‘जव उनले बाबुलाई मलेसियाबाट फोन गरे’

रञ्जना लम्साल, नवलपरासी – आफ्नो एउटा छोरो मलेसिया गएर सम्पर्क बिहिन भएपछि आँखामा आँशु लिएर उनको खोजी गरिदिन सहयोग माग्दै सुचना केन्द्र, नवलपरासीमा आइपुगेका गोवर्धन कँडेलको अहिले खुशीको सीमा छैन । छोरो बेखवर भएपछि निक्कै आत्तिएका कँडेल परिवारमा छोरा विकासले फोन गरेपछि खुशी छाएको छ । छोराले मलेसियाबाट फोन गरेपछि फोन गरेर गोवर्धनले भनेः नानी छोराको फोन आयो नी । उनको बोलीमा खुशीको सीमा थिएन । 

दुई महिना देखि विभिन्न ठाउँमा छोरा विकासको बारेमा खोजिनीति गरिदिन हारगुहार माग्दै हिंड्ने क्रममा गोवर्धन नवलपरासीको कावासोतीमा रहेको सुचना तथा परामर्श केन्द्रमा आइपुगेका थिए । चितवन भण्डारा घर भएका गोवर्धन कँडेलका छोरा विकास मलेसियामा एकाएक परिवारसँगको सम्पर्क टुटाएर बसेका थिए । आफू काम गर्न आएको कम्पनीमा भने जस्तो नभए पछि अर्को कम्पनीमा गएको र त्यहाँ पनि राम्रो आम्दानी नभएकाले फोन नगरेको बिकासले टेलिफोनमा बताएको उनका बाबु गोवर्धनले बताएका छन् ।

देशमा भूकम्प आएर यत्रो विपत्ति पर्दा समेत आफूहरुलाई नसम्झेको भन्दै गुनासो गरेपछि छोराले चाँडै फर्किने बताएको गोवर्धनको भनाई छ । सम्पर्कमा आएपछि अव छोरो नेपाल फर्केला भन्ने आशा गोवर्धनलाई पनि लागेको छ । बिकाश कँडेल सम्पर्कबिहिन भएपछि उनका बारेमा देशपरदेशले भूकम्प आउदा नी तैले सम्झीनस् है शिर्षकमा समाचार प्रकाशित गरेको थियो । उनको खोजिमा प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) जुटेको थियो ।                                                                                                                 Gobardan तीन बर्ष अगाडी चितवन भण्डारा निवासी विकास कँडेल विसं २०६८ साल चैत्र ७ गते बैदेशिक रोजगाीका लागि मलेशिया गएका थिए । मलेसियाको जोहरबारुमा रहेको एभरग्रिन फाइबरबोर्ड नामको कम्पनीमा काम गर्न गएका विकास आफूले पैसा कमाउन नसकेको भन्दैै घरमा बताइरहन्थे । घरपरिवारले पैसा भन्दा पनि नेपाल फर्किन आग्रह गरिरहँदा एकाएक उनी परिवारसँगको सम्पर्क टुटाएर बेपत्ता भएका थिए ।

निराशा र चिन्तामा बसेका बाबु गोर्बधन अहिले खुशी त छन् संगसंगै छोराले आउने खर्च छैन खर्च जुटाएर आउँछु भन्दा चिन्तित पनि छन् । अवैधानिक भएर काम गर्दा छोरा पक्राउ पर्छ की भन्ने चिन्ताले सताएपछि उनले फेरी यथासक्य छिटो छोरालाई नेपाल फर्किन आग्रह गरेका छन् । सुचना तथा परामर्श केन्द्र कावासोतीका संयोजक रीतुराम सोतीले अव बिकाश कँडेललाई नेपाल फर्काउन सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै Center for Migration and International Relations नामक संस्था बाट काम शुरु भएको जानकारी दिए ।

यो पनि पढ्नुहोस् बाबु बेपत्ता भए मलेसियामा, छोराछोरी विद्यालय जानै पाएनन् खाडीमा हराए नेपाली चेली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय