कसरी भनु आराम छु आमा ?

 

खाडिको चर्को घाममा आमा ।

मरुभूमि पसिनाले सिंचाउदै छु आमा ।।

कसरी भनुँ आराम छु आमा ।

मनमा पीडा हजार छ आमा ।।

         न सोचे जस्तो तलब छ आमा ।

         साह्रै सस्तोमा श्रम बेच्दै छु आमा ।।

          कसरी भनु आराम छु आमा ।

          मनमा पीडा हजार छ आमा ।।

न पूरा पसिनाको मुल्य छ आमा ।

बेलामा तलब कहिल्यै पाहिदैन आमा ।।

कसरी भनु आराम छु आमा ।

मनमा पीडा हजार छ आमा ।।

गौरव मगर, हालः कुवेत 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय