पहिचान हराएको युवा


डक्टर बन्यो
इन्जिनियर बन्यो
नेता बन्यो
पाइलट बन्यो
पत्रकार बन्यो
बहादुर बन्यो
युवा


साहित्यकार बन्यो
कार्यकर्ता बन्यो
कलाकार बन्यो
प्राध्यापक बन्यो
खेलाडी बन्यो
युवा


रगत बगाए
देश बनाउन चाहे
आन्दोलन गरे
नेतालाई थप्पड हिर्काए
बिदेश गए
रेमिन्ट्यान्स पठाएँ
आर्थिक अवस्था सुधारे
युवा


दुर्व्यसनी
गुण्डा
डन
आन्दोलनकारी
असभ्य
भनी आरोपित
युवा


परिवारको
आफन्तको
समाजको
देशको बिकल्प
एउटा सपना
युवा


र म
सबैको
सपनासङ्गै
पहिचान हराएको
युवा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय