कुमार कार्की
गैरआवासिय नेपाली संघमा सन् २००६ मा परिषद सदस्यता लिंदै प्रवेश गरें । कतार आउनु पुर्व सामाजिक कार्य प्रतिको रुचि र यसको महत्वको वारेमा प्रारम्भिक ज्ञान भएकाले होला कतार प्रवेश गरेपछि वा भनौं तत्कालिन निर्देशिका र गैरआवासिय नेपाली ऐन वमोजिम १८२ दिन पुगे लगत्तै यस संघमा आवद्द हुन पुगें । परिषद सदस्य हुँदै हालसम्मको सहभागितामा जिम्मेवारीका हिसावले २०१३ देखि २०१५ सम्झन लायक रह्यो ।
सन् २००६ मा एनसिसि कतारको परिषद सदस्यता लिए पश्चात सोहि वर्ष संघको मनोनित कार्यकारिणि सदस्यको रुपमा काम गर्ने मौका मिल्यो । सन् २००९ — २०११ को तेश्रो कार्यकालको लागि निर्वाचन समितिको संयोजकको भुमिका निर्वाह गर्ने जिम्मेवारी प्राप्त भयो र त्यसलाई सफलता पुर्वक निर्वाह गरियो । चौथो कार्यकालमा एनआरएनए आईसिसिले ल्याएको सामुहिक लगानीको अवधारणा वमोजिम प्रत्येक एनसिसिमा निर्माण हुने सामुहिक लगानी संयोजन समितिको सदस्य सचिवको जिम्मेवारी पश्चात २०१३ — २०१५ को कार्यकालमा प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्ने मौका मिल्यो ।
एनआरएनएका राष्ट्रिय अधिवेशन तथा कार्यक्रमहरु, क्षेत्रिय भेला र सम्मेलनहरु, अन्तराष्ट्रिय सम्मेलन र अधिवेशनहरुमा वाराम्वार जनाईरहेको सहभागिता र यि सवै कालखण्डको अनुभवले एनआरएन अभियान एउटा गुणात्मक अभियान हो भन्ने अनुभव संगालेको छु । यो विशुद्ध मानविय कार्य गर्ने सामाजिक संस्था हो । यसमा सकृय भएर लाग्ने अभियन्ताहरुले समाज प्रतिको उत्तरदायित्व वहन गर्न सक्नु पर्छ । मानविय कार्यका अलावा यस संस्थाले व्यत्तित्व विकास, सिप विकासका साथै सिप र पुँजीको सहि परिचालन गरि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न उत्पे्ररित गर्दै आईरहेको छ ।
एनसिसि कतार अहिलेसम्म स्थापित भएका सवै देशका भन्दा व्यस्त एनसिसि भन्दा दुईमत नहोला । भौगोलिक रुपमा सानो भएपनि करिव साढे चार लाख नेपालीहरु कतारमा रहेका छन् । यो संख्या यो देशको जनसंख्या भन्दा वढि हो भने भारतिय समुदाय पछिको दोश्रो हो । करिव १०० भन्दा वढि नेपाली संघ संस्थाहरु सँग समन्वय गर्नु, नेपाली राजदुतावाससँग सहकार्य गर्नु, कतार सरकारका विभिन्न निकाय तथा विभागहरुका कार्यक्रमहरुको साझेदारको रुपमा आफुलाई समावेश गराउनु लगायत नेपाल सरकारका विभिन्न निकाय तथा प्रतिनिधि मण्डलहरुसँग सहकार्य, समन्वय र साझेदारी गर्नु, वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित वनाउनका लागि कार्य गर्नु एनसिसि कतारको दैनिक दिन चर्या हुन् ।
पाँचौ कार्यकालका कुनै पनि पदाधिकारीहरु चैनको निद्रा निदाउन पाएनन् । संगठित र कुशल टिम हुँदाहुँदै पनि सवै कार्यलाई भनेजति समय दिन सकिएन । समय दिएर जिम्मेवारी लिएका कार्यहरु सवै कुशलता पुर्वक सम्पन्न भएका छन् । संस्थाको मुल नारालाई आत्मसात गर्दै कतारमा कार्यरत नेपालीहरुको हितका पक्षमा अधिकतम कार्य गरेको छ । यस कार्यकालका सवै पदाधिकारी तथा सदस्यहरुले निभाएको भुमिका गर्व गर्न लायक रहेको छ । संस्थालाई समय सापेक्ष परिस्कृत गर्ने कार्यदेखि क्यालेण्डर अनुसारका कार्यक्रमहरुलाई सफलतापुर्वक सम्पन्न गराउन सवैले समान भुमिका निर्वाह गरेका छन् ।
नेपाली कला, साहित्य, सँस्कृति, खेलकुदलाई विदेशमा प्रवद्र्धन गर्न, पर्यटनको विकास साथै अन्तर समुदाय सम्वन्ध विस्तार गर्न र नेपाल र कतारको दुई देशिय सम्वन्धलाई प्रगाढ वनाउने दिशामा एनसिसि कतार सदैव कार्य गरिरहेको छ । संघको अन्तराष्ट्रिय समन्वय परिषदका निर्देशन पालना गर्न र विनियोजित कार्यक्रमहरुमा सहभागिता तथा ऐक्यवद्धता जनाउन एनसिसि कतार सदैव अग्रपंक्तिमा रहेको छ । यि सवै कार्यमा एनसिसिलाई सफल वनाउनका लागि एनसिसिका अग्रज अभियन्ता, संघसंस्थाहरु र परिषद सदस्यहरुको समान सहभागिता रहेको छ ।
संघले पाँचौं कार्यकालको २ वर्षमा ३ करोड ७० लाख वरावरको आर्थिक गतिविधि गर्यो, त्यसको लगभग २ करोड २७ लाख वरावर विभिन्न सहयोगमा खर्चेको छ । प्रवासमा नेपाल प्रवद्धन गर्ने सिलसिलामा खेलकुद, साहित्य, सँस्कृतिका क्षेत्रमा उल्लेख्य योगदान गरेको छ । नेपाली राजदुतावासमा स्थापना गरेको एनआरएनए परामर्श केन्द्रवाट २ वर्षमा लगभग ८० हजार नेपालीले परामर्श तथा सेवा लिएका छन् । एनआरएनएको भवन निर्माणका लागि १० लाख भन्दा वढि सहयोग गरेको छ । त्यसका वैशाखमा गएको महा भुकम्पवाट पिडितहरुको सहयोगका लागि ६६ लाख भन्दा वढि सहयोग गरेको छ ।
अवका दिनमा यस संघको नेतृत्व तथा कार्यकारिणि जिम्मेवारी लिनु निकै चुनौतीपुर्ण हुन्छ । १२ वर्षको दौरानमा संघमाथि धेरै जिम्मेवारीहरु थपिएका छन् । राष्ट्रिय, अन्तराष्ट्रिय र स्वदेशमा समेत गरिने कार्यक्रम र परियोजनाहरु संचालन गर्न निकै ठुलो जिम्मेवारी रहन्छ । संघको उद्देश्य प्राप्तीका लागि स्वदेश र विदेशमा संचालन गरिने परियोजनाहरुलाई सम्पन्न गराउनु सहज छैन । त्यसका लागि सवल नेतृत्व र टिको आवश्यकता पर्दछ । टिमलाई सहि परिचालन गर्न सकेका मात्र त्यो उद्देश्य प्राप्ति हुन्छ ।
एनआरएनए धनीहरुको मात्र संस्था हो भन्ने भ्रम छ । समय सान्दर्भिक वनाउन यसलाई समृद्धहरुको संस्था वनाउनु पर्छ किनकी यो राष्ट्रिय भावनाले ओतप्रोत भएका, परोपकारी मन भएका, शिप कला र दक्षता भएका साथै मेहनत गरेर धन आर्जन गरि समृद्ध भई स्वावलम्वि भएका समृद्धहरुको संस्था हो । जो परोपकारी मनको धनी छ र स्वच्छ सामाजिक सेवा गर्न सक्छ , मेहनत गरि स्वावलम्वि वन्न चाहन्छ उसले मात्र यो संस्थामा सेवा गर्न सक्छ । संस्थाले हरेक नेपालीहरु समृद्ध वनुन्, राष्ट्र समृद्ध वनोस् र संसारले समृद्ध नेपाल र नेपालीको गाथा गाउन सकोस् भन्ने भावना संस्थाले राख्छ । अवका नेतृत्वले यसलाई मध्यनजर गर्दै सवैखाले भावनाहरुलाई समेटेर कार्य गर्नु आवश्यक भएको छ ।
एनआरएनए एनसिसि कतारको नेतृत्व लिन र यसलाई माग निर्देश गर्न सहज छैन । प्रशस्त समय, संस्थागत ज्ञान भएको, सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समन्वय गर्न सक्ने व्यक्तिहरुको समुह निवाचित भएमा मात्र एनसिसि कतारको नेतृत्वले सार्थक काम गर्न सक्छ । मानसिक रुपमा समृद्ध भएर आए मात्र संस्थाप्रति सकारात्मक भएर का मगर्न सकिन्छ । एनआरएनएको शुरुवात जुन उत्साहवाट भएको छ । त्यो उत्साह वमोजिम क्रमिक रुपमा यसको विकास हुनुका साथै नितिगत, संस्थागत र सामाजिक कार्यहरु हुँदै आएका छन् । प्रत्येक नेतृत्वले यसलाई उर्जावान वनाई रहेका छन् । हालसम्मका सवै एनसिसिहरुको गतिविधि हेर्ने हो भने यो वास्तवमा नै संसारको सवै भन्दा मजवुत र समृद्ध सामाजिक संस्था वन्नेमा दुईमत छैन । यसलाई आजको यस अवस्थामा जसरी ल्याईएको छ अझ मजवुत वनाउन यसका सारथीहरु लाग्न जरुरी छ । विगतमा जसरी यो अभियान सदैव व्यस्त र सदैव सकृय रहेको छ, त्यो स्पिरिटलाई कायम राख्न जरुरी छ ।
यो समग्रमा नेपाल र नेपालीको भविष्यसँग जोडिएको संस्था हो । वैदेशिक रोजगारीका लागि होस् या त विदेशमा रहेका विभिन्न सम्भावनाहरुलाई समेट्न व्यवसाय, अध्ययन र अन्य कारणले विदेशिएका नेपालीहरुका लागि यो संस्था सदैव सहयोगी वन्न सक्छ । नेपालको वृहत्तर हित र विकासका लागि विदेशमा रहेका नेपालीहरुसँग समन्वय गर्ने संस्थाको रुपमा एनआरएनए मात्र वन्न सक्छ ।
(कार्की एनसिसि कतारको २०१३—२०१५ को कार्यकालका प्रथम उपाध्यक्ष हुन्)