छोरालाई व्लड क्यान्सर, श्रीमान् साउदीमा बेपत्ता

काठमाडौं – भनिन्छ दशा बाजा बजाएर आउँदैन । त्यो कतिबेला कसलाई आइपर्छ कसैले लख काट्न पनि सक्दैन । हो, यस्तै आपत आइपरेको छ गोरखाकी कमला श्रेष्ठलाई । दुई छोरा । एउटा ११ बर्ष र अर्को ७ बर्षका । श्रीमान् साउदीमा । ८ बर्षदेखि उनका श्रीमान् सुलोचनको साउदी बसाई परिवारका लागि उति अप्रिय पनि थिएन । उनले साउदीबाट कमाएर पठाएको रकमले यता परिवारको गुजारा राम्रैसँग चलिरहेको थियो । सँगै जेठो छोराको उपचार पनि । गत बैशाख १३ गते । नेपालमा विनाशकारी भूकम्पले ताण्डव मच्चाएको भोलीपल्ट साउदीबाट फोन आयो कमलालाई । सुलोचनले आफू एक हप्ताभित्रै नेपाल आइपुग्छ, नआत्ति बस्नुु भनेपछि केहि ढुक्क भयो मनमा । तर हप्ता हुँदै १५ दिन वित्यो । अनी महिना पनि । तर सुलोचन न नेपाल आइपुगे न त उनको फोन नै आयो । कमलाको मनमा चिसो पस्यो । सुलोचनले साउदीबाट गर्ने नम्वरमा फोन गर्दा लागेन । अझ मनमा आशंका बढ्दै गयो । त्यो आशंका अहिले छटपटिमा बदलिएको छ । यता नेपालमा दुई छोरा छन् । जेठोलाई व्लड क्यान्सर छ । उसैको उपचारका लागि काठमाडौंमा बसिरहेकी कमलालाई श्रीमान् बेखवर भएको पीर त छँदैछ, बालबच्चालाई खुवाउन समेत अव हम्मे हम्मे पर्न थालेको छ । सुलोचन साउदीको रियाद भन्ने ठाउँमा काम गर्दथे भन्ने थाहा छ कमलालार्ई । उनी कुनै मजरामा काम गर्दथे जहाँ उनको काम भेडा चराउने थियो । साहुले मन पराएका पनि थिए उनी । त्यसैले गाडी चलाउन, भेडाको उपचार गर्न सवै सिक्ने व्यवस्था मिलाईदिएका थिए । उनको तलव पनि साहुले नै नेपाल पठाइदिन्थ्यो बेला बेलामा । अनी उसैको फोनबाट कहिले काहिं सञ्चोविसञ्चोको कुराकानी पनि हुन्थ्यो परिवारसँग । त्यसैले सुलोचन बेखवर भएपछि उनको खोजी गर्न कमलाले त्यहि साहुको नम्वरमा फोन गरिन् । ‘तर उसले भाषा बुझेन । न अंग्रेजी बुझ्छ, न हिन्दी । उसले बोलेको हामीले बुझेनौं’ उनी भन्छिन् । त्यसपछि अर्को उपाय खोज्यो श्रेष्ठ परिवारले । सुलोचनले डेढ बर्ष अघि घर आउँदा एउटा थोत्रो मोवाइल छोडेर गएका थिए । त्यहि मोेवाइलमा भेटियो साउदीको अर्को नम्वर । त्यो नम्वर आफ्नो साथिको भएको बताएका थिए सुलोचनले । त्यसैले त्यहि नम्वरमा फोन गरियो । कमलाका काकाले फोन गरे । हिन्दीमा कुराकानी भयो । सो व्यक्तिले आफूले सुलोचनलाई चिनेको बताएपछि आश जाग्यो परिवारको । उसले त्यहि बेलुका घरमा कुरा गराइदिने बाचा पनि गर्यो । तर बेलुका एकाएक उसले कुरा फेर्यो । आफूले कुनै नेपालीलाई नचिनेको भन्दै सो व्यक्ति तर्किएपछि कमला बिलखबन्दमा परेकी छिन्, बेखवर श्रीमान्लाई कहाँ खोज्ने भनेर । सुलोचन ८ बर्षे साउदी बसाईलाई टुँग्याउन चाहन्थे । कमला भन्छिन् ‘साहुले गाडीको लाइसेन्स निकालिदिन्छु, यतै बस् भनेर हत्ते गरेपछि फेरी जानु भएको थियो ।’ सधैं १५-१८ महिनामा घर आइरहने श्रीमान् यसरी एकाएक अलप भएपछि आपत परेको छ । श्रीमानको खोजीका लागि कमलाले प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी)मा निवेदन हालिन् । सोही संस्था मार्फत उनले कन्सुलर कार्यालयमा पुगेर मद्धत मागिन् । उनको सोही निवेदन अहिले साउदी पुगेको छ र दुतावासले खोज्ने आश्वासन चाहिं दिएको छ । तर सुलोचन काम गर्ने कम्पनी कालोसूचीमा परेको छ । त्यसैले सिधा औंलाले घ्यू निस्किने छाँट छैन । यसले पीर परेको छ कमलाको मनमा । ‘छोरोको उपचार गर्नुपर्छ, कमाउने श्रीमान् एकाएक हराउँदा समस्यामा परेकी छु, लौ न उनको खोजी गरिदिनुपर्यो’ देशपरदेशसँगको कुराकानीमा उनले भनिन् । प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) की केस सपोर्ट अफिसर सीता पन्थ भण्डारीका अनुसार साउदी स्थीत नेपाली दुतावासले उनको खोजिका लागि सम्वन्धित कम्पनीमा नै प्रतिनिधि पठाउने आश्वासन दिएको छ । ‘हामीले पनि यहाँबाट उसको साथिहरुको नम्वरमा फोन गर्दा उनीहरुले नचिनेको बताएकाले घटना शंकास्पद छ’ पन्थको भनाई छ । उनको खोजिका लागि तपाईले पनि महत्वपूर्ण सहयोग गर्न सक्नुहुन्छ । उनका बारेमा तपाईसँग कुनै जानकारी भएमा वा यो समाचारलाई बढी भन्दा बढी नेपालीको बीचमा पुर्याएर उनको खोजिमा मद्धत गर्न अनुरोध छ । उनलाई देख्ने वा उनका बारेमा जानकारी पाउने व्यक्तिले फेसबुक मार्फत वा मा इमेल गरेर जानकारी दिनुहुन अनुरोध गर्दछौं । यो पनि पढ्नुहोस् साउदीमा हराएका भनिएका नेपालीले श्रीमतिलाई फोन गरे Receipt labour agreement agreement

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय