खबरदार

रोक, छेक अनि बन्द गर मेरा मुखहरु, निस्कदैनन मेरा आवाजहरु तर पनि मेरा चिन्तन, सोच र विचारहरु सतिशाल झै मौलाउने छन् । मेरा अवयवहरुमा मेरा ईशाराहरुमा के तिमी रोक्न सक्छौ ? समयका पदचापहरु सत्यताका आयामहरु अध्यारोमा जगमगाएका दिपका प्रकाशहरु कदाचित सक्दैनौ तिमी । प्रकाश पुञ्जलाई छेक्न चेतनालाई छेद्न अनि नयाँ र नविन आयामलाई परास्त गर्न म यो भुगोलमा उभिएर आहान गर्छु तिमीलाई तिम्रो चेतनालाई । जसले हत्या गरेको थियो विचारको विजलाई सत्यको आयामलाई यथार्थको संस्कारलाई दुर्गुण र असभ्य भएर सिंगौरी खेल्न नखोज मसँग । म तिम्रो कुटिल चालमा फस्ने अभिमन्यु होईन, अफै विष पिएर सत्यको लागि आफ्नै अन्त्य गर्ने सुकरात होईन, म यो युगको एक समुन्द्र हुँ शान्त भएर वहन सक्छु यदि युद्धको शंखघोष गर्छौ भने छाल वनेर तिम्रो अस्तित्व समाप्त गर्ने छु । म अचल पहाड हुँ यदि मेघ वनेर आउँछौ भने तिम्रो वाटोलाई रोकिदिने छु यो शुन्य समयमा तिमीले लुछ्ने, थुत्ने अनि फ्याक्नु फ्याक्यो तिरस्कार, घृणा अनि दिगभ्रमीत गर्ने अनन्त प्रयास गरिसक्यौ स्याल र हुईया कराउँदैमा सिंह सहर पस्दैन विचार गर तिमीले कोरेका अतिरन्जित मसिहरुले हल्लाउन सक्दैनन मेरा विचार र सत्यताका चेक्ता चेतनाहरु । खवरदार सिमाका चौघेरामा वस अति भयो भने खति हुन्छ सयौ हुँडारको आवाजले सत्यको उदाउदो सुर्यलाई रोक्न खोज्दा बौलाउनेछन् मेरा कलमहरु सत्यको भमिट गर्दै तिम्रो यथार्थको धरातलमा बारुद वनेर पडकनेछन् मेरा शव्दहरु अनि, तिमि विलाउने छौ ईतिहासका गर्भहरुमा नमिठो ईतिहास वनेर त्यसैले नचलाउनु मलाई र मेरो कलमलाई त्यसले तिम्रो संसारको अन्त्यको रेखा कोर्न सक्छ दृश्यमा देखिने तिम्रो मानिसको चित्र अमानिसमा रुपान्तरीत हुन सक्छ । खवरदार निमेश गिरी हाल यूएई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय