
विदेशमा नेपाली कुटिन्छ आमा हिड्दा हिड्दैनै लुटिन्छ आमा जे पनि हतार हतार गर्नुछ यहाँ ढिला गरे डिउडी छुटिन्छ आमा आराम शितल कहिले पाउने हैन चर्को घाममा संधै भुटिन्छ आमा मिलेर बस्न सकिंदैन कोहिखै किन भाई भाईनै लड्न जुटिन्छ आमा भोलि के हुन्छ यहाँ थाहा छैन नि विश्वासको पर्खाल टुटिन्छ आमा सनम गोले दामन मकावनपुर हाल मलेशिया
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1