नयाँ नेपाल किन लेखिएन

कालो कर्तुत दलालीको, कतै छोपिएन बल्ल बुझें नयाँ नेपाल, किन लेखिएन दिनेले त दिए यहाँ, आश्वासनको महल सडक पेटी संसार मेरो, सिरान फेरिएन उदासी र शुन्य देख्छु, आफ्नै आँगन आज सुनें बिलाप यो देशको, माली भेटिएन लागेन घाम कहिल्यै, यो मेरो बस्तीमा उस्तै छ कथा निर्धाको, आँशु थामिएन ए !! युद्द जितेका मान्छे, देख्यौ मेरो छोरो युद्दताका बिष्थापित थ्यो, अझैं फर्किएन    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय