दोहा, यसरी नै कहिलेसम्म अतिथि आसन ग्रहण गराईरहने ?

दिपक पुडासैनी-

दिनसम्म काममा घोटिएपछी हप्तामा एक दिन बिदा हुन्छ प्रवासमा शुक्रबार, यहि बिदाको दिनलाई प्रवासमा गठन भएका संगठन बनाएका संघसंस्थहरुले भेला, अधिवेशन, पिकनिक वा साँस्कृतिक कार्यक्रमका नाममा आफ्ना कार्यक्रमहरु यसै दिनलाई तय गर्ने गर्दछन् सबैलाई थाहा भएकै कुरा हो बर्षमा ५२ शुक्रबार पर्छ कतारकै हकमा मात्रै कुरा गर्ने हो भने यहाँ दुतावासमा सुचिकृत भएका वा नभएका समेत गरी सयको हाराहारीमा संघसंस्था भइसकेका छन कुनै संस्थाको कार्यक्रममा जानुुपर्छ आएको भएपनि नआएको भएपनि त्यहाँ उद्घोष गरिएको अतिथीको संख्या हेर्दा लाग्छ सय भन्दा बढी अतिथी नै होलान

अँ अतिथी भन्दा मलाई कतारमा आएर बिभिन्न संस्थाहरुको कार्यक्रमहरुमा जान थलेपछी अतिथीको नयाँ परिभाषा थाहा हुन आएको अझ भनौ मैले नयाँ ज्ञान हाँसिल गरेको छु त्यो के भने नेपालमा हुँदा मैले बुझेको अतिथी भनेको आफ्नो घरभन्दा बाहिरबाट आएका पाहुनालाई बुझिन्थ्यो आफ्नो घरमा आएका पाहुनालाई घरका सबै सदस्यले उचित आदर, सत्कार, मान सम्मान आतिथ्यता प्रदान गर्ने गरिथ्यो अतिथीलाई देवता समान मान्ने गरिन्थ्यो तर कतार आएर बिभिन्न कार्यक्रममा सहभागी हुने क्रममा भने मैलै अतिथीको परिभाषा अलि फरक ढंगले बुझ्न पुगेको छु त्यो के भने कार्यक्रम आयोजक संस्थाका सबै पदाधिकारी अतिथी हुदा रहेछन अर्थात बाहिरबाट आएका भइ नै हाले आफ्नै घरका पनि सबै अतिथी बा अतिथी, आमा अतिथी, श्रीमान अतिथी, श्रीमती अतिथी, छोरा अतिथी, बुहारी अतिथी, छोरी अतिथी, अर्थात जतिजना परिवारमा छन् सबैजना अतिथी धन्न कार्यक्रमा संचालकले फलानो अतिथीको आसन ग्रहण गर्दैछु भनेको सुुनेको छैन कुनै दिन त्यसो भनिहालेछन भने पनि मलाई चाहिं अचम्म नलाग्ने भईसकेको

कार्यक्रम अतिथीकै सवालमा भन्नुपर्दा यतिसम्म लापर्वाही हुन्छ कि त्यहाँ पुगेका सहभागीलाई बेकारै आएजस्तो बनाउँछन सर्बप्रथम कार्यक्रमको लागि निम्तो आउँछ बिहान ठिक बजे उद्घाटन हुने भनेर १०.३० बजेतिर बल्ल आयोक संस्थाका प्रतिनिधीहरु ब्यानर च्यापेर लुरुलुरु लर्किन्छन ११.१५ तिर हामी कार्यक्रम शुरु गर्न गैरहेका छौ भनेर जानकारी गराइन्छ बल्ल १२ बजेतिर कार्यक्रम केहि ढिलो हुन गएकोमा माफी चाहन्छौ भन्दै उद्घोषक भट्याउन थाल्छन अधिघन्टा उनी फलाकिसके पछी अतिथीको आसनग्रहण आरम्भ हुन्छ बजेसम्ममा बल्ल थप अतिथीलाई पुन बोलाउने गरी कार्यक्रम औपचारीक उद्घाटन गरीन्छ

त्यहाँ उपस्थित ४० जना नै किन नहुन उद्घोषकको हातमा भएको सय, सय ५० जतिको नाम संस्थालाई अतिथीको आसन ग्रहण गर्न निम्त्याउँछन

अब अतिथी कस्ता कस्ता हेरौ है उदाहण

नामक संस्थाका अध्यक्षज्यू, नामक संस्थाका सल्लाहकारज्यू, नामक संस्थाका बिशिष्ट सल्लाहकारज्यू, नामक संस्थाका प्रथम उपाध्यक्षज्यू, नामक संस्थाका द्धितिय उपाध्यक्ष….ज्यू, नामक संस्थाका सचिव ज्यू, अर्थात एउटै संस्थाका आधादर्जन भन्दा बढीलाई मञ्चमा बोलाइन्छ थाहा छैन त्यहाँ नामक संस्थाको कसले प्रतिनिधित्व गर्दैछन

अब आयोजक संस्थाकै अतिथीको बारेमा मैले माथी नै उल्लेख गरीहाले अरु सय ५० भन्दा बढी संस्थाका अतिथीको आसन ग्रहण पनि त्यसरी नै हुने भै हाल्यो

कार्यक्रम आयोजक मात्रै हैन अतिथी भनिएकाहरु पनि बिहान बजेको निम्तो मान्न दिउँसो बजेतिर लाजै नमानी लुरुलुरु पुग्छन अनि कहिलेकाहिं उद्घोषकले यो पनि भनेको सुनिएको , फलानो संस्थाका फलानो ज्यू हाम्रो कार्यक्रमको शोभा बढाउन भर्खरै हलभित्र प्रबेश गर्नु भएको छ, उहाँलाई अतिथीको आसन ग्रहण गर्न अनुरोध गर्दै कार्यक्रमका सभापति ज्यूलाई सभा बिसर्जन गरिदिनु हुन अनुरोध गर्दछु

दोहा, यसरी नै पट्यारलाग्दो ढंगमा कहिलेसम्म शुक्रवारे कार्यक्रम गरिरहने ? 

यो पनि पढ्नुहोस्

साउदी बेच्न लैजाने नातेदार चिनजानका

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय