‘प्रधानमन्त्री ज्यू, विदेश पठाउने नाममा म जस्ता युवालाई ठग्नेलाई कारवाही गर्नुहुन्छ ? ‘

मेरो नाम ढमक सिंह महतो हो । मेरो घर कावासोती नगरपालिका वार्ड नं १०, रतौलमा छ । म हाल बिए पढ्दै छु । परिवारको आर्थिक अवस्था कमजोर भएकाले मैले मेरो पढाईलाई पुरा गर्न नसक्ने भएँ । जागिर खोज्ने क्रममा एउटा स्कुलमा पढाउन थालें । तर त्यहाँको तलवले मेरो परिवारको खर्च धान्न मुस्कील भएकाले मैले बिदेश जाने निधो गरें ।

मलाई राम्रो मेनपावर कम्पनी र राम्रो कामको प्रतिक्षा थियो । सोहि क्रममा मैले गत श्रावण २० गतेको कान्तिपुर पत्रिकामा कतारमा सेक्यूरिटी गार्डको कामको लागि बिज्ञापन देखे । त्यहाँ फोन नम्बर पनि लेखिएको थियो । त्यहि फोन नम्बरको आधारमा म बुटवलको अञ्जली ओभरसीजमा पुगे । त्यहाँ गएर अन्तर्वार्ता दिएँ र पास पनि भएँ । त्यसपछि तलब र लागतको कुरा आयो । बिज्ञापनमा १० हजार लागतको कुरो छापिएको थियो ।

म त्यतिनै पैसा होला भन्नेमा ढुक्क थिएँ । तर पनि लागतको बिषयमा प्रष्ट हुनुपर्छ भन्ने लागेर लागतको कुरा उठाएँ । त्यहाँका कर्मचारीले १ लाख २० हजार भन्दा १ पैसा पनि घटि हुँदैन भन्ने कुरा गरे । पैसा केहि घटाउने कुरा गर्दा भिषा लागि सकेपछि ५ हजार हेरौला भन्ने कुरा गरे । फेरी तलब र कामको अवधिको पनि कुरा आयो । विज्ञापनमा ८ घन्टा कामको १५ सय कतारी रियाल तलव हुने भनिएको थियो । साथमा खान बस्न सुबिधा पनि भनिएको छ । तर उनीहरुले तलव एक हजार र खाना खर्च दुई सय दिइने बताए । तर त्यसवापत दैनिक १२ घण्टा काम हुने र थप चार घण्टाको कुनै अतिरिक्त रकम नपाइने कुरा गरे । 

म त पत्रिकामा छापिएको विज्ञापन सही हुन्छ होला भन्ने विश्वासका आधारमा त्यहाँ पुगेको थिएँ । तर त त्यो पत्रिकामा छापिएको विज्ञापन सही हुँदो रहेछ, न त मेनपावर कम्पनीले नै सही कुरा गर्दो रहेछ । 

अर्को कुरा सरकारले फ्रि भिषा टिकट भनेर लागु गरेको एकबर्ष नाघिसकेको छ । तर पनि यसरी खुलेआम १ लाख २० हजार असुलिरहेका छन् । के १० हजारमा जान पाइन्न ? पाइन्न भने सरकारले पनि त्यहि भने हुन्छ । नत्र यो यो ठगिको धन्दा बन्द गर्न प्रहरी पनि अगाडी सर्नुपर्छ । 

हिजोआज नयाँ प्रधानमन्त्री प्रचण्डले बैदेशिक रोजगारीका बारेमा अलिक चासो दिएर कुरा गरेको पढेको छु । के उहाँले यो ठगि रोक्नुहुन्छ ? आशा छ हामीजस्ता हजारौं युवालाई हरेक महिना ठग्नेगरी भइरहेको यो काम रोक्न उहाँले पक्कै चासो दिनुहुनेछ । 

(नवलपरासी, कावासोतीमा रहेको सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा निवेदन दर्ता गर्न आएका महतोले रञ्जना लम्सालसँग गरेको कुराकानीमा आधारित ।) 

www.facebook.com/deshparadesh 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय