हराएका श्रीमानले फोन गरेपछि

सुनिल न्यौपाने, काठमाडौं- मंगलवार सुनसरीको सदरमुकाम ईनरुवा, कुसुमगाछीकी गीता थापाका लागि हर्षको एउटा दिन । ९ बर्ष अघि मलेसिया गएर केहि बर्षयता बेखवर रहेका उनका श्रीमान प्रदीपकुमार थापाले गरेको फोनले उनलाई पुलकित बनाएको थियो । 

‘गीतादिदी के छ खवर ?’ बुधवार विहान फोनमा प्रश्न खस्न नपाउँदै जवाफ आयो ‘राम्रो छ, उहाँले(प्रदीप) फोन गर्नु भो नी ।’ श्रीमान बेखवर भएपछि ‘उहाँको एक फोन आए पनि पुग्थ्यो’ भन्दै गरेकी गीताका लागि मंगलवारको दिनले त्यहि खुशी लिएर आएको थियो । 

मंगलवार दिउँसो छोरा शैलेशलाई मलेसियाको नम्वरबाट फोन आयो । फोनमा उताबाट बाबु बोले । शैलेशले ‘किन तपाई यसरी हामीलाई माया मारेर फोन समेत नगरी बस्नु भएको ?’ भन्दा बाबुले कुनै जवाफ दिएनन् । उनले ‘बेलुका फोन गर्नु है’ भनेपछि हुन्छ भनेर बाबुले फोन राखे । 

बेलुका पुनः फोन आयो । शैलेशले केहिबेर गन्थन गरे । बाबुले अवको दशैंमा पक्कै आउँछु भनेपछि पालो आयो गीताको । दुई जोइपोई बीच झण्डै २० मिनेट गन्थन चल्यो । उनले आफू अवको दशैंमा चाहिं घर आउँछु, ढुक्क भएर बस भने । गीताले पैसाको खाँचो हो भनें टिकट काट्ने पैसा पठाउँछु भन्दा उनले त्यस्तो अवस्था नभएको बताए । ‘मलाई समस्या थियो, अव त्यो मिल्यो, आउँछु भन्नुभयो’ गीताले भनिन् ‘त्यत्रो समयदेखि फोनसम्म नहुँदा मन आत्तिएको थियो, अहिले त कम्ता खुशी लाग्या छैन ।’

प्रदीपको खोजिका लागि थापा परिवारले सुनसरीको ईनरुवास्थीत सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा गत चैत्र २२ गते निवेदन दिएका थिए । झण्डै एक महिना अघि हामी हराएका परदेशीको सुचना खोज्दै केन्द्रमा पुगेका थियौं जहाँबाट प्रदीपका बारेमा हामीले केहि जानकारी पायौं । उनको भिडियो सहितको सामग्री बनाउन हामी उनको घर पुग्यौं ।   

लामै कुराकानी भयो । परिवारको एउटै अपेक्षा थियो, कमसे कम उनले घरमा एकपटक फोनसम्म गरिदिए हुन्थ्यो, घर फर्किदिए हुन्थ्यो । 

परिवारको त्यहि आग्रह सहितको भिडियो सामग्री बनाएर देशपरदेश डटकमले प्रकाशन गर्यो । भिडियो अनलाइनका साथै फेसबुकमा पनि राखियो । भिडियोमा नेपालमा सम्पर्क गर्ने परिवारको तथा सुचना तथा परामर्श केन्द्र, सुनसरीको फोन नम्वर, हाम्रा मलेसिया सहकर्मी सुदीप निउरेको नम्वर सहितको विवरण थियो । यसले सकारात्मक नतिजा ल्यायो । 

भिडियो सामग्री राखिएको भोलीपल्टै मलेसियाबाट अरु केहि मान्छेले पनि उनी सकुशल रहेको खवर परिवारलाई गरे । शैलेश भन्छन् ‘मलाई मलेसियाबाट पनि तीनचार जनाले फोन गरेर बुवा सकुशल रहेको बताउनुभयो, दिउँसो त बुवाको फोन नै आइहाल्यो ।’ 

लामो समयदेखि श्रीमान बेखवर भएपछि आत्तिएकी गीतालाई श्रीमानको आउँदो दशैंमा घर आउने आश्वासनले ठूलो राहत दिएको छ । बुधवार विहान टेलिफोन संवाद टुँग्याउँदै गर्दा गीताले भनिन् ‘भाइ तपाई पनि परिवार भएको मान्छे नै हो । बुझीहाल्नु हुन्छ परिवारसँग विछोडिंदाको पीडा । उहाँ(प्रदीप)लाई खोज्न तपाईहरुले ठूलो मद्धत गर्नुभयो, यो गुन म कहिल्यै विर्सिने छैन ।’ 

यसअघि प्रकाशित यो समाचार पनि पढ्नुहोस् 

मलेसियामा उनलाई तपाईले कहिं देख्नु भएको छ ?

भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/m_o5AI_MUdI” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय