झुट्टो कसम खानेहरु

तिम्लार्इ बाहेक अन्त मन दिन्न कसम भन्थ्यो उसले  मेरो जीवन तिमी नै हौ तिम्रो कसम भन्थ्यो उसले न खाएकै जाति थियो ति झुठा बाचा कसम मैले फेर्ने सास तिमि तिम्रो कसम भन्थ्यो उसले हर पल हर क्षण सम्झनाको धाँगो बाटी तिमी मेरो साहारा हौ तिम्रो कसम भन्थ्यो उसले बर पिपलको चिनो राखी पल पल तड्पाउनलाई तिम्रो मेरो प्रेम हो यो तिम्रो कसम भन्थ्यो उसले झिनो आशा मन भित्र मुटु खाने रोग दिदै तिमी मेरी प्राण प्यारी तिम्रो कसम भन्थ्यो उसले छुट्नु रैछ र पो साथ हुनु रैछ र पो टाढा तिम्लाइ छोडी अन्त कतै जान्न कसम भन्थ्यो उसले जानकी जान, तनहुँ हाल कुवेत

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय