परदेशकी आमा

छोडेर गइ आमाले नभन्नु है छोरी । म पनि त बसेकी छु यहाँ कसोगरी ।। तिमीलार्इ छोडी एक्लै बस्ने छैन मेरो मन । तिम्रै निम्ती आएकी छु कमाउन धन।। तिमी मेरो दिलको टुक्रा कलेजोको छेउ । मेरो जीवन, सपना त तिमीमात्रै हौ । सुन्न पाउँदा फोनमा बोली खुशी हुन्छ मन। कहिले आउने आमा भन्दा झर्छ आँसु झन ।। तिम्रै सम्झनाले आँसु झर्दा खेरी । बुझाउछु मन म त तिम्रै तस्वीर हेरी ।। कहिले हाँस्दै, कहिले रुँदै बिताउँछु दिन पक्कै आउँछु मेरी छोरी तिम्लाई काखमा लिन ।। सगुन प्रधान, ईटहरी हालः इजरायल  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय