रोहन गुरुङ्ग, काठमाडौं
अबको १ बर्षमा बैदेशिक रोजगारी ६० प्रतिशतले घटनेछ र रेमिटयान्स ३ सय ५० अर्बले घटने छ। गत बर्ष श्रम तथा रोजगार राज्यमन्त्रीले बिना अध्ययन ,बिदेशी रोजगरदाता कम्पनी तथा सरकार र सरोकारवालाहरुलाई जानकारी नै नदिई आफ्नो ब्यक्तिगत स्वार्थको लागि गरेको फ्री भिसा र फ्री टिकटकोअब्यबहारिक निर्णय तथा खाड़ीमा तेलको मूल्यमा गिरावट आउनुको कारण बैदेशिक रोजगारीको माग निरन्तर घट्दै गईरहेको छ । यसले गर्दा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या निरन्तर घटदै गई रहेको छ र अझ घटने छ।
बैदेशिक रोजगार नियमावली २०६४ अनुसार रोजगारदाता कम्पनीले इजाजतपत्रवाला संस्थालाई कामदार आपूर्ति गर्न मागपत्रमा म्याद नतोकेको खण्डमा उक्त मागपत्रको म्याद स्वतः पूर्ब स्वीकृति लिएको मितिले ३ बर्षसम्म कायम रहन्छ । यसको मतलब २०७१ असार २१ गते फ्री भिसा फ्री टिकट लागु हुनु अगावै पूर्ब स्वीकृति लिएका पुरानो फाइल मार्फ़त २०७४ असार २० गतेसम्म कामदार आफै टिकट काटेर जान सक्नेछन र हाल ति पुरानो फाइल मार्फत करीब ४० प्रतिशत कामदार बिदेश गई रहँदा पनि २० प्रतिशत बैदेशिक रोजगारीमा गिरावट आएको तथ्यांक छ । यो अवस्थामा २०७४ साल असार २० गते पुरानो फाइलको म्याद सकिएर फ्री भिसा र फ्री टिकटको फाइल मात्र सदर हुँदा ६० प्रतिशतले घटने देखिन्छ।
हाल २० प्रतिशत रोजगारीमा गिरावट आई प्राप्त रेमिटयान्सलाई बिगतका बर्षमा प्राप्त करीब ७ खर्ब रकमसंग तुलना गर्दा करीब १ सय ३० अर्ब रेमिटयान्स यस बर्ष कम प्राप्त हुनेछ र अर्को बर्ष करीव ३ सय ५० अर्ब कम रेमिटयान्स प्राप्त हुनेछ। यदि स्वरोजगार को अवसर नभई बैदेशिक रोजगारीमा नै निर्भर रहनु परेमा तत्काल नयाँ गन्तब्य मुलुक खोज्नु पर्ने साथै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका कामदार आफै टिकट काटेर खाड़ी तथा मलेशिया गए जस्तै नेपाली यूवालाई पनि टिकट काटेर जान रोक्नु हुदैन । अनी ब्यवसायीलाई बजार प्रवद्र्धन, कार्यालय, कर्मचारी ब्यवस्थापन लगाएतका खर्च बापत कामदारले पाउने एक महिना बराबरको तलब रोजगारदाता कम्पनी वा कामदारबाट सेवा शूल्क लिन मिल्ने ब्यवस्था गर्दा उपयुक्त देखिन्छ।
(गुरुङ्ग नेपाल बैदेशिक रोजगार व्यवसायी संघका महासचिव हुन्)
देशपरदेशको फेसबुक पेजका लागि यहाँ क्लीक गर्नुहोस्
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPO1FEsOhuk” frameborder=”0″ allowfullscreen></iframe>
{/source}