफ्नो साधन स्रोतले भ्याएसम्म समस्या समाधान गर्न भगिरथ प्रयास गर्दा गर्दै पनि केही मिडियाका अनलाईन संस्करणहरूले समस्या समाधान गर्न पहल नगरेको, दुतावासका कर्मचारीहरूसंग परिचयसम्म नभएका एजेन्ट सित उठबस गरेको, मिलेमतो गरेको भनि प्रकाशित समाचार भ्रामक, तथ्यहीन, दुतावासको असल नियत सेवाप्रति पूर्वाग्रहयुक्त देखिन्छ। तसर्थ दुतावासले असल नियत राखी गरेको कामबारे जानीनजानी बुझी नबुझी समाचार प्रकाशन गर्नुपूर्व समाचारको प्रमाणीकरण गर्नुहुन तथा संचार माध्यमहरूबाट कहीले काही हुने पित पत्रकारितायुक्त समाचारबाट टाढा रहन सम्बन्धित सबैलाई आग्रह गरिन्छ।’

केही समय आगाडी भिजिट भिषामा युएई आई अलपत्र परेका नेपालीको बिषयमा समाचार प्रकाशन भएपछि दुतावासले निकालेको विज्ञप्तिमा प्रयोग गरिएको शब्दले युएईमा रहेर कलम चलाउने पत्रकारहरू असन्तुष्ट बनेका छन। दुतावासको विज्ञप्तिमा पित पत्रकारीता लेखिएकोमा असन्तुष्टि जनाउदै, नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष भुपराज बस्यालले आफ्नो फेसबुक वालमा दुतावासले जारी गरेको विज्ञप्ति सहितमजदुरका समस्या लेख्दा पित पत्रकारीता अब भात खाएको भन्दा अरू समाचार नलेख भन्ने हो ?’ भनि लेखेका छन।

 

त्यस्तै महासंघका शाखा सचिव मेघराज सापकोटाले आफ्नो फेसबुक वालमा यस्तो पोष्ट गरेका छन।नेपाली दुतावास गोजीमा भन्ने दलाललाई बोलाई सम्मान गर्नुस अब राजदुत ज्यु २० हजार दिराम घुस खुवाएर जमिन मुनी धस्काई दिन्छु भन्ने तस्करलाई ‘बाबु,हस बाबु’ भन्दै ५/५ मिनेटमा दुतावासको खबर अपडेट गर्ने पिडीतलाईनेपालमा तिमीहरूलाई पनि कारवाही हुन्छ’ भनेर पिडितलाई डर देखाउने कर्मचारीलाई बढुवा गरोस मेरो सरकारले नक्कली कागजात पेशगरि श्रमस्टिकर टाँस्ने ट्राभल्सलाई बर्ष अवार्ड कर्मचारीहरूलाई पदोन्नति होस भनेर लेखेको भए पित पत्रकारीता हुने थिएन । हेर्नुस पिडितले दिएको निवेदन उपर दुतावासको सम्बोधन।

दलाल यिनका मतियारहरूलाई पैसा भए पुग्ने ? मानवता पोलेर खाए यिनले, पिडितसंग एक छाक खाने खाना छैन त्यो देखेन्न। त्यो तस्करलाई डिपोट गर्न कसले रोकेको ? दहुना गाई बनाएर राखेका मान्छेलाई कारवाही गर्न हिम्मत हुनु परेन ? पत्रकारले सुरक्षा गोपनियताको स्थिति हेरेर श्रोत खुलाएर नखुलाईकन पनि लेख्न सक्छ हामीसंग धेरै कुराहरू सुरक्षीत छन पिडित आफै हाजीर भएर बयान दिए, तस्करले स्विकार गर्यो, हैन अरू प्रमाण के चाहीयो ? ‘पहेलो कि रातो’ हो त्यसको पुष्टि गर्नै पर्ने भो हेर्नुस पिडितले दिएको निवेदन उपर दुतावासको सम्बोधन।”

नेपाली दुतावासबाट जारी गरिएको विज्ञप्ति प्रति नेपाल पत्रकार महासंघ युएई शाखाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै, पिडितहरूले दुतावासमा निवेदन दिएको प्रमाणसिहत समाचार आउदा पनि मानव ओसारपसारमा संलग्न भनिएका साजन भनिने प्रेम पाण्डेयलाई कारवाही प्रकृया थालनी नगर्नुले शंका उब्जीएको जनाएको छ।

विज्ञप्तिमा तस्करलाई कारवाही गरी पिडीतलाई नेपाल पठाउने तर्फ कुनै पहल नगरी समाचारमा आएको कुरालाई सिङ्गो पत्रकारीता क्षेत्रलाई  नै आरोप लगाउने गरीपित पत्रकारीता’ को संज्ञा दिनुले दुतावास प्रतिको शंकालाई थप प्रमाणित गरेको छ। पत्रकारहरूले सत्य तथ्य प्रमाण सहित लेखेको समाचारलाईहचुवाको भरमा आरोप लगाउने यस कार्यको हामी भत्र्सना गर्दछौ भनिएको छ। साथै पिडीतलाई सकेसम्म छिटो उद्दार गर्न नेपाली दुतावास तथा नेपाल सरकारलाई अनुरोध गरेको छ।

दूतावास परदेशमा अभिभावक हो सम्पूर्ण नेपालीको अझ समस्यामा परेकाहरुका लागि घच्घच्याउने एकमात्र ढोका हो आशाको केन्द्र हो त्यस्तो आशाको केन्द्रलाई पीडितका पक्षमा काम गर्न घच्घच्याउँदा उसले अभिभावकले झै व्यवहार गर्नुपर्दछ, की छुद्र वाक्युद्धमा उत्रने हो

त्यसैले समस्या सतहमा आइसकेपछि अभिभावकले यस बारेमा सामुहिक छलफल गरी निकास निकमाल्न सक्नु पर्दछ अहिलेको आवश्यकता भनेको युएईमा यस बारेमा दूतावासको अग्रसरतामा छलफल हुनु हो त्यसको वातावरण तत्काल बनाइनु पर्दछ आपसी छलफलद्धारा समस्याको समाधान खोजिनु पर्दछ यका लागि ढिलो नगरौं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय