पहिचान हराएको युवा

१
डक्टर बन्यो
इन्जिनियर बन्यो
नेता बन्यो
पाइलट बन्यो
पत्रकार बन्यो
बहादुर बन्यो
युवा

२
साहित्यकार बन्यो
कार्यकर्ता बन्यो
कलाकार बन्यो
प्राध्यापक बन्यो
खेलाडी बन्यो
युवा

३
रगत बगाए
देश बनाउन चाहे
आन्दोलन गरे
नेतालाई थप्पड हिर्काए
बिदेश गए
रेमिन्ट्यान्स पठाएँ
आर्थिक अवस्था सुधारे
युवा

४
दुर्व्यसनी
गुण्डा
डन
आन्दोलनकारी
असभ्य
भनी आरोपित
युवा

५
परिवारको
आफन्तको
समाजको
देशको बिकल्प
एउटा सपना
युवा

६
र म
सबैको
सपनासङ्गै
पहिचान हराएको
युवा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय