
गोपी कृष्ण पङगेनी, दुवई
युएई यतिबेला निक्कै तातेको छ । मौसमी परिवर्तनको तातो सगै युवती तस्करीको गरमागर्मीले त खपीनसक्नु नै भएको अनुभुती युएईबासी नेपालीले महसुस गरेको हुनु पर्दछ । त्यस्तै अनुभुती मैले पनि गरिरहेको छु ।
देशपरदेश सहित बिभिन्न मिडियामा आएको युवती तस्करी बारेको समाचारको औचित्य माथि प्रश्न उठाउदै आरोपितहरुले बिभिन्न सामाजिक सन्जालहरुमा धावा पनि बोलीरहे । आफु पनि कलाकार नै भएकोले अबैध ढंगले कलाकार बनाएर मोटो रकम लिएर युवतीको ओसारपसार गर्नेहरुलाई केही राजनतिक दल र युएईको नेपाली समाजमा आफुलाई बरिस्ठ भन्नेहरुले नै काखी च्यापेको देख्दा पनि टुलुटुलु हेर्न बाहेक केही गर्न नसक्दा यो मन त्यसै खिन्न भएको छ ।
राजनीतिले देश बनाउने हो । यसरी तस्करलाई काखी च्यापे पछी कसरी देश बन्छ त भन्ने मेरो प्रश्न सम्बन्धित दलका भगिनी संगठनका नेताहरुलाई छ ।
युएईमा आफुलाई बरिष्ठ समाजसेवी भन्नेहरुले सामाजिक सन्जाललाई रङ्ममन्च बनाउदै आफैले बोलेका सबै बोलीहरु र आफैले गरेका हरेक फैसलाहरुमा सत्यको मोहोर आफैंले लगाउदै समाजमा अराजकता फैलाउने गिरोहलाई काखी च्याप्दै संरक्षण दिनुले अबको समाजसेवा कता जाने हो भन्ने एउटा गम्भीर प्रश्न पनि उब्जिएको छ ।
पत्रकारको छाता संगठन पत्रकार महासंघ युएईले सम्पुर्ण जिम्मेवारी आफैले लिदै विशेष सबुत प्रमाण समेत पेश गर्दा पनि नानाथरी कुतर्कका साथ बागमती झै दुर्गन्धित बग्ने अनि नारायणी झै कञ्चन छौं भन्दै अपवाह फैलाउने तपाईहरुको सोच, बिचार, सिद्दान्त अनि तपाईहरुको द्वैध चरित्रलाई आम आप्रवासी नेपालीहरुले अवको दिनमा कसरी मुल्यांकन गर्ने भन्ने विषय टड्कारो रुपले वहस गर्नुपर्ने जस्तो देखिन्छ ।
मेरा आदरणिय मित्रजन, तपाईहरुको यो निर्णयले अरु कसैलाई उत्तेजक बिरोध गर्न बाध्य त बनाउनु भएको छैन ? अरुको बिचारको पनि सम्मान गर्नुस् र आफुले पाएको सम्मान ग्रहण गर्न सिक्नुस । आफ्ना भरौटेहरुलाई सडक र गल्लीहरुमा नभुक्नको लागि निर्देशन जारी गर्नुस । कम्तीमा तपाईंहरुलाई यो समाजले दिएको मायालाई सम्मान गर्दै दोषीलाई कार्वाही गर्नुस् । यो मेरो माग हैन । राजनीति भन्दा माथि उठेर बिषयको गम्भिर्यतालाई बुझ्ने बिबेकशिल युएईबासीहरुको माग हो ।
हैन भने हाम्रा अरु धेरै प्रश्नहरु तेर्सिने छन । हामी सोध्ने छौ कि तपाईको समाजसेवा भनौ या राजनीतिक यात्राको लक्ष्य यहि सम्मको थियो ? कि तस्करी कै लागि भनेर राजनीति र समाजसेवामा लाग्नुभएको थियो ? या नेपाली चेलीलाई दुवई ल्याएबापतको कमिसन तपाईको ब्यक्तिगत खातामा जम्मा भैसकेको छ ?
त्यसो हो भने सरल अनि सभ्य भाषामा सूचना प्रवाह गर्नुस र सोझा साझा नेपाली दाजुभाईहरुलाई जानकारी दिनुस । होइन भने मेरो कृयाशिल सदस्यता नेपाली रु ५ मा बिक्रीमा छ भनेर बिज्ञापन बजाए पनि हुन्छ, तपाई चर्चित त्यहाँबाट पनि हुन सक्नु हुन्छ । नत्र ब्यक्तिगत लाभको लागि दलाल या मानव तस्करसंग ‘निहुरमुन्टी न’ हुँदा तपाईले ओढेको खोल खुस्केर तपाईको असली स्वरुप बाहिर आउने निश्चित छ । चेतना भया