बाबुरामसँग हात मिलाउँदा किन भयो युएई तरङगित ? 

मेघराज सापकोटा, युएई

सन १९९० मा गठित नेपालीहरुको पुरानो सामाजिक संस्था नेपाली समाज, युएईका अध्यक्ष चन्द्र प्रसाद (सिपी) सापकोटाले नव गठित राजनीतिक दल नयाँ शक्तीका अध्यक्ष बाबुराम भट्टराईलाई नेपालमा भेटे पछी युएईको नेपाली समाज तरङगित बनेको छ ।

आफुलाई गैर राजनीतिक ब्यक्ती भन्न रुचाउने सापकोटाले भट्टराईलाई किन भेटे ? सिपी सापकोटाले उनलाई भेट्दैमा युएईको नेपाली समाज तरङगित किन ? के सापकोटा नयाँ शक्तीमा प्रबेश गरेका वा गर्नै लागेका हुन त ? यो बिषयमा अहिले युएईको नेपाली समाजमा बहस चलेको छ । सामाजिक संजालमा बधाई, शुभकामना र आलोचना सुरु भएका छन । 

ब्यक्ती जुनसुकै पार्टीमा जानु वा आउनु उसको नितान्त ब्यक्तिगत बिचार  र सुझबुझ हुनसक्छ । बहुदलिय लोकतान्त्रिक प्रणालीमा विश्वाश राख्नेहरुले शुभकामना दिनु स्वभाविक पनि हो । तर सामाजिक सञ्जालमा देखिएका केही टिप्पणीहरु अशोभनिय, टीठ लाग्दा र ब्यक्तीको मजाक उडाउने खालका पनि छन ।

”सिपी सापकोटा जुनसुकै पार्टीमा हुनसक्छ, जानसक्छ अथवा नजान पनि सक्छ । राजनीतिमा ब्यक्ती र पार्टी छान्ने ब्यक्तिगत अधिकार हो, इच्छा हो । आफ्नो पार्टीमा आएको भए खुशी हुने, अर्कोमा गयो (गएको नगएको यकिन छैन) भन्दैमा मजाक उडाउने कार्य गरिनु हुन्न । यसले नेपाली राजनीति र यसका कार्यकर्ताहरुको मानसिक दरिद्रता पनि झल्काउँछ” नाम उल्लेख नगर्ने शर्तमा नेपाली समाज युएईका एक प्रतिनिधि भन्छन् ।

किन भयो नेपाली समाज तरङगित ? किन भेटे सापकोटाले बाबुराम भट्टराईलाई ? केही कारणहरु यस्ता हुन सक्दछन ।   

पहिलो कारण हुनसक्छ सिपी सापकोटाले म रहेको वा मैले विश्वाश गरेको राजनीतिक दलको सदस्य बन्नु पर्दथ्यो भन्ने राजनीतिक दल र कार्यकर्ताको मानसिकता । यसले मेरो दल मात्र उत्तम भन्दै अर्को दललाई घृणाभावले हेर्छ । त्यसैले पनि सापकोटालाई केही राजनीतिक कार्यकर्ताहरुले सामाजिक संजालमा अपशब्द प्रयोग गरी गाली गरेका छन । यही मानसिकताको कारण पनि अहिले नेपाली समाज तरङगित छ ।  

दोश्रो कारण हुनसक्छ, सिपी सापकोटा युएईको नेपाली समाजमा एउटा ह्याभी वेट हुन् । उनी युएईका पुराना ब्यवसायी पनि हुन । जुनसुकै तहमा होस् उनको ब्यक्तित्वको लोभ वा आरिस सबै दलले गरेको हुनसक्छ । यो पुरा नहुँदा सापकोटा आलोचनाको पात्र बनेका हुन ।

तेश्रो कारण हुनसक्छ, सिपी सापकोटा युएईका ठूला राजनीतिक दलहरुको सहयोगमा २६ बर्ष पुरानो नेपाली समाजको अध्यक्ष बनेका हुन । यसमा जनजाती र नयाँ शक्तीका केही ब्यक्तीको पनि हात थियो । तसर्थ ती ठुला दलहरुलाई उनी मेरो पार्टीमै आउनु पर्थ्यो भन्ने लाग्दो हो । तर उनी त नयाँ शक्तीका बाबुरामसँग पो हात मिलाउन पुगे । त्यसैको कारण पनि उनको आलोचना भएको हुनसक्छ ।

चौथो कारण हुनसक्छ, बाबुराम भट्टराईले नयाँ शक्ती पार्टीको निर्माणमा सारेका केही नाराहरु प्रति प्रवासमा रहेका मध्यम र उच्च बर्गका ब्यक्तीहरु आकर्षित भएको पनि हुनसक्छ । २ सय ४० बर्षको राजतन्त्रको अन्त्य सँगै राजनीतिक क्रान्तिको अन्त्य भई मुलुक अव आर्थिक क्रान्तिमा लम्किनु पर्दछ भन्ने भट्टरार्इका नारा प्रति सापकोटा आकर्षित भएको हुन भन्ने अनुमान लगाउनु अन्यथा नहोला ।   

र पाचौँ कारण हुनसक्छ, बजारे हल्ला (पुष्टी हुन बाँकी) अनुसार उनी नयाँ शक्तीको केन्द्रिय समितिमै बसेर राजनीति गर्ने सुरमा छन । त्यसको लागि पनि उनले भट्टराईलाई भेटेको हुनु पर्दछ । यो कारण भने अहिले युएईको नेपाली समाजमा गाईगुई चलेको हल्ला मात्र हो, अधिकारिक हैन । 

केही ब्यक्तीहरु सिपी सापकोटालाई राजावादी पनि भन्थे यद्दपी उनी यो भनाइलाई नकार्थे । यदी उनी राजावादी थिए भने पनि उनको भट्टराईसँगको भेटले अव उनी राजावादी रहेनन् । भट्टराई १० बर्षे माओवादी जनयुद्दको नेतृत्वकर्ता हुन । लोकतान्त्रिक गणतन्त्र प्राप्तीको लागि १७ हजार जनताले उक्त जनयुद्दमा बलिदानी दिएका छन । भट्टराइले भर्खरै एक टेलीभिजनलाई दिएको अन्तर्वार्तामा पनि जनयुद्द ठीक थियो भनेर दाबी गरेका छन । यस् अर्थमा भट्टराइले अझै पनि जनयुद्दको स्वामित्व ग्रहण गरेकै छन । तसर्थ उनको नयाँ शक्तीसँगको निकटताले भट्टराईलाई लागेका जनयुद्दका सबै आरोपहरुलाई आत्मसात गर्दै भट्टराइको आर्थिक क्रान्तिमा साथ दिन म पनि तयार छु है भन्ने सन्देश दिएको हुनसक्दछ । सिपी दाइलाई हाम्रो पनि शुभकामना ।

यो पनि पढ्नुहोस् 

बैदेशिक रोजगार ऐनको संशोधनमा गर्नै पर्ने कुरा के छन् ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय