प्रधानमन्त्रीको भ्रमणले जगाएको आश
दिनेश आचार्य
माघ १ देखि माघ ४ सम्म प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको नेतृत्वमा उर्जा मन्त्री जनार्दन शर्मा सहितको १३ सदस्यीय टोलीले युएईको भ्रमण गर्यो । शनिवार बेलुका अबुधावी विमानस्थलमा आइपुगेको टिमलाइ युएईका श्रम मन्त्री डा. शक्र घोबाश सायद घोबाशले स्वागत गरेका थिए । विश्व ऊर्जा भविष्यबारे सम्मेलन (वल्ड फ्युचर इनर्जी समिट २०१७) को अवसर पारेर ४ दिने भ्रमणमा आएको प्रधानमन्त्री नेतृत्वको टोलिले  युएइमा रहेका नेपालीहरुसँग पनि आशालाग्दो छलफल, भेटघाट तथा अन्तरकृया गर्यो । 
युएईका युवराज, शेख मोहमद विन जायद अल नाह्योनको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड सहित १३ सदस्यिय टोली सम्मेलनमा भाग लिन युएई आएका थिए । भ्रमणका क्रममा युएइमा कृयाशिल पत्रकार, संघसस्थाका प्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी तथा श्रमिकका गुनासाहरुको बारेमा चासोका साथ प्रधानमन्त्रीले अन्तरकृया गरे । अन्तरकृयाका शिलशिलामा चर्चित एयरपोर्ट सुनकाण्ड, भिजिट भिषामा एयरपोर्ट सेटीङ्ग देखि नेपालीले बिदेशमा दुखले कमाएको रेमिट्यान्सलाइ उर्जा क्षेत्रमा लगानी गर्ने लगायतका जनसरोकारका बिषयमा आशलाग्दो कुरा गरेर प्रधानमन्त्री स्वदेश फर्केका छन् । 
युएइमा भ्रमणका क्रममा प्रधानमन्त्रि बढी पार्टी केन्द्रित भएको टिका टिप्पणी थोरैधेरै देखिए पनि प्रधानमन्त्रिको युएइ भ्रमण सफल र अर्थपुर्ण भएको मान्न सकिन्छ । युएइमा कृयाशिल स्वतन्त्र समाजसेवी, स्वतन्त्र पत्रकार, स्वतन्त्र श्रमिक तथा ब्यवसायीहरु प्रधानमन्त्रीले बोलेका र बाचा गरेका कुराहरु कार्यान्वयन हुने बिषयमा आशावादी र सकारात्मक छन् । 
राजनीतिक रुपमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको नेपाली राजनीतिक संस्कार प्र।धानमन्त्रीको युएइ भ्रमणको बिषयमा युएइमा पनि देखियो । प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा भाग लिएको भिडियोलाई सम्पादन गरेर (स्क्रीन शट) बाट लिइएको फोटो सामाजिक सन्जालमामा भाइरल बन्यो। युएईका बिशिष्ट ब्यक्तित्वहरु पनि उपस्थित रहेको उक्त भिडियो गल्फ न्युजले प्रसारण गरेको थियो । गैर आवासिय नेपाली संघ युएइका अध्यक्षले उक्त प्रकरणको बिषयमा गल्फ न्युजसंग सहकार्य भएको र दोषिमाथि कार्वाही हुन सक्ने संकेत सामाजिक सञ्जाल मार्फत ब्यक्त गरे ।
युएइ भ्रमणका क्रममा प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन हुन सकुन । हजारौ नेपाली नागरिकले परदेशमा अप्ठेरो खेप्ने स्थितिको क्रमिक रुपमा अन्त्य गर्न नेपाल सरकारले कडाइका साथ कार्वाही थालोस्, शुभकामना ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: