कुवेतबाट हराएकी महिला सुडानमा

कुवेत, कात्तिक २१

करिब ६ बर्षदेखि बेखवर देवकी मल्ल सकुशल घर पुगेकी छिन । उनी सुडानबाट नेपाल फर्किएको जानकारी प्राप्त भयको छ । रोजगारीको शिलशिलामा घरेलु कामदारको रुपमा  करिव ७ बर्ष पहिला  कुवेत आएकी देवकी मल्ल कुवेत आएको १ बर्ष पछि सम्पर्क बिहिन हुँदा  उनको परिवारको आग्रहमा नेपाली दुतावास कुवेत, संघ संंस्था, सञ्चारमाध्यम लगायतको प्रयासमा चौतर्फि खोजी गर्दा उनी २०११ जनवरी ६ तारिख बिहान  ३ः२४ बजे कुवेतबाट एयरपोर्ट आउट भएको देखिएको थियो । 

उनको पासापोर्ट नम्बरका आधारमा प्रहरी मार्फत खोजिगर्दा उनी कुवेतबाट सुडान पुगेको देखिएको थियो । सोही आधारमा उनको खोजि सफल भएको हो । 

उनका अनुसार उनलाई नेपालसम्मको टिकट र घर जाने भाडा दिएर नेपाल फर्काइएको हो । पासपोर्टको म्याद सकिएकी उनी विना कुनै तलव नेपाल फर्केकी हुन् । घर फर्किन पाउँदा नयाँ जीवन पाएको अनुभव भएको उनले बताएकी छिन् । उनको खोजिमा सघाउने सवैलाई उनका छोरा गगन मल्लले धन्यवाद दिएका छन ।

देवकी त एउटा उदाहरण मात्र हुन । देवकी जस्ता सयौं नेपाली महिला एक देशमा काम भनेर अर्को देशमा पुगेर वेपत्ता भएका छन् । कतिलाई रोजगार उपलब्ध गराइदिने एजेन्सीले त कतिलाई रोजगारदाताले एक देशमा कामको अनुमति पत्र लिएर अर्को देशमा लगेर शारिरिक र मानसिक पीडा दिँदै सामाजीक र आर्थिक शोषण गरिरहेको अवस्था छ । 

यो समाचार नेपालकुवेत डटकममा राज मल्ल ठकुरीले लेखेका हुन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय