हामीसँग घुस माग्ने नेता र कर्मचारीलाई ठेगान लगाउँछौं 

रोहण गुरुङ 

संस्थागत रूपमा बैदेशिक रोजगारमा कामदार बिदेश जाने कार्य करीब ३० बर्षको लामो इतिहास रहेको छ । बैदेशिक रोजगार ब्यवसायीहरुले हरेक बर्ष करीब ५ लाख बेरोजगार नेपाली युवाहरुलाई बैदेशिक रोजगारी दिलाउदै आई रहेको सबैलाई अवगत भएको विषय हो । 

संघले संकलन गरेको तथ्यांक अनुसार बिगत ५ बर्षमा बिदेश गएका करीब २५ लाख कामदार र तिनका करीब ७५ लाख परिवार सदस्यहरुको ठेगाना र सम्पर्क नम्बर ब्यवसायी हरुको कार्यालयमा अभिलेख रहेको बूझिन आएको छ । ब्यवसायीहरुले बैदेशिक रोजगारी दिलाई आर्थिक उन्नति गरेका कामदारहरु तथा तिनका परिवारहरु र ब्यवसायीहरु बिच राम्रै बिश्वास र सम्बन्ध रहेको देखिएको छ ।

बेरोजगार युवाहरुलाई स्वदेशमा रोजगारी दिलाउन चासो नदेखाउने सरकार चलाउने केहि पार्टीका नेता तथा कार्यकर्ताहरुले बिदेशमा रहेका कामदार, तिनका परिवारहरु र रोजगारी दिलाउने ब्यवसायीहरु प्रति उपेक्षा गरी रहेता पनि ब्यवसायीहरु मौन रहदै आई रहेको अवस्था थियो । तर अब मौनता को अन्त्य गर्नु पर्ने समय आएको छ ।

ब्यवसायीहरुले बैदेशिक रोजगार क्षेत्रलाई ब्यबस्थित गर्न राखेका बिभिन्न नितिगत समस्याहरु समाधान गर्ने प्रति देशका केहि ठुला राजनितिक पार्टीका प्रमुखहरुले कुनै चासो नदिएको र ब्यवसायीहरुलाई चन्दा संकलन गर्ने यन्त्रको रूपमा मात्रा उपयोग गर्दै आएको दुःखद बिषय सबै ब्यवसायीहरुले महशुश गरेको स्पष्ट बूझिएको छ ।

बिभिन्न राजनीतिक पार्टीमा आस्था राख्ने ब्यवसायी मित्रहरु एकजुट भई देशमा हुन गई रहेको बिभिन्न तहको निर्वाचनमा घुस खोरी नेता, तिनका भरौटे कार्यकर्ता र ब्यवसायीसंग घुस मात्रा माग्ने कर्मचारीहरुलाई सदाका लागि विस्थापित गर्न सक्ने पार्टीलाई अगाडि बढाउने समय आएको हँुदा आ–आफ्नो कार्यालयमा अभिलेख राखेका कामदारहरुको करीब ७५ लाख परिवार सदस्य(मतदाता) हरुको नाम, ठेगाना र सम्पर्क नम्बर गाउँपालिका, जिल्ला र प्रदेश अनुसार छुट्टा छुटै अभिलेख राख्ने कार्य सुचारू गर्न आवश्यक छ । यसले संघले चाहेको बखतमा सो नामावलीले महत्वपूर्ण कार्य गर्न सकिन्छ । 

(गुरुङ्ग नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव हुन्)

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: