सप्तरी घट्ना र जल्लादहरुको खुशीयाली

मोहन बस्याल, युएई

१. सुनेको थिएँ कुनै पनि न्यायाधिसले मृत्युदण्डको फैसला लेखि सकेपछि फैसला लेखिएको वा फैसलामा सहि गर्न प्रयोग गरिएको कलम भाँचेर फ्याकिदिन्छन रे । फेरी यस्तो फैसला लेख्न वा फैसलामा सही गर्न नपरोस भनेर ।

२. सुनेको थिएँ मृत्युदण्डको सजाय सुनाईएको ब्यक्तिलाई झुण्ड्याउने जल्लादले पनि मान्छे झुण्डाएको दिन साँझ खाना खाँदैन रे । कामना गर्छ रे फेरी अर्को मानिसलाई झुण्ड्याउनु नपरोस भनेर ।

३. तर मेरो देशमा जन्मिएका केही जल्लादहरुले सप्तरी घट्नामा खुशीयाली मनाई रहेको देख्दा माथि सुनेको कुरामा रहेको अहिलेसम्मको विश्वासमा प्रश्न उब्जिएको छ । मान्छेका लाशको पहाड चढेर माथि पुगेकाहरुले जानाजान सप्तरीमा फेरी रगतको खोला बगाएको देखे पछि लाग्दैछ १७ हजारले पुगेन छ क्यारे अरु थपिंदैछ ।

४. सुनेको थिएँ बाघले एक पटक मानिसको रगत खाएपछि उसलाई अरु जनावरको मासुले धित मर्दैन रे । मान्छेकै नुनिलो मासु खाने चाहना हुन्छ रे । यो कुरा सत्य लाग्दैछ । जानाजान भ्रम सिर्जना गरेर, एक अर्कामा लडाएर अझै कति मानिस मार्ने हुन् रक्तपिपासुहरुले ? यिनको धित कहिले मर्ने होला ।

सप्तरी घट्नापछि मेरो मनमा केही प्रश्न उब्जिएका छन्:

१. एउटा कुनै राजनितिक दलको पकड भएको क्षेत्रमा अर्को राजनितिक दलले आफ्ना चुनावी कार्यक्रम लैजान नपाउने भए किन चाहियो लोकतन्त्र ? किन चाहियो गणतन्त्र ? किन चाहियो बहुदलिय ब्यवस्था ?

२. सरकार चलाउनु भनेको हेलिकोप्टरमा घुम्ने, बिदेश शयर गर्ने, रिबन काट्दै हिड्ने मात्र हो र ? घट्नाको  पुर्ब सुचना पाएपछि त्यसलाई रोक्न सकेको खोई ? सुरक्षा निकायले गृह मन्त्रालयमा जानकारी गराई सके पछि गरेको तयारी के हो ?

३. शान्तिपुर्ण भनेको के हो ? लाठी भाला तलबार बोकेर आन्दोलन गर्न पाउने अधिकार संविधान र कानुनको कुन चाही बुँदाले दिएको छ  ?

४. लोकतन्त्रको जरा मानिने स्थानीय निकाय बर्षौ देखि खाली राखेर लोकतन्त्रलाई कागजी मात्र बनाईएको छ । सशस्त्र प्रहरी बिथोलियो,  जनपथ प्रहरीलाई बेकम्मा बनाईएको छ । नेपाली सेना सन्दुकमा राखिएको गहना जस्तो मात्र छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संबैधानिक निकाय खाली राखिएको छ । हेर्दा हेर्दै आफ्नै आँखा अगाडी मुलुक बिघटनको खेल भैरहेको छ । के नेपालको माया कसैलाई छैन ? नेपालको अस्थित्व रहनु पर्छ भन्ने कोही सपुत जन्मिएको छैन ? यि सबै घट्नाक्रम सबै चुपचाप हेरी रहने ? केही बोल्नु पदैन ?
पहिलो श्रद्धाञ्जली जल्लादहरुलाई ।

मान्छे भएर जन्मिएपछि एउटा मानिस बुढो भएर कालगतिले मर्दा पनि नरमाईलो लाग्नु स्वभाविक हो । बिरामी भएर, दुर्घटनामा परेर मृत्युवरण भएको थाहा पाउँदा झन नरमाईलो लाग्छ । एउटा मानिसले अर्को मानिसलाई मारेको खबरले खुशी हुने पनि कहिं मानव हुन सक्ला र ? एउटा नेपालीले अर्को नेपालीलाई मारेको खबरले खुशी हुने पनि नेपाली होला र ? सप्तरी घट्नाका बिषयमा फेसबुकमा गोहीको आँशु चुहाउदै मृत्यु उत्सव मनाउनेहरु प्रति मेरो श्रद्धाञ्जली छ ।  घट्नामा मारिएकाहरु प्रति श्रद्धा सुमन अर्पण गर्न चाहन्छु । घाईते भएकाहरुको स्वास्थ्यलाभको कामना गर्न चाहन्छु ।

एमाले संयम बन लक्ष्य नछोड:

१.नेकपा एमालेको मेची महाकाली अभियान मात्र निर्वाचनका लागि गरिएको तमासा मात्र होईन । नेपालको बिखण्डन र बिघटन चाहने तत्वले बढाएको पहाडीया र मधेसी बीचको खाडल पुर्ने अभियान पनि हो । त्यसैले यसको निरन्तरता आवश्यक छ । कम्तीमा तीन तहको निर्बाचन नभएसम्म यो अभियान जारी रहनु पर्छ । जनताका प्रतिनिधि स्थापित भएपछि टुहुरालाई फकाई फुल्याई गरे जस्तो पक्कै सजिलो हुने छैन जनतालाई भ्रमित पार्नका लागि । त्यसैले यो अभियान जारी रहनु पर्छ ।

२. पहाडीया र मधेशी बीचको दुरी बढाउन को जिम्मेवार छ भन्ने कुराको खुल्ला दृष्टान्त छ रौतहतको गरुडा र नवलपरासीको बर्दगोरियाको नरसंहार । त्यसैले त्यसपछि पैmलाईएका भ्रम चिर्न जरुरी छ । मृगको खोल ओडेर शिकार खेल्न बसेका ब्वाँसाहरुको पर्दाफास गर्नका लागि पनि अभियान चाहिन्छ ।

३. कार्यक्रम पूर्वनिर्धारित भएपनि त्यसलाई बिथोल्न अराजक समुहले तयारी गरेको थाहा पाएपछि कार्यक्रम स्थलनै परिवर्तन गर्नेसम्मको सदासयता देखाउनु स्रहानिय छ । प्रायोजित बिरोधकर्ता सयको संख्यामा होलान । अभियान स्वागत गर्न जिल्ला जिल्ला जिल्लामा लाखौ मानिस तयार भएर बसेका छन् । उनीहरुको चाहना पनि पुरा हुनुपर्छ ।

यतापनि सोच्नु पर्छ:
१. कुनै नेपाली नागरिकले संविधान प्रदत्त अधिकार प्रयोग गर्न नपाउने गरि रोक लगाउने अधिकार कसैलाई छैन । बंशजको आधारमा नागरिकता लिएकाहरुलाई अगिकृत नागरिकता लिएकाहरुले रोके भने त्यो ठुलो विडम्बना हो । अब बिदेशी नागरिकलाई नागरिकता दिने प्रावधानकै बिषयमा सोच्नु पर्छ । अंगिकृत नागरिकता लिएर संविधान, कानुन विपरित काम गर्दै आएकाहरुको नागरिकता समेत खारेज गर्न सकिने प्रावधान संवैधानिक रुपमै उल्लेख हुनु पर्छ ।
मधेशीदल प्रष्ट बन ।
मधेशबादी दलले अव आफ्नो बाटो प्रष्ट लिनु पर्छ । अखण्ड र समृद्ध नेपालको चाहना भए निर्वाचनको वातावरण बनाउनु पर्छ । संविधानका धारा र राज्य पुर्न संरचनाका बिषयमा देखिएका कमिकमजोरी अब निर्वाचित जनप्रतिनिधिले टुंगो लगाउने गरि टुगाउनुपर्छ ।
(पत्रकार बस्याल युएईमा कार्यरत छन्)
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/isO9adsRryc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: