युएईको नेपाली समाजको कुन नेतृत्व आधिकारिक ?

मेघराज सापकोटा – युएईमा केही दिन यता नेपाली समाजको बारेमा खुबै चर्चा छ । नेपाली समाजको नाममा हुने अलग अलग कृयाकलापले नेपाली समाजलाई माया गर्ने बिगत लामो समय देखि युएईमा रहने नेपालीहरुलाई केही अन्यौलता छाएको अनुभुती गर्न सकिन्छ । सन १९९० मा इराक युद्दताका इराकमा रहेर बैदेशिक रोजगारमा रहने नेपालीहरुको उद्दारको खातिर नेपाली समाजको स्थापना गरिएको हो । त्यो बेलामा इराक त के युएईमा पनि नेपाली दुतावास नभएको अवस्थामा नेपाली समाजले खेलेको भूमिका सधैं प्रसंशनीय छ । २५ बर्षे ईतिहास बोकेको नेपालीहरुको साझा संस्थामा विवादमा आउनु र अन्यौलता छाउनु दुःखद हो । नेपाली समाज, युएई नामको संस्था युएईमा रहेका सम्पूर्ण संस्थाहरुको अभिभावकको रुपमा उभियोस भन्ने चाहना हुँदा हुँदै पनि बिगतका केही कार्यकालका सुस्तताले गर्दा अहिले त्यो चाहना पुरा हुने हो वा होइन थाहा पाउन केही दिन अझै कुर्नै पर्छ । तथापी वर्तमान कार्यसमितिमा बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा चिरपरिचित अनुहारहरुको उपस्थितीले गर्दा नेपाली समाज प्रतिको आशा भने ठूलै छ । त्यसमा पनि वर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटा बिगतको एक कार्यकालमा रहेर कार्य गरिसकेको ब्यक्ती हुनाले समाजमा रहेको उनको अनुभव र पुराना ब्यवसायी हुनुको नाताले युएईमा रहेको उनको पहुँचको फाईदा वर्तमान समिती र त्यसको अप्रत्यक्ष फाईदा समग्र नेपाली समुदायलाई हुनेछ । त्यसको लागि कुरो भन्दा काम हुनु जरुरी छ। Meghraj Sapkota Inside the storyहालसालै केही अनलाइन मिडियाहरुले नेपाली समाज, युएईमा देखिएको अन्यौलतालाई बाहिर ल्याईदिए पछी यसबारे झनै चासो बढेको छ । युएईमा नयाँ पत्रकारको रुपमा उदाएकी अनिता न्यौपानेले यस बारेको समाचार सम्प्रेशण गरेपछी अझै अन्यौलता थपिएको हो । तथापी उनले आफ्नो समाचारमा सापकोटाले नेतृत्व गरेको वर्तमान कार्यसमितिको चयन कसरी भएको हो भन्ने बारे प्रस्ट भने पारेकी छिन। अलग अलग फेसबूकमा आफ्नो गतिविधिलाई अगाडि बढाइरहेका यी एउटै तर दुई संस्थाहरुको बारे रहेको केही भ्रम र अन्यौलतालाई चिर्न जरुरी छ । सर्वप्रथम त नेपाली समाज, युएई फुटेको हैन । यो समाज फुटेको हैन भन्ने यथार्थ तथ्य र प्रमाणहरु छन । अहिले पनि नेपाली समाज एउटै हो र रहनेछ भन्ने लेखकको स्पस्ट मान्यता रहेको छ । यो मान्यता नेपाली समाजको गठन प्रकृयाले पुष्टी गरिसकेको बिषयबस्तु हो तथापी मैले यहाँ फेरी पनि स्मरण गराउन चाहेँ । गत २९ मे २०१५ का दिन बरदुबईको एभरेस्ट होटलमा नेपाली समाज युएईको अधिबेशन सम्पन्न भएको हो । अध्यक्ष बाहेकका पदहरुमा सर्बसम्मत गराउन सफल पनि भएको हो । अध्यक्ष पदका लागि परेका ३ उम्मेद्वारहरु मध्ये कृष्ण न्यौपानेले उम्मेद्वार बनेका बर्तमान अध्यक्ष चन्द्रप्रसाद सापकोटालाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिने कुराको जानकारी गराएका थिए । सहमतीमा बिदुर राउतले सापकोटालाई अध्यक्ष पद नछोडे पछी प्रकृया निर्वाचनको लागि अगाडि बढेको थियो । पार्षद् सदस्यहरु र आजीवन सदस्यहरुलाई गोप्य मतदानबाट प्राप्त परिणामको मतगणना गर्दा चन्द्रप्रसाद सापकोटाले जम्मा १०३ मत र बिदुर राउतले जम्मा २५ मत प्राप्त गरेको जानकारी गराउदै सापकोटा भारी मतले विजयी भएको घोषणा सभाहलमा गरिएको हो । निर्वाचन प्रकृयामा कुनै पनि गलत नभई सबै प्रजातान्त्रिक प्रकृयामा भएको र निर्वाचनमा राउत पराजित भई सापकोटा बिजयी भएको हुँदा सापकोटाले नेतृत्व गरेको नेपाली समाज युएई नै वैधानिक र युएईमा रहेका नेपालीहरुको साझा संस्था “नेपाली समाज युएई“ रहेको उक्त निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद पौडेलले बताएका छन । यी सबै कुराको साक्षी युएईमा कृयाशिल बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, राजनैतीक दलका प्रतिनिधिहरु तथा बिभिन्न जातिय संगठनका प्रतिनिधिहरु थिए । यस् प्रकृयामा अध्यक्षका उम्मेद्वार राउत बाहेक कुनै पनि संघसंस्था वा ब्यक्तीको आपत्ति अहिलेसम्म बाहिर आएको छैन । अर्को तिर, राउतले निर्वाचन प्रकृया प्रति नै आपत्ति र असहमति जनाउदै निर्वाचन बहिस्कार गरेको पनि हैन । तसर्थ राउतले हार स्वीकार गर्नुको कुनै बिकल्प छैन । उनले हारेकै हो । हारेको स्वीकार गर्नु उनको झन महानता हुनेछ । निर्वाचन प्रकृयामा भाग लिईसके पछी हारजीत हुनु स्वभाभिक हो । हारिसके पछी हार्ने ब्यक्ती वा पदाधिकारीले आफुसँग रहेको संस्थाका चलअचल सम्पतीको हस्तान्तरण गर्नु पर्दछ । त्यो हस्तान्तरण राउतले गरेको देखिएन । उनले चलाऊने गरेको नेपाली समाजको फेसबूक र वेबसाइट पनि हस्तान्तरण गरेनन । बरु तिनै फेसबूक र वेबसाइटलाई प्रयोग गर्दै आफु अध्यक्ष रहेको सुचनाहरु सम्प्रेशित गरिरहे । यसले गर्दा नै बढी अन्यौलता छाएको हो । यो गलत गरे उनले । दोश्रो, दुनियाँमा संगठन खोल्ने अधिकार सबैलाई छ । कतै कानुनी र बैधानिक भएर खोल्लान कतै गुपचुपमा । त्यस्तै अधिकार बिदुर राउतलाई पनि छ । कसैले पनि उनलाई संगठन खोल्ने अधिकार नै छैन भन्न पाउन्न । उनले अहिले जुनजुन कार्यहरु गरिरहेका छन एकदम सर्हानिय छ । अझै आगामी दिनहरु धेरै सामाजिक कार्यहरु गरुन, शुभकामना पनि छ । तर, उनलाई अब नेपाली समाज, युएई भनेर नाम लेख्ने वा सो नाममा आफु अध्यक्ष भएर कुनै पनि कृयाकलाप गर्ने अधिकार भने हुँदैन । नयाँ नामको संस्था खोल्नको लागि सुझाव छ । तेस्रो, नेपाली समाज, युएई तव मात्र नेपाली समाज हुन्छ जब यसले युएईमा रहेका सम्पुर्ण संघसंस्थाहरुको अभिभावकत्व नर्वाह गर्न सक्छ । त्यसको लागि दुइटैले यी संस्थाहरुको विश्वाश जित्न जरुरी छ । अहिलेसम्मको अवस्था हेर्दा त्यो विश्वाश राउतले जित्लान भनेर भन्ने अवस्था छैन । सबैले सापकोटाले नेतृत्व गरेको नेपाली समाजलाई विश्वाश गरेको देखिन्छ । चौथो, पत्रकार मित्रहरुले नेपाली समाजमा रहे भएका कुनै पनि कुरा निस्वार्थ भई कोही कतैबाट पनि परिचालित नभईकन समाचार लेख्नु पर्दछ । पत्रकारले लेखेको हरेक समाचारमा जवाफदेहिता त्यत्तिकै आवश्यक हुन्छ र त्यो जवाफदेहिता पत्रकारले लिन तयार पनि हुनु पर्दछ । समाचारबारे कोही कसैलाई आपत्ति भए खण्डन गर्न सकिन्छ । तर समाचार लेखेकै आधारमा दिईने धम्की कुनै पनि पत्रकारलाई सह्य हुँदैन । यस्तो अवस्थामा नेपाली समाज युएईमा कार्यरत पत्रकारको अभिभावक बन्न सके भोलीका दिनमा अझ सुमधुर सम्बन्ध रहनेछ । सबैले फलेको रुखमा नै झटारो हान्ने हो । संघसंस्थाको नेतृत्व गर्नेले त्यो झटारो खान तयार हुनु पर्दछ । आफ्ना सकारात्मक कुरा आए वाह वाह गर्ने नकारात्मक आए धम्क्याउने काम चाँही तुरुन्त बन्द हुनु पर्दछ । हैन भने चुप लागेर आफ्नै गरी खाए पनि भो । कसैले केही पनि लेख्दैनन । र अन्त्यमा, हामी नेपालीहरु जहाँ जुन देशमा गए पनि हाम्रो राजनीतिक संंस्कार बोकेकै हुन्छौ । राम्रो भन्दा नराम्रो कुरा धेरै सुन्छौ र देख्छौ । सकारात्मक भन्दा नकारात्मक बढी बुझ्छौ । जुट्न भन्दा बढी फुट्न लालयित हुन्छौ । सत्य र तथ्य बोल्न भन्दा पहिले मेरो पार्टीले के बोल्छ भनेर मुख चियाउँछौ । बिदेशमा बसेर सयौ देशका मानिसहरु सँगको संगतले धेरै राम्रा कुराहरु पनि सिक्यौ होला तर हाम्रो देशको राजनीति छोड्न सकेनौ । यी सबै हुनु भनेको हाम्रो आफ्नै गलत राजनीतिक संस्कार र शिक्षाले गर्दा हुन । नराम्रा संस्कारहरुलाई छोडिकन सबैले मिलेर जानुको बिकल्प छैन है । यो पनि पढ्नुहोस् बाबु बेपत्ता भए मलेसियामा, छोराछोरी विद्यालय जानै पाएनन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय