दलाल मेनपावर युवा चुस्ने जुका भाछन्
श्रमिक युवा वर्ग अरब तिर भौतारि राछन्
युवा शक्ति खाडि मुलुक भासिदैं गाछ
फ्रि भिजा टिकट एकादेशको कथा भाछ
श्रमजिवि युवाहरु एक भई उठौं अव
शोषण दमन अन्त्य गर्न मुख खोलौं अव
युवा शक्ति खाडि मुलुक भासिदैं गाछ
फ्रि भिजा टिकट एकादेशको कथा भाछ
लाखौं तिरी भासिन्छौं अरब र कोरिया
खरवको सपना देख्छौं बाँझा छन् खोरिया
युवा शक्ति खाडी मुलुक भासिदै गाछ
फ्रि भिजा टिकट एकादेशको कथा भाछ
गरिबका छोरा छोरि बिदेशिन बाध्य भए
जनता चुसि खानेहरु अझैमाथि माथि भए
फ्रि भिजा टिकट एकादेशको कथा भाछ
फटाहालाई कारवाही गर्ने निकाय कहाँ गाछ ?
गौरब मगर
कोहलपुर २ बाँके
हालः कुवेत
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>{/source}