युएईमा भूमिगत शैलीका भए राजनीतिक दलका संगठनहरु

मेघराज सापकोटा, युएई-

केही महिना अगाडी युएईको सरकारले युएईमा हुने गरेका अवैध सामाजिक कृयाकलापलाई ध्यानमा राखी कानुनत संस्थालाई दर्ता गर्न सबैलाई आब्हान गर्‍यो । सन २०१४ मै बनिसकेको उक्त कानुनलाई कार्यान्वयन गर्नको लागि केही समाचारहरुमा प्रकाशित भए पश्चात नेपाली संघसंस्थाहरुको ध्यान त्यता तिर तानिएको हो । 

आफ्नो संस्थालाई बैधानिकता प्रदान गर्नको लागि एनआरएनए, सोसल क्लब, नेपाली समाज, हामी नेपाली र जनजाती महासंघले बिशेष चासो देखाएका थिए भने केहीले दर्ता पकृया अगाडि बढाएका छन । युएईको कानुन अनुसार एउटा देशबाट बढीमा ५ वटा सामाजिक संस्था मात्र दर्ता गर्न पाइन्छ । केही समय पहिलेसम्म युएईमा भने ६०-७० वटा नेपाली संघ संस्थाहरु थिए । अहिले छन कि छैनन भन्न अली गाह्रो छ । गाह्रो यस अर्थमा छ कि केही महिना अगाडीसम्म सामाजिक सञ्जालमा दैनिक जस्तो देखिने कार्यक्रमका सुचना, निमन्त्रणा तथा प्रचारप्रसार आजकल देखिदैनन । प्रचारप्रसार नदेखिए पनि बैठक र सानातिना कार्यक्रमहरु भने रोकिएको देखिएन । 

उक्त कानुनको सकस सबै भन्दा बढी राजनीतिक दलहरुका भातृ संगठनहरुलाई परेको देखिन्छ । केही दिनयता उनीहरुको कृयाकलाप हेर्ने हो भने उनीहरुले बन्द कोठाको प्रशिक्षण छोडेको देखिन्छ । अझ उनीहरुको कार्यक्रम त खुला पार्कमा केन्द्रित भएको भेटियो तर भूमिगत शैलीमा । सामाजिक सञ्जालमा हल्ला नगर्ने, अन्य राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिलाई पनि खबर नगर्ने, कतै पार्क तिर पिकनिक आयोजना गर्ने र कार्यकर्ता प्रशिक्षण गर्ने खुला तर नयाँ भूमिगत  शैली ।

नेकपा एमाले केन्द्रिय कमिटीले गत असोज २९ गते काठमाडौमा दसैं शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेस, माओवादी केन्द्र, मधेसबादी दलहरुका नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो । सबैले एक आपसमा शुभकामना आदानप्रदान गरे, भातृत्व र सद्भाब बाँडे ।  

त्यसो त नेपाली काँग्रेसका स्वर्गीय नेता गणेशमान सिंहले उनको निवास चाक्सीबारीमा प्रत्येक बर्ष यस्तो कार्यक्रमको आयोजना गरी काङ्रेसमा एउटा परम्पराको थालनी गरेका थिए । उक्त कार्यक्रमहरुमा पनि सबै राजनीतिक दलमा आस्थावान ब्यक्तीहरुलाई निमन्त्रणा गरिएको हुन्थ्यो र आमन्त्रित ब्यक्तीहरु उपस्थित हुन्थे । त्यो परम्परा अहिले पनि कायम छ । 

युएईमा भने तिनै दलका भातृसंगठनहरु गज्जबले दसैंको शुभकामना आदानप्रदान गर्न थालेका छन । पिकनिक आयोजना गर्ने, पार्कमा भेला हुने, कतै पनि प्रचारप्रसार नगर्ने र भूमिगत शैलीमा कार्यकर्ता प्रशिक्षण गर्ने । 

केही दिन पहिले नेकपा एमालेका सचिव योगेश भट्टराई युएई आए । एमाले निकट भातृ संगठन प्रवासी नेपाली मञ्चले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा पिकनिकमा सुटुक्क हाजिर जनाए । आफ्ना कार्यकर्तालाई सुटुक्क प्रशिक्षण दिए । र सुटुक्क नेपाल तिर लागे । छापामार शैली ।  

 

उक्त शुभकामना आदानप्रदान तथा पिकनिक कार्यक्रममा अन्य संघसंस्थाका ब्यक्ती, राजनीतिक दलका भातृ संगठन, पत्रकार तथा ब्यवसायीहरुलाई निमन्त्रणा थिएन । हुनु पनि हुन्थेन, किनकी त्यो भित्री रुपमा नितान्त पार्टीगत कार्यक्रम थियो । बाहिरी रुपमा पिकनिक अथवा शुभकामना आदानप्रदान कार्यक्रम बडादसैंको । 

गत हप्ता नेपाली काँग्रेस निकट जनसम्पर्क समिति युएईले पनि खुल्ला पार्कमा गोप्य शुभकामना आदानप्रदान कार्यक्रम गर्‍यो, पार्टीका ‘इमान्दार कार्यकर्ता’हरु मात्र भेला भएर । नेपालबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवा नेता विश्व प्रकाश शर्मा सहभागि हुने कार्यक्रम रहे पनि नेपालको ‘लोकमानतन्त्र’को हल्लीखल्लीले गर्दा उनी उपस्थित हुन सकेनन् । उनी बिना नै उक्त कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदान गरियो । यदी शर्मा आएका हुन्थे भने उनले पनि कार्यकर्तालाई सुटुक्क छोटो प्रशिक्षण दिन्थे । अनी सुटुक्क नेपाल तिर लाग्थे, उहि छापामार शैलीमा ।

 

तिनै कार्यकर्ताहरु पिकनिक खाईसके पछी नेताहरुसँग उभिएर स्टाइल स्टाइलका तस्बीरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दछन । र, एउटा पार्टीको राष्ट्रियस्तरको नेता आए र गए भन्ने जानकारी दिन्छन ।         

अव अरु राजनीतिक दलका भातृ संगठनको हाल पनि उहि हुने लक्षण देखिइसकेको छ । आगामी हप्ता माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मञ्च, युएईको शुभकामना चियापान तथा पिकनिक छ भन्ने जानकारी आएको छ र त्यो पनि उहि छापामार शैलीमा हुनेछ । पिकनिक भनिएको त्यो कार्यक्रममा अहिले सम्म न अन्य संघसंस्थाका व्यक्तिलाई बोलाइएको छ न त पत्रकारहरुलाई नै । त्यसैले युएईमा हुने दलहरुका कार्यक्रममा नेपालबाट सुटुक्क आएका नेता उपस्थित हुनेछन्, कार्यकर्तालाई प्रशिक्षण दिनेछन र सुटुक्क नेपाल फर्कने छन्, छापामार शैलीमा ।

युएईमा आफ्नो संगठन ईतरका कसैलाई खबर गरिन्न । जुनसुकै पार्टीको किन नहोस् देशको राष्ट्रियस्तरका नेता आउँदा सामान्य शिष्टाचार कायम गर्ने वा पत्रकार भेटघाट गरेर देशको समसामयिक बिषयमा प्रवासमा रहेका मजदुरहरुलाई जानकारी दिने र त्यो वातावरण मिलाउने यहाँका भातृ संगठनले जरुरी ठानेनन् ।   

हुन त यस्ता सुटुक्क छापामार शैलीको कार्यक्रम र छापामार शैलीको नेपाली नेताहरुको युएई भ्रमण पहिलो पटक नै भने चाही होइन । आश्चर्य त यो पनि छ कि कुटनीतिक पासपोर्ट बोकेका साँसद, पूर्वमन्त्री तथा नेपाल सरकारका सचिवहरु पनि छापामार शैलीमै युएईको भ्रमण गर्ने गर्दछन । सुटुक्क आउँछन, कार्यकर्ता भेट्छन र सुटुक्क फर्कन्छन । कुटनीतिक मर्यदा र नियमको पालना बिलकुल हुन्न । युएई सरकारलाई खबर हुन्न ।

यो बिषयमा युएई सरकारको ध्यानकर्षण भएको यदाकदा सुन्नमा पनि आएको छ । कुटनीतिक मर्यादा बोकेका नेताहरु सुटुक्क आउने र सुटुक्क जाने कामले हाम्रो देशको ईज्जतमै आँच आएको कुराको ध्यान कसैको पुग्न सकेको छैन । यस्तै कार्य दोहोरिरहे भोली यहाँ पनि ‘सर्जिकल स्ट्राइक’ नहोला भन्न सकिन्न । अनी चाही चेत खुल्ला कि ?

यो पनि पढ्नुहोस् 

फ्रिभिसा, फ्रिटिकटको निर्णय उल्ट्याउन प्रयास गर्नेहरुका नाममा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय