उठ, जाग युएईका सामाजिक अभियन्ताहरु

 

मेघराज सोपकोटा, युएई-

युएईमा मृत्यु भएका पोखरा १६ लामाचौर कास्कीका २९ बर्षिय सुरेश थापाको शव आर्थिक अभावका कारण नेपाल पठाउन सकिएको छैन करिब एक बर्ष पहिले युएई स्थित फस्ट सेक्युरिटी ग्रुप कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्न आएका उनी गत २० जुन २०१७ मा दुबईको अलकुजको बालुवामा मृत फेला परेका थिए थापा रोयल गण्डकी म्यापावर कम्पनी मार्फत युएई आएका थिए उक्त कम्पनीमा महिना काम गरेपछि उनी कम्पनी छोडेर अवैधानिक रुपमा बस्दै आएका थिए कम्पनीबाट सम्पर्क विहिन भएको दुई महिनापछि थापा मृत भेटिएका हुन

कास्की आदर्श सेवा समाज युएईका महासचिव केदार कुँवर क्षेत्रिय महासचिव शिवराज बास्ताकोटीले दुतावासमा खवर गरी उनको लास नेपाल पठाउन पहल गरेका थिए तर, पटक पटक दुतावासमा निवेदन अनुरोध गर्दा पनि मृतको लाश नेपाल पठाउने शिर्षकमा दुतावासमा कुनै रकम नभएको भन्दै कम्पनीमार्फत कामगर्न भनेको समाजका अध्यक्ष मनोज कुमार सैंजुले जानकारी दिए।

नेपाली समाजका पुर्व अध्यक्ष ज्ञानेन्द्र कार्कीले सिआइडिले लाश छिटो नेपाल नपठाए युएईमा नै दाहसंस्कार गर्नु भनेर दवाव दिएको बताए उनका अनुसार युएईमा नै दाहसंस्कार गर्न पनि आवश्यक खर्च जुटाउन सकिएको छैन शव नेपाल पठाउन करिब दश हजार दिर्हाम्स (करिब तीनलाख नेपाली रुपैयाँ) लाग्ने बताइएको

यसैबीच कास्की आदर्श सेवा समाज युएईले थापाको शव नेपाल पठाउन आर्थिक सहयोग संकलन अभियान शुरु गरेको समाजले विज्ञप्ती जारी गर्दै युएईमा क्रियाशिल सम्पुर्ण नेपाली संघसंस्था व्यक्तिहरुलाई सहयोगको लागि अनुरोध गरेको

युएईमा नेपालीहरुको संस्था कती होलान ? भन्नेहरुले १०० वटा भन्दा बढी भन्ने गर्दछन तर ६० वटाको हाराहारीमा चाँही पक्कै छन प्रत्येक संस्थामा कम्तीमा १५ जनाको समिति रहने गरेको १५ जना सदस्यको हिसाबले ६० वटा संस्थामा कम्तीमा ९०० जना ब्यक्तीहरु संगठित भएको अनुमान गर्न सकिन्छ अझ क्षेत्रिय समितिहरु पनि बनेका छन यिनिहरु सबै एक किसिमले स्वयम सेवक नै हुन, मनका धनी हुन, दिलदार हुन अथवा आपत बिपतमा परेका नेपालीहरुलाई पेरेको बेला सहयोग गर्ने लाख हजार नेपाली कामदार रहेको युएईमा ९०० जना स्वयम सेवकहरु रहनु धेर हैन तर कम पनि पक्कै हैन

त्यसो भए युएईमा यी सयौका हाराहारीका संस्थाहरु, राजनीतिक दलका भातृ संगठनहरु हुँदाहुँदै एउटा लाश पठाउन लाग्ने १०-१२ हजार किन जुट्न सकिरहेको छैन ? एनआरएनएले प्रति सदस्य ३५ दिर्हामको दरले उठाएको पैसा मध्ये केही रकम यस्तो कठिन परिस्थितीमा प्रयोग गर्न किन सकिन्न ? एनआरएनएका अन्तरराष्ट्रिय अध्यक्ष शेष घलेले खाडी राष्ट्रका कामदारहरुको उद्दारको लागि घोषणा गरेको करोडौको उद्दार कोष कहाँ ?

गत जुलाई तारिकका दिन नेपाली समाज युएईको अधिबेशनमा आर्थिक आयब्यय प्रस्तुत गर्दा २५ हजार दिर्हाम बचत रहेको बताईएको थियो लाख दिर्हामको सहायता कोषको घोषणा गरेको पनि बर्ष पुग्नै आँटेको मृतकको लाश पठाउनको लागि २- हजार दिर्हाम खर्च गर्न सकिन्छ कि सकिन्न ?

युएईमा कृयाशिल ४५ बिभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न बुद्द जयन्ती कार्यक्रमबाट समेत १४ हजार दिर्हाम मुनाफा रहेको बताईएको त्यो मुनाफा रकम यस्तै काममा खर्च गर्नको लागि संकलन गरिएको हैन ? यस बाट पनि यसो हजार दिर्हाम खर्च गर्न पाए मृतकको लाश आज भोली नै नेपाल पुग्ने थियो कि ?

यस्तै युएईमा नेपालीहरुका धेरै बचत कोषहरु पनि छन प्रायःले मुनाफाको केही अंश यस्तै समाजसेवामा खर्च गर्ने भनेर बिधानमा लिपिबद्द पनि गरेका छन यही कार्यमा यसो हजार खर्च गरे कसो होला र?

हामीसँग मनका धनी नेपालीहरु धेरै हुनुहुन्छ ब्यापारीहरु हुनुहुन्छ यसो मुनाफाको केही अंश यस्तै पुनित कार्यमा खर्च गर्न सके तपाईंको ब्यापारले अझै धेरै उन्नती प्रगती गर्ने थियो कि रु मर्ने मरेर गयो, बाँचेका परिवारका सदस्यहरुले तपाईंलाई कति आशिर्बाद दिन्थे होला ? मौका यही हो सेवा गर्ने यसो हजार दिर्हाम सहयोग स्वरुप फालिदिउँ

तिमी हामी यहीँ हुँदाहुँदै सुरेशको शवलाई नेपाल पठाउन सकिएन यहीँ सदगती गरियो भने अहिलेसम्म गरेको समाजसेवाले धिक्कार्ने अहिलेसम्म गरेको समाजसेवा माटोमा मिसिनेछ

यी सबैको उत्तर पनि आउला, ‘यो काम नेपाल सरकारले गर्नु पर्छ ।’ नेपाल सरकारले गर्ने भए युएईमा लुकी-लुकी हामीले यो सबै काम गर्न आवश्यक थिएन जागिरलाई धरापमा राखी राखी समाज सेवा पनि गर्नु पर्थेन बैदेशिक रोजगार प्रवर्दन बोर्डमा रहेको कल्याणकारी कोषको अरबौ रुपैयाँको बारेमा बित्थामा शब्द खर्चिनु पर्थेन त्यो रकम युएईको अग्ला-अग्ला भवन हेर्न, घुमफिर गर्न, कर्मचारीलाई बिदेशमा ऐसआराम गर्न संकलन गरिएको हो आर्थिक बर्षको अन्तिम तिर बिदेश घुम्ने पैसा नेपाल सरकारले दिन्छ तर एउटा लाश पठाउने पैसा दिदैन हो, हामी त्यही देशका नागरिक हौ, दुःख नमान

त्यसैले पनि उठ जाग सामाजिक अभियन्ताहरु हो मृतक सुरेश थापाको शवलाई नेपाल पठाउ केही गर्ने बेला यही हो  

यो पनि पढ्नुहोस्
बैदेशिक रोजगारमा भलाई कोष स्थापना हुँदै, विदेशमा सहयोग गर्न व्यवसायीले आफ्नै प्रतिनिधि राख्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय