हामी फर्कन्छौं लालबावु महोदय !

 

 

रेमिट्यान्सको लड्डूूले

हृष्टपुष्ट लाग्ने लालबावुहरु ।

लाईनका लाईन

हरियो पासपोर्टमा डिपार्टचर हानेर

दिनका दिन बाकसभित्रका लाश गन्ने

आदत वसेका लालबावुहरु

के जिउँदै देश फर्कनु अपराध हो ?

 

आत्महत्या गर्न भासिएका होइनौ हामी

खाडी, मलेशिया, यूरोप, अमेरिकातिर ।

त्यो हिमालको हावामा

त्यो तराईको फाँटमा

त्यो पहाडको फेदमा

हाम्रो पनि अधिकार छ

र अधिकार छ

सिँहदरवार र बालुवाटारमा पनि

त्यसैले हामी फर्किन्छौं लालबावु ।

 

हामी लादिएका छौं र त

तिम्रो पजेरो चलेको छ

हामी खाडी र चुलाजुठेल्नामा बलेका छौं र त

बालुुवाटारमा भोज चलेको छ

बरु एउटा हात मेशीनतिरै छोडेर भएपनि

यो जवानी बालुवामै सुुकाएरै भएपनि

वा कारगिल, अफगान, इराकतिरबाट

बालबाल ज्यान जोगाएर भएपनि

अन्तिम श्वास फेर्न त देशमै फर्कन्छौं

 

बरु जिउँदाहरु फर्कदा

नमीठो लाग्ला—

तिम्रा आँखाहरुलाई

बाकसहरु गन्ने आदतहरुलाई ।

तरपनि महाशय 

हामी त फर्कन्छौं फर्कन्छौं

 

आफनो माटोमा फर्कने

अनुमतिपत्र हामी आफैसँग छ

किनकि देश

सरुवा, बर्खासी र बन्देज लगाउने

गुटको उपहारमा प्राप्त

सामान्य प्रशासन मन्त्रालय होइन

लालबावु महोदय ।

— दीपेन्द्र के.सी.

बागलुङ, हाल लुभेन बेल्जियम 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: