नहेरौं भनेको गगनका ति तारा । नयन मख्ख पर्दै लजाए बिचारा । भुलेछौ तिमीले भनेका कुरा नि सुतेछौ गरी बन्द घरका तगारा । नुहाएर हामी गरौं गफ् मजाले ल आऊ मसंगै छ पानी छ धारा । म धेरै निराशा सहेको छु एक्लै खुसीमा रमेको छ संसार सारा । रमाई बसौंला यहाँ पोखरामा रमेको छ फेवा रमेको छ रारा । मनोज मनसुन हाल कुवेत
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1