क ‘माल’ का राजदुत

सुनिल न्यौपाने

भनिन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड प्रयोगमा माहिर छन् । उनलाई नजिकबाट चिन्नेहरु उनलाई प्रयोगवादी नै भन्न रुचाउँछन् । हो, उनले धेरैपटक धेरै प्रयोग गरिसकेका छन् । कहिले बादल प्रयोग, कहिले बैद्य प्रयोग त कहिले बाबुराम प्रयोग । यी उपल्ला प्रयोगका उदाहरण हुन् । 

यसअघि उनले एमाले प्रयोगको नीति लिए । त्यसपछि काँग्रेस प्रयोगको । त्यहि पछिल्लो प्रयोगशालाको आसनमा विराजमान उनी स्वयं उति प्रयोग हुने व्यक्ति नै होइनन् । कमसे कम उनी आफैं यहि ठान्दछन् । उनका अन्ध समर्थकले त त्यो देख्ने कुरै भएन । देखिहाले पनि आँखा चिम्म । 

पछिल्ला केहि घटनाहरुलाई हेर्दा वर्तमान सरकार बैदेशिक रोजगारमा गएका नेपालीप्रति अत्यन्त उदार देखियो । कहिले कल्याणकारी कोषबाट दिइने रकम बढाउने उधारो घोेषणा त कहिले बीमाको रकम बढाउने निर्णय, सरकार विदेशमा बस्नेहरु प्रति सम्वेदनशिल नै छ । ति विस्तारै कार्यान्वयनमा आउलान्, अनी परदेशी र तिनका परिवारले प्रचण्ड र उनको पार्टीको जय गाउलान्, भोट देलान्, फगत आशा यत्ति त हो ।

त्यसमाथि अर्को एउटा गतिलो उपहार दिएको छ प्रचण्ड सरकारले परदेशमा बस्नेहरुलाई । युएई तथा ओमानमा राजदुत सिफारिसमा विज्ञहरुलार्ई छानेर । धेरैले यसको विरोध गरेको सुनियो । त्यसो गरिरहनु उचित होइन । किनभनें म्यानपावर व्यवसायी भनेका ‘विज्ञ’ हुन् वैदेशिक रोजगारका । नपत्याए अघिल्लो महिना मात्र श्रीलंकामा भएको अवधावी डायलगलाई सम्झिन्स् । त्यहाँ सरकारी कोटामा बैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष हंशराज वाग्लेलाई सरकारले ‘अन्तराष्टिय श्रम विज्ञ’का रुपमा सहभागि गराएको थियो । भलै त्यो बैठकमा उनले चुँ बोलेनन्, त्यो अलग विषय हो । तर नजिर त बस्यो नी बैदेशिक रोजगार व्यवसायी भनेका श्रम विज्ञ हुन् भनेर । अनी अहिले आशा लामा तथा शर्मिला पराजुलीलाई राजदुत सिफारिस गर्दा किन विरोध गर्नु र ? 

फेरी हाम्रो दृष्टिकोण नै संकुचित छ । पुरुषवादी । हेर्नुस् दुई दुई महिलालाई राजदुत थपिनु भनेको त नेपालको अर्को गर्वको विषय हो । नेपाल कति लैंगिकमैत्री छ भन्ने सन्देश दिएन यसले ? कुरै नबुझि विरोध गर्छौं हामी । 

अर्कातिर यसले नेपालको बैदेशिक रोजगारमा कामदारको व्यापार पनि फष्टाउला । किनकी हिजो व्यापार डिल गरिरहेका ओमान र युएईका व्यवसायीले पनि डिमाण्ड प्रमाणित गर्न आउँदा गर्व महशुश गर्लान् आफ्नै साथि देखेर । यसले उनीहरुले धेरै डिमाण्ड नेपाललाई नै दिन पनि सक्छन् । भएन फाइदा ? 

धेरैले यी दुई महिलाका मात्र कुरा गरे । कतारका लागि प्रस्तावित राजदुत रमेश कोइरालालाई कसैले वास्तै गरेन । उनी तत्कालिन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार हुन् । गुरुङ स्वयं म्यानपावर व्यवसायी हुन् । तसर्थ कतारमा पनि नेपालको फलिफाप नै हुने देखिन्छ । 

तसर्थ कहिल्यै आफू प्रयोग नहुने, अरुलाई प्रयोग गर्न माहिर भनेर कहलिएका प्रधानमन्त्रीकै मन्त्रीमण्डलबाट दुई जना म्यानपावर व्यवसायी तथा एकजना तत्कालिन व्यवसायी मन्त्रीका सल्लाहकारको सिफारिस हुनु अतिउत्तम छ । 

हो, प्रधानमन्त्री ज्यू, काग कराउँदै गर्छ, पीना सुक्दै गर्छ । गोहीले पनि त कुनै जीवजन्तु निल्दा आँशु कम्ता झार्छ र ? झारौं आँशु तिनै परदेशमा पसिना बगाईरहेका दुखीका नाममा । अरुलाई प्रयोग गरें भनेर खुशीयाली मनाइरहँ, आफू रसातलमा पुगेको कसले पोे देख्छ र ? जे होस् कमालको राजदुत आखिर सिफारिस भइ गए । तपाई प्रयोग पनि त हुनु भएन नी !

 {source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/isO9adsRryc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

  

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: