सुन्यतामा हराउने मन भो बिस्तारै यो मरुभूमिको सतहबाट र बग्ने मन भो पहाडमा बग्ने छंगछंग छहराको छरपष्ट छिटाबाट
हिउदको जाडो बर्षाको चर्को घाम सहन सकिन यतै छोडेर र जाने भए मत मेचीमहाकालीको रक्षा गर्न साथीहरुको माया बोकेर
प्रगतिशिल पाइला रोकिएको हैन निश्चित गन्तब्य खोज्नलाई र बिदाइ हुदैछु रुमलिएको भबिष्य बोकी सगरमाथाको उचाई छुनलाई
सामाजिक चिन्तन बोक्ने एउटा मन गुमाएको हैन जन्मिने छन् अर्को फेरी र हुर्कन दिने छैनौ यो समाजमा दासत्व एकजुट हुनु अस्तित्व जोगाउने गरि।
जैबी राई खोटाङ, हाल साउदी अरव