बिदेशी कामदार झुक्याउने रोजगारदाताका १० सुत्र 

सुदीप निउरे ,जेठ २१, क्वालालम्पुर

नेपालीहरु बिभिन्न देशमा गएर परिश्रम गरिरहेका छन् । जसबाट बार्षिक अर्वौ रेमिट्यान्स मुलुकमा भित्रिइरहेको छ । मुलुुक धान्ने मुुख्य आधारनै अहिले रेमिट्यान्स हो । मुलुकमा अर्वौ रेमिट्यान्स भित्रयाउने यहि जनशक्ति परदेशमा कठोर परिश्रम गर्न बाध्य छन् । तोके अनुसारको काम नहुने, ज्याला पनि नहुने, खाने बस्ने ब्यबस्था पनि राम्रो नहुने मात्र होइन, स्वास्थ्य उपचार पनि राम्रो नहुँदा नेपाली कामदार प्रवासमा अबैधानिक रुपमा काम गर्न बाध्य हुन्छन् ।

नेपालमा सम्झौता गरी आएको कम्पनिबाट भागेर अबैधानिक बनेर नयाँ काममा लाग्नु नै समस्याको समाधान भने होइन। हामी आफ्नै देशमा रहँदा पनि देशको नीति नियम र कानुन सबैजनाले पालना गर्नु पर्ने हुन्छ। अझ परदेशमा बस्नेले सम्बन्धित देशको नीतिनियमलाई अनिवार्यरुपमा पालना गरिएन भने परदेशमा भोग्नु पर्ने जटिलता आफ्नै देशको भन्दापनि बढि कष्टकर बन्नेछ । 

यस्ताखाले बिभिन्न समस्याहरु पटक पटक आइरहे पनि, सुनिरहे पनि, यसबारे जानकारी भएपनि रोजगारीका लागि नेपालीहरु बिदेशिनुको उचित विकल्प पनि देखिएको छैन । यहि बिकल्पको पछि लाग्दा कामदार झुक्याउने रोजगारदाताका सुत्रहरु भने यस्ता छन । 

कामदार झुक्याउने १० बुँदा 

१. तपाईलाई कानुनी प्रक्रिया पुरा गरि रोजगार प्रदान गरिएको हुनेछ । 

२. सम्झौता बमोजिमको काम हुनेछ ।

३. रोजगारदाताले लेबि र होष्टलको लागि तोकिएको शुल्क बाहेक अन्य शुल्क काट्ने छैन । 

४. प्रत्येक कामदारको विमा सुरक्षा हुनेछ । 

५. स्वास्थ्य उपचार हुनेछ ।

६. बिरामी हुँदा छुट्टी र छुट्टी अवधिको न्युनतम पारिश्रमिक पाइने छ ।

७. मलेसिया, युएई ,कतार (तपार्इ कुन देशमा हुनुहुन्छ) को श्रम ऐनले नै तपाईलाई सुरक्षा प्रदान गर्छ । 

८. होस्टेलमा आधारभुत सुबिधाहरु ब्यबस्था हुनेछ । 

९. यहाँस्थित राजदुतावासबाट (सम्बन्धित देशका) सुरक्षा मिल्ने छ । 

१०. सुरक्षित र शान्तिपुर्ण तरिकाबाट घर फर्किन सकिनेछ ।

बैधानिक कामदारको हैसियतमा रहँदा हुने फाईदा र आधारभुत अधिकार सम्बन्धि कुरा बुँदागत रुपमा पढ्न र हस्ताक्षर गर्न जति सजिलो छ ब्यवहारीक पक्ष त्यति सहज छैन । रोजगार प्रदायक मुलुुक अन्तर्गतका कम्पनिहरुले राज्यले तय गरेको श्रम सम्बन्धि सबै कुराहरुलाई आत्मसाथ गरेर अगाडी बढेको देखाउने गरेपनि कमै मात्र कम्पनिले त्यो पुर्णरुपमा पालना गरेको पाईन्छ । 

रोजगार प्रदायक मुलुकले कम्पनिहरु श्रम नीति अनुुसार ब्यवहारीकरुपमा अगाडी बढे नबढेको  ख्याल नगर्ने र कामदार पठाउने मुलुकले पनि आफ्ना कामदारको कुनै वास्ता नगर्ने गर्दा बैदेशिक रोजगार सुरक्षित बन्न सकिरहेको छैन ।

यो पनि पढ्नुहोस् 

‘ईल्लिगल’ बस्दा गुम्यो साढे ९ लाख 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय